मर्जरको अन्तिम चरणमा विजय र नयाँ सारथी लघुवित्त, गरे अन्तिम सम्झौता

काठमाडौं । विजय लघुवित्त वित्तीय संस्था र नयाँ सारथी लघुवित्त वित्तीय संस्थाले मर्जरमा जान अन्तिम सम्झौतापत्रमा हस्ताक्षर गरेका छन् । दुई संस्थाले गत बैशाख ३० गते साँझ ७ बजे उक्त सम्झौतापत्रमा हस्ताक्षर गरेका हुन् । दुई लघुवित्तले २०७९ मंसिर २६ गते मर्जरमा जानको लागि प्रारम्भिक सम्झौतापत्रमा हस्ताक्षर गरेका थिए । त्यसपछि गत चैत २८ गते सम्पन्न दुबै लघुवित्तको वार्षिक साधारण सभाले पारित गर्यो । यससँगै दुई संस्था एक बराबर एकको स्वाप रेसियो अनुपातमा मर्ज हुने भएका हुन् । मर्जर पश्चात् लघुवित्तको अध्यक्षमा नयाँ सारथी लघुवित्तका अध्यक्ष लोक बहादुर खड्का र सीईओमा विजय लघुवित्तका सीईओ वसन्त लम्साल बन्नेछन् । मर्जर पश्चात् डीसीईओमा भने नयाँ सारथी लघुवित्तका सीईओ सरोज घिमिरे बन्नेछन् । मर्जर पश्चात् लघुवित्तको नाम विजय लघुवित्त वित्तीय संस्थाको नामबाट एकीकृत कारोबार हुनेछ ।

देउराली सहकारीका अध्यक्ष भन्छन् : ‘सदस्यहरुका ८० प्रतिशत बचत फिर्ता गरिसकेँ’

काठमाडौं । देउराली बहुउदेश्यिय सहकारी संस्थाले आफ्ना बचतकर्ता तथा देशभरीका सहकारी संञ्चालक तथा व्यवसायीलाई आत्मबल बढाउन अपिल गरेको छ । साथै देउरालीले समस्याग्रस्त भएर पनि हालसम्म बचतकर्ताको ८० प्रतिशत भन्दा बढी बचत रकम फिर्ता सफल भएको बताएको छ । ललितपुको सातदोबाटोमा केन्द्रीय कार्यालय र काठमाडौंको निउरोड, भक्तपुरको सुर्यबिनायक र ललितपुरकै चापागाँउमा सदस्य सेवा काउन्टर रहेको देउराली बहुउदेश्यिय सहकारी संस्था गत असारदेखि समस्यामा परेको थियो । उक्त सहकारीको सदस्यहरुबाट ६ अर्ब ५० करोड बचत राखेको थियो । समस्याग्रस्त भएर हालसम्म आइपुग्दा सदस्यहरुलाई फिर्ता दिनुपर्ने रकम जम्मा ५० करोड हाराहारी रहेको संस्थाका अध्यक्ष रविन्द्र चौलागाँईले बताए । देउरालीले व्यवहार मिलाउँदै जाँदा आफुलाई आत्मविश्वास बढेर गएको उनले बताए । उनले भने ‘सहकारिमा समस्या आएपछि आफना विभिन्न व्यवसाय नभनी सदस्यहरूको बचत फिर्तालाई प्राथमिकता दिएँ । धेरैजसो बचत फिर्ता गरिसकिएका छौ । बाँकीको पनि असारमसान्त भित्रै तिर्ने योजना छन्’ देउरालीले बचत फिर्ता गर्न बाँकी रकम जग्गा दिएर मिलाउने प्रक्रिया पनि चलिरहेको उनले बताए । देशकै ठुला ब्यवसायिको परिचय बनाएका चौलागाईको दर्जनौ कम्पनिहरू रहेका छन् । आफना सयौं कर्मचारी रहेको र राज्यलाई बार्षिक करोडौ कर तिर्ने गरेको उनले बताउँदै आएका छन् । उनको ब्यवसायमा ठुला रकम बैंक तथा विभिन्न ब्यक्तिहरूको लगानी रहेको बताइन्छ । अहिले उनलाई बैंक तथा ती ब्यक्तीहरूले धैर्य गरि सहयोग गरेका उनी स्वयम बताउँछन् । अध्यक्ष चौलागाँई आगामी आर्थिक बर्षसम्म सहकारीको सबै हिसाव मिलाई पुनः पहिलाकै ब्यवसायमा फर्कने योजना रहेको बताउँछन् । उनले देशभरिका संघसस्था, ब्यवसायीहरूलाई अहिलेको बिकाराल अवस्थामा धैर्य गर्न अपिल गरेका छन् । आफनो काम र कर्तब्य पूरा गर्न र समस्या देखि नभाग्न उनले आग्रह गरेका छन् ।

इसेवामनी ट्रान्सफर तेस्रो वार्षिकोत्सव मनाउँदै

काठमाडौं । तीनवर्ष अघिदेखि नेपालकै अग्रणी फिनटेक कम्पनी–एफवान सफ्ट गु्रप अन्तर्गत कार्य संचालनमा आएको डिजिटल रेमिट्यान्स कम्पनी इसेवामनी ट्रान्सफरले तीनवर्ष पुरा गरेको छ । यस रेमिट्यान्स कम्पनीले हाल संसारका २०० भन्दा बढी मुलुकबाट ३० वटा भन्दा बढी अन्तर्राष्ट्रिय रेमिट्यान्स साझेदारको सहायतामा नेपालमा रेमिट्यान्स भित्राउँदै आइरहेको छ । कार्य संचालनमा आएसँगै डिजिटल रेमिट्यान्सलाई प्राथमिकता दिँदै ‘मेरो पहिलो रोजाइ’ नारा बोकेर अघि बढेको यस रेमिट्यान्स कम्पनीले डिजिटल प्रविधिको माध्यमद्वारा हालमुलुकका ६० भन्दा बढी बैंक तथा वित्तीय संस्थाहरुसँग समन्वय गर्दै तुरुन्तै ग्राहकको खातामा रेमिट्यान्स भित्राउँदै आएको छ । त्यस्तै, इसेवामनी ट्रान्सफर मार्फत ६१ लाखभन्दा बढी प्रयोगकर्ताको सञ्जाल इसेवावालेटमा पनिविदेशमा रहेका नेपालीहरुले सहजै पैसा पठाउन पाएका छन् । त्यस्तै, कम्पनीले आफ्ना एजेण्ट नेटवर्कलाई पनि व्यापक मात्रामा वृद्धि गर्दै देशभरी आफ्नो सेवा पुर्याई सकेको जनाएको छ । हाल, यस कम्पनीका मुलुकभर १२,००० भन्दा बढी संख्यामा एजेण्ट नेटवर्क रहेका छन्, जसबाट ग्राहकहरुले विदेशबाट आएको रकम तुरुन्तै पाउन सक्छन् । यतिमात्र नभएर देशको कुना–कुनासम्म रहेका इसेवाका १ लाख १२,००० एजेण्ट क्यास पोइन्ट मार्फत पनि उपभोक्ताले इसेवामनी ट्रान्सफरको रेमिट्यान्स सेवाको लाभ उठाइरहेको इसेवाले जनाएको छ । तेस्रो वार्षिकोत्सवको अवसरमा बोल्दै कम्पनीका प्रमुख कार्यकारी अधिकृत अजेस कोइरालाले भने, ‘कार्य संचालनको ३ वर्षमै इसेवामनी ट्रान्सफरले छिटो, विश्वसनीय र परिस्कृत सेवा प्रदान गर्दै विदेशमा रहेका नेपालीहरुको मन जितेर पहिलो रोजाइ बन्न सफल भएकोमा हामी एकदमै खुशी र उत्साहित छौँ, हाम्रो यस सफलताको श्रेय, म सम्पूर्ण साझेदार, नियामक निकाय, कर्मचारी, एजेन्ट, ग्राहकलगायत सम्पूर्ण शुभचिन्तकहरुलाई दिन चाहन्छु ।’ ‘डिजिटल माध्यमलाई प्रोत्साहनगर्दै हामीले ’मेरो डिजिटल देश’अभियान सुरु गरेका छौ, जस अन्तर्गत ६ जनाभाग्यशाली विजेताहरुलाई हामीले घरमै गएर उपहार हस्तान्तरण गर्र्यौं, साथै एक जना भाग्यशाली विजेताले काठमाडौंमा नयाँ घर जित्नुहुनेछ, अन्ततः सबैको पहिलो रोजाइ बनेर बैधानिक रुपमा डिजिटल माध्यमबाट कम शुल्कमा रेमिट्यान्स ल्याई हरेक विदेशिएका नेपाली र उनीहरुको परिवारमा खुशी ल्याउनु नै आगामी दिनहरुमा हाम्रो मूल लक्ष्य रहने छ’, आफ्नो सेवा विस्तारकाबारे कोइरालाले थपे ।