समृद्धि फाइनान्सको बुटवल शाखाद्धारा रक्तदान कार्यक्रम सम्पन्न
काठमाडौं । समृद्धि फाइनान्सले गते शाखा कार्यालय बुटवलबाट रक्तदान कार्यक्रम सम्पन्न गरेको छ । रक्तदान जिवनदान भन्ने नारालाई आत्मसात गर्दै फाइनान्सले कार्यक्रम आयोजना गरेकाे थियाे । फागुन १८ गतेबाट सुरु गरिएको रक्तदान कार्यक्रम फाइनान्सको ७ वटा शाखाहरुबाट सम्पन्न भइसकेकाे छ । नेपाल राष्ट्र बैंकबाट “ग” वर्गको इजाजतपत्र प्राप्त राष्ट्रिय स्तरको समृद्धि फाइनान्स कम्पनी लिमिटेडले हाल आठ वटा शाखाहरु मार्फत कारोबार गर्दै आएको छ ।
९ वटा पोलिसीमध्ये सावधिक जीवन बीमामा आकर्षित हुँदै बीमितहरु, कुनबाट कति उठ्यो प्रिमियम ?
काठमाडौं । जीवन बीमा व्यवसाय गर्दै आएका जीवन बीमा कम्पनीहरुले विभिन्न प्रकारका बीमालेखहरु सञ्चालनमा ल्याएका छन् । कम्पनीहरुले हालसम्ममा ९ वटा छुट्टा छुट्टै बीमालेखहरु सञ्चालनमा ल्याएका हुन् । कम्पनीहरुले सावधिक जीवन बीमा, अग्रिम भुक्तानी साविधक जीवन बीमा, रुपान्तरित सावधिक जीवन बीमा, बालबच्चा सम्बन्धि सावधिक जीवन बीमा, वैदेशिक रोजगार म्यादि जीवन बीमा, आजिवन जीवन बीमा, एकल बीमाशुल्क जीवन बीमा, म्यादि जीवन बीमा र लघु जीवन बीमा सञ्चालनमा ल्याएका छन् । कम्पनीहरुले यी सबै बीमालेख देशभरका ७ वटै प्रदेशमा बिक्री गरी बीमाशुल्क संकलन गरिरहेका छन् । जसमध्ये सबैभन्दा बढी प्रिमियम सावधिक जीवन बीमाबाट उठिरहेको नेपाल बीमा प्राधिकरणको तथ्यांकले देखाएको छ । माघ महिनासम्ममा मात्रै ७ वटा प्रदेशबाट ३२ अर्ब ५७ करोड रुपैयाँ बराबरको प्रिमियम सावधिक जीवन बीमाबाट संकलन भएका छन् । समीक्षा अवधिमा २२ लाख २१ हजार वटा पोलिसी बिक्री भएका छन् । उक्त बीमाशुल्क पुस महिनाको तुलनामा बढी हो । गत पुसमा मात्रै कम्पनीहरुले सावधिक जीवन बीमाबाट २८ अर्ब ५४ करोड रुपैयाँ बराबरको प्रिमियम संकलन गरेका थिए । ७ वटा प्रदेशमध्ये पनि सबैभन्दा बढी बीमाशुल्क बाग्मती प्रदेशबाट संकलन भएको छ । ९ लाख ८३ हजार वटा पोलिसी बिक्री भएको यो प्रदेशबाट मात्रै १७ अर्ब ७७ करोड ३९ लाख रुपैयाँ बराबरको प्रिमियम उठेको छ । त्यस्तै, सावधिक जीवन बीमालेख बिक्रीबाट लुम्बिनी प्रदेशमा ४ अर्ब, गण्डकी ३ अर्ब २३ करोड, प्रदेश १ (कोशी) मा ३ अर्ब ८ करोड, मधेशमा २ अर्ब, सुदुरपश्चिममा एक अर्ब ३८ करोड र कर्णाली एक अर्ब रुपैयाँ बराबरको प्रिमियम संकलन भएका छन् । त्यसैगरी, सावधिक जीवन बीमालेखपछि सर्वाधिक बिक्री हुनेमा अग्रिम भुक्तानी सावधिक जीवन बीमालेख रहेका छन् । यो बीमालेखबाट कम्पनीहरुले माघसम्ममा २ अर्ब रुपैयाँ बढी प्रिमियम संकलन गरेका छन् । जसमध्ये बाग्मती प्रदेशबाट सबैभन्दा बढी प्रिमियम उठेको छ । त्यस्तै, बालबच्चा सम्बन्धि सावधिक जीवन बीमाबाट १२ अर्ब १६ करोड रुपैयाँ बराबरको प्रिमियम संकलन भएको छ । त्यसपछि रुपान्तरित सावधिक जीवन बीमामा बीमितहरु आकर्षित भएका छन् । जसबाट कम्पनीहरुले ११ अर्ब ९ करोड रुपैयाँ बराबरको बीमाशुल्क संकलन भएको प्राधिकरणले जनाएको छ । आजिवन जीवन बीमालेख बिक्रीबाट कम्पनीहरुले कूल २ अर्ब ६८ करोड, वैदेशिक रोजगार म्यादि जीवन बीमाबाट १ अर्ब ९६ करोड, लघु जीवन बीमाबाट १ अर्ब ४३ करोड, म्यादि जीवन बीमाबाट ७७ करोड ६७ लाख र एकल बीमाशुल्क जीवन बीमाबाट ६८ करोड ४२ लाख रुपैयाँ बराबरको प्रिमियम संकलन गर्न सफल भएका छन् । जुन चालु आवको ७ महिनाको अवधिमा संकलन भएका हुन् । समग्रमा कम्पनीहरुले सात वटै प्रदेशमा बिक्री भएका सबै बीमालेखहरुबाट कूल ८३ अर्ब ३९ करोड रुपैयाँ बराबरको प्रिमियम संकलन गरेका छन् । जसमध्ये बाग्मती प्रदेशबाट सबैभन्दा बढी अर्थात ३८ अर्ब ८० करोड रुपैयाँ बीमाशुल्क संकलन भएको प्राधिकरणको तथ्यांकले देखाएको छ ।
प्रभु स्मार्ट फण्डमा १.५५ गुणा बढीको आवेदन
काठमाडौं । प्रभु स्मार्ट फण्डमा मागभन्दा १.५५ गुणा बढीको आवेदन परेको छ । प्रभु बैक कोष प्रवर्धक र प्रभु क्यापिटल कोष व्यवस्थापक तथा डिपोजिटरी रहेको फण्डले निष्काशित कुल ८ करोड इकाईमध्ये प्रभु बैंकले १ करोड १२ लाख इकाई र कोष व्यवस्थापक तथा डिपोजिटरी प्रभु क्यापिटलले ८ लाख इकाई सुरक्षित गरी ६ करोड ८० लाख इकाई आवेदन माग गरिएको थियो । जसमध्ये १० कराेड ५२ लाख ९६ हजार २०० इकाईको लागि आवेदन परेको छ । उक्त आवेदन सर्वसाधारणहरुलाई छुटयाईएको भन्दा १.५५ गुणा बढीको आवेदन हो । १० बर्ष अवधि रहेको बन्दमुखी योजना प्रभु स्मार्ट फण्डलाई केयर नेपाल लिमिटेडले एएमसी ३ रेटिङ्ग प्रदान गरेको छ । क्यापिटलले ८० करोड बराबरको प्रभु स्मार्ट फण्ड नामको योजना निष्कासन गरेको भए पनि सामूहिक लगानी कोष निर्देशिका, २०६९ को नियम १५ को उपनियम ४ मा भएको व्यवस्था अनुसार निष्कासन गरिएको भन्दा बढी संख्यामा इकाई माग भएमा निष्कासन गरिएको इकाई संख्याको पच्चीस प्रतिशतसम्म थप गरी इकाई बाँडफाँड गर्न सकिनेछ भन्ने व्यवस्था रहेकोले प्रभु स्मार्ट फण्डले बिउ पुँजीसहित १ अर्ब बराबरको इकाई बाँडफाँड गर्ने भएको छ ।