सटिजन्स बैंकका ग्राहकलाई भिभान्त डेन्टल हस्पिटलमा २० प्रतिशत छुट
काठमाडौं । सिटिजन्स बैंक र कमलपोखरी स्थित भिभान्त डेन्टल हस्पिटलबीच सिटिजन्स बैंकका ग्राहकहरूलाई विशेष छुट दिने समझदारीपत्रमा हस्ताक्षर भएको छ । सो समझदारीपत्रमा हस्ताक्षर पश्चात् सिटिजन्स बैंकका कार्डबाहक ग्राहकहरूले भिभान्त डेन्टल हस्पिटलमा २० प्रतिशतसम्मको आकर्षक छुट पाउनेछन् । यस किसिमको सहकार्यबाट बैंकका ग्राहकहरु लाभान्वित हुनुका साथै नगद कारोबारबाट डिजिटल कारोबार तर्फ उत्प्रेरित हुने विश्वास बैंकले लिएको छ । बैंकले डिजिटल बैंकिङ्ग माध्यमहरुको प्रयोगलाई बढाउन र ग्राहकहरुलाई डिजिटल माध्यमबाट भुक्तानी गर्न प्रोत्साहन गर्न समय समयमा ग्राहकमैत्री सुविधाहरु सञ्चालनमा ल्याउँदै आएको छ । डिजिटल कारोबार गर्दा पाइने छुट सम्बन्धी विस्तृत विवरणहरू सिटिजन्स बैंकको वेबसाइटमा प्राप्त गर्न सकिनेछ । सिटिजन्स बैंक इन्टरनेसनलले देशैभरी फैलिएका आफ्ना १८८ वटा शाखा, १४७ वटा एटिएम ३ विस्तार काउन्टर र ९७ वटा शाखा रहित बैंकिङ्ग ईकाईहरुबाट १६ लाख २५ हजार भन्दा बढी ग्राहकवर्गलाई आधुनिक बैंकिङ्ग सेवाहरु प्रदान गर्दै आएको छ ।
नारायणी डेभलपमेन्ट बैंकको अध्यक्षमा चन्द्रमान मलेकु
काठमाडौं । नारायणी डेभलपमेन्ट बैंकको अध्यक्षमा चन्द्रमान मलेकु नियुक्त भएका छन् । बैंकको आज सोमबार बसेको सञ्चालक समितिको बैठकले मलेकुलाई अध्यक्षमा नियुक्त गरेको प्रमुख कार्यकारी अधिकृत (सीईओ) पशुपति पौडेलले जानकारी दिए । सोमबार बसेको सञ्चालक समितिको बैठकले मलेकु र पुकार थापालाई सञ्चालक पदमा नियुक्त गरेको थियो । मलेकु संस्थापक समूह र थापा सर्वसाधारण समूहबाट सञ्चालकमा नियुक्त भएका हुन् । यसअघि अध्यक्ष रहेका राम प्रसाद रोपाखेती र संचालक रमेश पौडेलले राजीनामा दिएका थिए । उनीहरुले दिएको राजीनामा सञ्चालक समितिबाट स्वीकृति भइसकेको बैंकले जनाएको छ । नवनियुक्त अध्यक्ष मलेकु राष्ट्र बैंकका पूर्व कर्मचारी हुन् । ३२ वर्ष राष्ट्र बैंकमा रहेर काम गरेका मलेकु उपनिर्देशक थिए । साथै, उनले कर्जा तथा निक्षेप सुरक्षण निगम र क्यापिटल मर्चेन्ट फाइनान्सको सीईओ समेत भएर काम गरेका थिए ।
एनआइसी एशिया लघुवित्तको चौथो त्रैमासिक वित्तीय विवरण सार्वजानिक
काठमाडौं । एनआईसी एशिया लघुवित्त वित्तीय संस्थाले आर्थिक वर्ष २०७९/८० को चौथो त्रयमास सम्मको अपरिष्कृत वित्तीय विवरण सार्वजनिक गरेको छ । लघुवित्त क्षेत्रमा शाखा संजाल विस्तारमा पहिलो स्थानमा रहेको यस संस्थाले अहिलेको विषम परिस्थितिमा समेत अधिकांश वित्तीय परिसूचकहरुमा उत्साहजनक नतिजा हासिल गर्न सफल भएको छ । कर्जाको विस्तारलाई भन्दा कर्जाको गुणस्तरलाई प्राथमिकतामा राखेको यस संस्थाले चौथो त्रयमास सम्ममा कुल लघुकर्जा १८ अर्ब ४५ करोड ६६ रूपैयाँलाख पु-याएको कम्पनीले जनाएकाे छ। प्रतिशेयर आम्दानी १७.२५ रूपैयाँसहित यस आर्थिक वर्षमा ३० करोड खुद मुनाफा आर्जन गर्न सफल भएको छ । यसै गरी आर्थिक वर्ष २०७९/८० मा स्व–पूँजीमा प्रतिफल वार्षिक १२.०२ प्रतिशत रहेको छ । तरलता अभावको यस विषम परिस्थितिमा समेत वित्तीय संस्थाले बचत परिचालन तर्फ भने २ अर्ब २३ करोड १८ लाख रूपैयाँ पु¥याउन सफल भएको छ । वित्तीय संस्थाले कर्जा असुलीमा प्रभावकारी रुपमा आफ्नो स्रोत तथा साधनको परिचालन गरी उत्साहजनक नतिजा हासिल गर्दै निष्कृय कर्जालाई ४.६४ प्रतिशतमा सिमित राख्न सफल भएको छ । नवीनतम् प्रविधिलाई जोड दिदै संस्थाको दैनिक कृयाकलाप तथा सेवाग्राही सदस्यहरुलाई परिष्कृत सेवा प्रवाह गर्दै आईरहेको छ । जस अनुसार ई–सेवा तथा खल्ती मार्फत रकम भुक्तानीको साथै आर्थिक कारोबारहरुको एस.एम.एस मार्फत जानकारी हुने प्रणाली सुचारु भईसकेको छ । वित्तीय संस्थालाई आम जनमानसले गरेको प्रगाढ विश्वास, अगाध स्नेह र वित्तीय संस्था प्रतिको भरोसाले गर्दा मुलुकभरका ७४ जिल्लामा २८७ शाखा कार्यालयहरु मार्फत लघुवित्त सेवा प्रदान गर्दै आइरहेको छ । यस वित्तिय संस्थाले कार्यक्रम विस्तार गर्दा लघुवित्तको मर्म र भावना अनुरुप पहुँच नपुगेको ग्रामीण स्थानिय तहहरुलाई प्राथमिकतामा राखेको छ । आर्थिक वर्ष २०७९/८० को अन्त्य सम्ममा वित्तीय संस्थाले कुल २,०७,५७६ विपन्न परिवारलाई लघुवित्त सेवा प्रदान गरेको छ । वित्तीय संस्थाले अपनाएको समयानुकुल रणनीतिका कारण छोटो समयमै राष्ट्रिय स्तरको अग्रणी लघुवित्त संस्थाको रुपमा आफुलाई स्थापित गर्न सफल भएको छ । संस्थाले उत्पादनमुलक तथा कृषि क्षेत्रमा आधारित कर्जालाई प्राथमिकतामा राखि बैंक तथा वित्तीय संस्थाहरुको न्युन उपस्थिति रहेको कालिकोट, बझाङ, बाजुरा, अछाम, दार्चुला ,मुगु डोटी, जुम्ला, डोल्पा, जाजरकोट, सल्यान जस्ता दुर्गम जिल्लाहरुमा समेत शाखा विस्तार गरी सेवा सञ्चालन गर्दै आईरहेको छ ।