नविल ब्यालेन्स फण्ड खारेज, लगानीकर्तालाई रकम फिर्ता दिने
काठमाडौं । नविल बैंकले प्रवद्र्धन गरेको नविल व्यालेन्स फण्ड १ खारेज हुने भएको छ । ब्यालेन्स फण्ड शुक्रबार परिपक्व भई सामूहिक लगानी कोषअनुसार खारेजीमा लैजान लागेको हो । शुक्रबारदेखि नविल व्यालेन्स फण्डका इकाईको कारोबार नहुने योजना व्यवस्थापक नविल इन्भेष्टमेन्ट बैंकिङ लिमिटेडले जनाएको छ । योजना खारेज भएपछि इकाईधनीलाई लगानी फिर्ता भुक्तानी दिने बैंकले जनाएको छ । ब्यालेन्स फण्डले इकाईधनीहरुलाई ४२ प्रतिशत नगद लाभांश दिएको छ ।
मेगा बैंकको प्रमुख कार्यकारी अधिकृतमा अनुपमा खुञ्जेली नियुक्त, वाणिज्य बैंकमा पहिलो महिला सीईओ
काठमाडौं । मेगा बैंक नेपाल लिमिटेडको प्रमुख कार्यकारी अधिकृतमा अनुपमा खुञ्जेली नियुक्त भएकी छिन् । बिहीबार बसेको बैंक सञ्चालक समितिले आगामी चार वर्षको लागि खुञ्जेलीलाई सीईओमा नियुक्त गर्ने निर्णय गरेको हो । यस नियुक्ती सँगै खुञ्जेलीले नेपालमा वाणिज्य बैंक समूहतर्फ पहिलो प्रमुख कार्यकारी अधिकृतको इतिहास र पहिचाहन बनाएकी छिन् । २७ वर्ष बैकिङ क्षेत्रमा काम गरेकी खुञ्जेली सोही बैंकमा विगत ५ महिनादेखि कामु प्रमुख कार्यकारी अधिकृत थिएन् । उनले मेगा बैंकमा नायब महाप्रबन्धक र सहायक प्रमुख कार्यकारी अधिकृत भएर ८ वर्ष व्यवस्थापकीय नेतृत्व गरिसकेकी छिन् । तत्कालिन ग्रिनलेज (हाल स्ट्याण्डर्ड चार्टर्ड) बैंकबाट काम शुरु गरेकी खुञ्जेलीले सोही बैंकमा १३ वर्ष, त्यसपछि नविल बैंकमा ६ वर्ष काम गरेकी थिइन् । उनले एस म्यानेजमेन्ट इन्स्टच्यूटबाट एमबीए गरेकी छिन् । उनले लगानीकर्तालाई उच्चतम प्रतिफल दिने बताइन् । विकासन्युजसँग कुरा गर्दै उनले भनिन्–‘नियामक निकाय, लगानी, उपभोक्ता, कर्मचारी र समाज बैंकका स्टेक होल्डर हुन्, उनीहरु सबैलाई मेगा बैंकसँग खुशी बनाउदै लगानीकर्तालाई अधिकतम लाभांश दिने मेरो प्रयास हुनेछ ।’ हाल यस बैंकको पुँजी ८ अर्ब रुपैयाँ छ । निक्षेप ४१ अर्ब ५० करोड, कर्जा ४१ अर्ब रुपैयाँ छ । बैंकको शाखा ४७ वटा छ भने कर्मचारी ५६० जना छन् । बढीमा दुई महिनाभित्र मेगा र टुरिजम डेभलपमेन्ट बैंक मर्ज हुने, त्यसपछि बैंकको पुँजी १० अर्ब हुने, शाखा १०२ हुने, कर्मचारी १ हजार जनाभन्दा बढी हुने उनले बताइन् ।
१२ बुँदे नयाँ निर्देशिका ल्याएर धितोपत्र बोर्डले सेयर कारोबारमा गर्यो कडाई, यस्ता छन् निर्देशिका
काठमाडौं । नेपाल धितोपत्र बोर्डले अब सेयर कारोबारमा कडाई गर्ने भएको छ । बोर्डले सम्पत्ति शुद्धिकरण तथा आतंकवादी क्रियाकलापमा वित्तीय निवारण लगानी निर्देशिका परिमार्जन गरी लगानीमा कडाइ गर्ने भएको हो । यो निर्देशिका ०७५ बैशाख १ गतेदेखि लागु हुने बोर्डले जनाएको छ । सुचक संस्थाले कारोबार गरिरहेका ग्राहक र गर्नेलाई पहिचान सम्बन्धित विवरण राख्नुपर्ने व्यवस्था गरेको छ । यस्तै सुचक संस्थाले सेयर कारोबारका लागि काल्पनिक वा वेनामी खाता खोल्न र वित्तीय कारोबार गराउन बन्देज लगाएको छ । यदी यस्तो भेटिएमा अनुसन्धान गरेर खाता बन्द गर्न लगाउने व्यवस्था निर्देशिकामा उल्लेख गरिएको छ । ग्राहकको पहिचान जोखिममा आधारित भएर गर्नुपर्ने व्यवस्था निर्देशिकामा गरिएको छ । संकास्द कारोबार भएको पाइएकामा वित्तीय इकाइमा जानकारी दिनुपर्ने छ । निर्देशिका हेर्न यहाँ क्लिक गर्नुहोस एक दिनमा १० लाख रुपैयाँभन्दा बढीको सेयर किन्ने व्यक्तिको विवरण वित्तीय इकामा दिनुपर्ने व्यवस्था गरिएको छ । एक दिनमा एक पटक वा पटकपटक गरेर सेयर खरिद गर्नेको विवरण नेपाल राष्ट्र बैंकको वित्तीय इकाईमा जानकारी गराउनु पर्ने छ । बोर्डले १२ सार्वजनिक गरेको १२ बुँदे निर्देशिकामा ग्राहकको पहिचान र कारोबारको अनुसन्धानमा जोड दिएको छ । सम्पत्ति शुद्धिकरण ऐन परिमार्जन भएपछि सोही आधारमा निर्देशिका सुधार गरिएको बोर्डका प्रवत्ता निरज गिरीले बताए ।