एनएमबि बैंकका नारी बचत खाताका ग्राहकलाई वासिङ मसिन किन्दा २३ प्रतिशत छुट पाइने

काठमाडौं । एनएमबि बैंकका नारी बचत खाताका ग्राहकहरुलाई सामसुङ वासिङ मसिन र माइक्रोवेभ ओभनमा २३ प्रतिशत सम्म छुट पाइने भएको छ । एनएमबि बैंकले एनएमबि स्मार्ट नारी बचत खाताका ग्राहकलाई वासिङ मेसिन र माइक्रोवेभ ओभनमा आकर्षक छुट उपलब्ध गराउन सामसुङसँग साझेदारी गरेको कम्पनीले जनाएको छ । ग्राहकले वासिङ मेसिन र माइक्रोवेभ ओभन खरिदमा २३ प्रतिशतसम्म छुट र इएनएमबि मोबाइल एप मार्फत भुक्तानी गर्दा थप १ हजार ५०० सम्म छुट पाइनेछ । एनएमबि बैंकले हाल देशभरी २०१ शाखाहरु, १३८ एटिएमहरु र १२ एक्सटेन्सन काउन्टरहरु मार्फत उच्चस्तरीय सेवा प्रदान गदै आइरहेको छ ।

आशा लघुवित्तले कर्मचारीलाई दियो जोखिम तथा असुली व्यवस्थापन सम्बन्धी तालिम

काठमाडौं । आशा लघुवित्तको जोखिम तथा असुली व्यवस्थापनको तालिम सम्पन्न भएको छ । संस्थाले कर्मचारीको क्षमता अभिवृद्धि गर्ने उद्देश्यले २ दिने जोखिम तथा असुली व्यवस्थापन तालिम सम्पन्न गरेको हो । उक्त्त कार्यक्रम बैशाख १० गते देखि ११ गते सम्म आयोजित तालिम कार्यक्रममा ५५ वटा शाखा कार्यालयहरुमा कार्यरत शाखा प्रबन्धकहरुको सहभागीता रहेको थियो । उक्त्त कार्यक्रम संस्थाका प्रमुख कार्यकारी अधिकृत बद्री प्रसाद दुलालले उद्घाटन गरेका हुन् । कार्यक्रममा उनले तालिम कार्यक्रमको उद्देश्यबारे प्रकाश पार्दै यस प्रकारका कार्यक्रमले कर्मचारीको कार्यक्षमता अभिवृद्धि हुनुका साथै मनोबल उच्च रहने विश्वास व्यक्त गरे । कार्यक्रममा जोखिम तथा असुली व्यवस्थापन तालिम हरी कुमार सिलवाल तथा श्रवण कुमार सपोर्टका प्रमुख कार्यकारी अधिकृत प्रकाश पोख्रेलले प्रशिक्षण दिएका थिए । साथै उक्त कार्यक्रममा आशा लघुवित्त वित्तीय संस्थाका नायव प्रमुख कार्यकारी अधिकृत बद्री प्रसाद अधिकारी लगाएत विभागीय प्रमुखहरु बिजेन्द्र चौधरी ,रबिन खतिवडा, दिपेन्द्र खनाल, प्रदिप श्रेष्ठ तथा राजिव डंगौराले संस्थाको आन्तरिक नियन्त्रण प्रणाली तथा आन्तरिक व्यवस्थापन सम्बन्धी तालीम प्रदान गरेका थिए । साथै, उक्त कार्यक्रममा आर्थिक वर्ष २०७८/०७९ को उत्कृष्ट शाखा प्रबन्धक श्री राजाराम यादवलाई प्रसंशापत्र सहित नगद पुरस्कारले सम्मान गरिएको थियो । नेपाल राष्ट्र बैंकबाट ‘घ‘ वर्गको वित्तीय संस्थाका रुपमा स्वीकृति प्राप्त आशा लघुवित्त वित्तीय संस्थाले ‘बिपन्नका निम्ति आशा’ भन्ने मुल नाराका साथ ककनी – ६ नुवाकोटमा केन्द्रीय कार्यालय स्थापना गरी २०७३ भाद्र १५ गतेबाट कारोबार शुरु गरेको हो । हालसम्म वित्तीय संस्थाले २९ वटा जिल्लाहरुका ५५ शाखा कार्यालयहरु मार्फत करीब ७६ हजार सदस्यहरुलाई वित्तीय सेवा उपलब्ध गराउदै आएको छ । संस्थाको हालसम्म करीब ५ अर्ब १४ करोड रुपैयाँ कर्जा लगानीमा रहेको तथा सदस्यहरुबाट १ अर्ब ८८ करोड भन्दा बढी निक्षेप संकलन गरेको छ ।

‘डीजी पे’मा आवद्ध व्यवसायीले सामाजिक संजालको लागि सस्तोमा भिडियो बनाउन पाउने

काठमाडौं । मोबाइल वालेट कम्पनी डीजी पे र बिनव क्रीएसन् बीच सहकार्यको लागि नयाँ सम्झौता भएको छ । सम्झौता अनुसार डीजी पे सँग आवद्ध हुने व्यवसायीले टिकटक, फेसबुक, इन्स्टाग्राम, युट्युब जस्तो सामाजिक संजालका लागी सुपथ मूल्यमा भिडियो बनाउन पाउने भएका छन् । साथै अन्य व्यापारिक विज्ञापन बनाउँदा पनि विशेष छुटको व्यवस्था गरिएको कम्पनीले जनाएको छ । सम्झौतापत्रमा बिनव क्रीएसनका महाप्रबन्धक समीर जोशी र डिजी पेका अध्यक्ष दिवाकर बहादुर पाण्डेले हस्ताक्षर गरेका छन् । नेपालको एक राम्रो अडियो भिडियो प्रोडक्सन् कम्पनीसँग सहकार्य गरि फरक खालको सम्झौतागर्न पाउँदा निकै खुशी लागेको डिजी पेका पाण्डेले बताए । ‘आज भोलि व्यवसायीहरुले आफ्नो सेवा तथा समानहरुको भिडियो बनाएर सामाजिक संजालमा पोस्ट गरी जानकारी दिने र मुनाफा गर्ने चलन बढेको छ, येस्तो स्थितिमा बिनव क्रीएसन जस्तो कम्पनीसँग मिलेर डीजी पे सँग आबद्दित व्यवसायीहरुको लागि निकै कम खर्चमा उत्कृष्ट भिडिओ सस्तो र सुलभ दाममा गर्न सक्ने अवस्था सिर्जना गरेका छौं,’ उनले भने । डीजी पे नेपाल राष्ट्र बैंकबाट अनुमतिप्राप्त मोबाइल वालेट कम्पनी हो । यसले अनलाइन र अफलाइन दुबै माध्यमबाट रकमको डिजिटलाइजेनका लागि कार्य गरिरहेको छ ।