सांग्रिला बैंकका ग्राहकले कार्ड बोक्नै नपर्ने, मोको वालेटबाट भुक्तानी हुने

काठमाडाैं । फोकसवान पेमेन्ट सोलुसन्स्द्वारा संचालित मोको डिजिटल वालेट र सांग्रिला डेभलपमेन्ट बैंक बीच सम्झाैता भएकाे छ । वालेट र बैंकबीच भिसा कार्ड मार्फत हुने डिजिटल भुक्तानी सेवा सम्बन्धी सम्झौता भएको हाे । सांग्रिला डेभलपमेन्ट बैंकका ग्राहकहरुले आफ्नो भिसा डेबिट कार्ड मोको डिजिटल वालेटमा लिंक गरेर कार्डबाट विभिन्न सेवाहरु जस्तै मोबाइल टपअप, इन्टरनेट, बिजुली, खानेपानी, हवाईजहाजको टिकट भुक्तानी लगायतका सेवाहरु प्रयोग गर्न सक्नेछन् । साथै, बैंकका ग्राहकहरुले मोको डिजिटल वालेट मार्फत स्क्यान टू पे गरी ६ हजारभन्दा बढी मर्चेन्टकोमा भुक्तानी समेत गर्न सक्नेछन् । हाल मोको डिजिटल वालेटमा १९ वटा बैंक तथा वित्तिय संस्थाको भिजा डेबिट र क्रेडिट कार्डहरु लिंक गरी विभिन्न भुक्तानी गर्न सकिनेछ । भिसा कार्ड प्रयोग गरी बिल भुक्तानी गर्ने नेपालकै पहिलो र एकमात्र भुक्तानी सेवा प्रदायक कम्पनी फोकसवान पेमेन्ट सोलुसन्स हो । विषेश गरी क्रेडिट कार्ड बाट बिजुली, खानेपानी, हवाइ टिकट तथा इन्टरनेटको भुक्तानी गर्न मिल्छ । मोको डिजिटल वालेट गुगल प्लेस्टोर र एप स्टोरमा उपलब्ध रहेकाे कम्पनीले जनाएकाे छ ।

डिजिटल च्यानलबारे एनएमबि बैंकले गर्यो स्मार्टच्वाइसबीच सम्झौता

काठमाडौं । स्मार्ट च्वाइस टेक्नोलोजी (एससीटी) र एनएमबि बैंकबीच विभिन्न डिजिटल च्यानल सेवाहरू प्रयोग गर्ने सम्झौता भएको छ । सम्झौतामा स्मार्ट च्वाइस टेक्नोलोजीका तर्फबाट प्रमुख कार्यकारी अधिकृत नारायण प्रकाश भुजु र बैंकको तर्फबाट नायव प्रमुख कार्यकारी अधिकृत सुदेश उपाध्यायले हस्ताक्षर गरेका छन् । बैंकले ग्राहकको बदलिँदो वित्तीय प्राथमिकतालाई सम्बोधन गर्न विभिन्न प्रकारका समयसान्दर्विक योजनाहरु ग्राहकहरू माझ प्रस्तुत गर्दै आईरहेको छ । एससीटी र बैंकबीच भएको यस सम्झौताले ग्राहकलाई विभिन्न डिजिटल च्यानलहरू प्रयोग गर्न प्रोत्साहन गर्दै ग्राहकलाई डिजिटल प्रणाली प्रयोगमा अभ्यस्त गर्न समेत निर्णायक भूमिका खेल्न सक्नेछ । एनएमबि बैंकले २०१७, २०१८, २०२० र २०२१ लागी पनि उक्त पत्रिकाद्वारा चार पटक नेपालकै उत्कृष्ट बैंकको उपाधी ‘बैंक अफ दि इयर नेपाल’ प्राप्त गरि सकेकको छ । एनएमबि बैंकले हाल देशभरी २०१ शाखाहरु, १३८ एटिएमहरु र १२ एक्सटेन्सन काउन्टरहरु मार्फत उच्चस्तरीय सेवा प्रदान गदै आइरहेको छ ।

सिटिजन्स बैंकका ग्राहकलाई आर बि डायग्नोस्टिकमा २० प्रतिशत छुट

काठमाडौं । सिटिजन्स बैंक र आर बि डायग्नोस्टिकबीच समझदारी भएको छ । बैंक र आर बि डायग्नोस्टिकबीच बैंकका कार्डबाहक ग्राहकलाई विशेष छुट दिने समझदारीपत्रमा हस्ताक्षर भएको हो । उक्त समझदारीपत्रमा हस्ताक्षर पश्चात् सिटिजन्स बैंकका कार्डबाहकले आर बि डायग्नोस्टिमा २० प्रतिशतसम्मको आकर्षक छुट पाउनेछन् । यस किसिमको सहकार्यबाट बैंकका ग्राहक लाभान्वित हुने साथै नगद कारोबारबाट डिजिटल कारोबार तर्फ उत्प्रेरित गर्ने विश्वास बैंकले लिएको छ । बैंकले डिजिटल बैंकिङ्ग माध्यमहरुको प्रयोगलाई बढाउन र ग्राहकलाई डिजिटल माध्यमबाट भुक्तानी गर्न प्रोत्साहन गर्न समय समयमा ग्राहकमैत्री सुविधाहरु सञ्चालनमा ल्याउँदै आएको छ । डिजिटल कारोबार गर्दा पाइने छुट सम्बन्धी विस्तृत विवरणहरू सिटिजन्स बैंकको वेबसाइटमा प्राप्त गर्न सकिनेछ । बैंकले देशैभरी फैलिएकाआफ्ना १८२ वटा शाखा, ३ वटा विस्तारित काउण्टर, १३९ वटा एटिएम., ६ वटा कियोस्क सेवा र ९७ वटा शाखा रहित बैंकिङ्ग ईकाईहरुबाट करिव १५ लाख ४० हजार ग्राहकवर्गलाई आधुनिक बैंकिङ्ग सेवाहरु प्रदानगर्दै आएको छ ।