जीवन विकास लघुवित्तले ७७ ठाउँमा दियो वित्तीय साक्षरता, ४३४ जना विद्यार्थीलाई छात्रवृत्ति पनि

काठमाडौं । जीवन विकास लघुवित्त वित्तीय संस्थाले २५ दिने गोष्ठी तथा वित्तीय साक्षरता कार्यक्रम सम्पन्न गरेको छ । संस्थाले चैत १ गतेदेखि चैत २५ गतेसम्म विभिन्न जिल्लामा उक्त कार्यक्रम गरेको हो । कार्यक्रममा संस्थाले सदस्यहरुसँग अन्तरक्रिया गर्नुका साथै कूल ७७ स्थानमा वित्तीय साक्षरता दिएको थियो । संस्थाका डिजिटल प्रमुख विजय कुमार मण्डलका अनुसार मोरङमा १९, झापामा १२, सुनसरीमा ८, सप्तरीमा ८, सिराहामा ८, धनुषामा ८, महोत्तरीमा ८, बारामा ६ स्थानमा वित्तीय साक्षरता दिइएको हो । सो क्रममा वित्तीय सेवा, सामाजिक सेवा र डिजिटल सेवाबारे जानकारी गराइएको उनले बताए । त्यस्तै, संस्थाले कुल ४३४ जना अति विपन्न परिवारका बालबालिकाहरुलाई पठनपाठनका लागि १ वर्षसम्म सहयोग गर्ने जानकारी सहित छात्रवृत्ति प्रदान गरिएको मण्डलले डिजिटल प्रमुख बताए । छात्रवृत्ति पाउनेमा मोरङका ७१, झापाका ७६, सुनसरीका ४०, सप्तरीका ८१, सिराहाका ६९, धनुषाका २३ र महोत्तरीका ७४ विद्यार्थी रहेका छन् । जीवन विकास लघुवित्त संस्थाले समुदायमा आर्थिक कारोबार मात्र नभई सामाजिक कार्यहरु पनि गर्दै आएको छ । सो सम्बन्धमा समुदायका स्थानीय निकायका सरोकारवालाहरुलाई समेत जानकारी गराइएको थियो । त्यस्तै, संस्थाले प्रत्येक गोष्ठि कार्यक्रमको अन्तिम सत्रमा शाखा अन्तर्गतका विभिन्न उत्कृष्ट अधिकृत टेलर सदस्य, उत्कृष्ट बचतकर्ता, उत्कृष्ट ऋणी, उद्यमी र उत्कृष्ट केन्द्रहरुलाई पुरस्कृत गरेको छ । त्यसैगरि संस्थाले शाखा अन्तर्गतका अधिकांश दुःखी बिरामी घर परिवारहरुलाई आर्थिक सहयोग समेत गरेको थियो ।

बीमा रकम ठगेको आरोपमा इन्स्योरेन्सका कर्मचारी पक्राउ

काठमाडौं । बीमा रकम ठग्न सघाएको आरोपमा एक बीमा कम्पनीका कर्मचारी पक्राउ परेका छन् । काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालयको अनुसार वैदेशिक रोजगारीमा ज्यान गुमाएका नेपालीको बीमा रकम ठग्न सघाएको आरोपमा बीमा कम्पनीका कर्मचारी पक्राउ परेका हुन् । पक्राउ पर्नेमा सूर्यज्याती लाइफ इन्स्योरेन्सका जुनियर अधिकृत रहेका ३० वर्षिय उमेश बुढाथोकी रहेको अनुसन्धान कार्यालयका प्रवक्ता प्रहरी उपनिरिक्षक सोमेन्द्र सिंह राठौरले जानकारी दिए । ‘उनलाई हिजो ज्ञानेश्वरबाट पक्राउ गरिएको हो, हिजो ढिला भएर आज सार्वजनिक गरेका हौं,’ उनले भने । अनुसन्धान कार्यालयले गएको शुक्रबार यसमा संलग्न वैदेशिक रोजगार बोर्डका नायब सुब्बा पशुपति अधिकारीसहित ७ जनालाई सार्वजनिक गरिसकेको छ ।

भोजपुर क्यापसमा इसेवाले गर्यो सहयोग

काठमाडौं । इसेवा मनि ट्रान्स्फरले भोजपुर बहुमुखि क्याम्पसमा सहयोग गरेको छ । इसेवा मनी ट्रान्स्फरले भोजपुरको भोजपुर बहुमुखि क्याम्पस र लक्ष्मी केयर्सलाई सहयोग हस्तान्तरण गरेको हो । शुक्रबार कम्पनीले डिजिटल साक्षरताका इसेवा मनि ट्रान्स्फरका प्रमुख कार्यकारी अधिकृत अजेश कोईरालाले संस्थाका अध्यक्ष प्रमेश केसी साथै महा सचिव संकेत कोईरालालाई सिजि ६५ एइ फोके एन्रोइड टिभि र स्टेशनरी सामानहरू हस्तान्तरण गरेका हुन् । यसका साथै कम्पनीले लक्ष्मी बैंकका कर्मचारीहरुद्वारा सञ्चालित सामाजिक उत्तरदायित्वको पहलमा लक्ष्मी केएर्सलाई शनिबार आयोजित ओरेन्ज भ्इवान्स र्चोडर्स फर कज २०२३ कार्यक्रममा आर्थिक सहयोग पनि गरेको छ । लक्ष्मी केयर्स ग्रीन इनिटिएटिभ, गर्ल एजुकेसन र फाइनानसियल लिटरेसी क्षेत्रमा सक्रिय रहेको छ । स्थापनाको छोटो समयमै तिब्र गतिमा बजार विस्तार गरिरहेको इसेवा मनि ट्रान्स्फरले आफ्नो सामाजिक उत्तरदायित्वका कार्यक्रम अन्तरगत विभिन्न क्षेत्रमा सहयोग गर्दै आइरहेको छ । इसेवा मनि ट्रान्स्फरले सेवाग्राहीहरुलाई आफ्ना १२,००० भन्दा बढी भुक्तानी केन्द्र तथा इसेवाका एक लाख १२ हजार भन्दा बढी क्यास प्वाइन्ट मार्फत पनि विप्रेषण भुक्तानी सेवा प्रदान गर्दै आइरहेको कम्पनीले जनाएकाे छ ।