९ प्रतिशत ब्याज पाइने नेपाल एसबिआई बैंकको ऋणपत्र खरिद गर्ने आज अन्तिम दिन

काठमाडौं । नेपाल एसबिआई बैंकको ऋणपत्रमा आवेदन दिने आज अन्तिम दिन रहेको छ । साउन १८ गतेदेखि बिक्री खुला गरेको ऋणपत्रमा आज साउन ३१ गतेसम्म आवेदन दिन पाइनेछ । बैंकले १० वर्षे अवधिको वार्षिक ९ प्रतिशत ब्याजदरमा ‘९ प्रतिशत नेपाल एसबिआई बैंक ऋणपत्र २०८९’ बिक्री गरेको हो । बैंकले प्रतिकित्ता १ हजार अंकित मूल्य दरका २ अर्ब रुपैयाँ बराबरको २० लाख कित्ता ऋणपत्र निष्काशन गरेको हो । जसमध्ये ६० प्रतिशत अर्थात् १ अर्ब २० करोड रुपैयाँको १२ लाख कित्ता व्यक्तिगत र ४० प्रतिशत अर्थात् ८० करोड रुपैयाँको ८ लाख कित्ता सर्वसाधारणलाई छुट्याइएको छ । सर्वसाधारणलाई छुट्याइएको ऋणपत्रमध्ये ५ प्रतिशत अर्थात् ४० हजार कित्ता सामूहिक लगानी कोषका लागि छुट्याइएको बैंकले जनाएको छ । बैंकको ऋणपत्रमा लगानीकर्ताले न्यूनतम २५ कित्तादेखि अधिकतम ८ लाख कित्तासम्म आवेदन दिन सक्नेछन् । बैंकको ऋणपत्र निष्काशन तथा बिक्री प्रबन्धकमा एनएमबि क्यापिटल रहेको छ । लगानीकर्ताले नेपाल धितोपत्र बोर्डबाट सी–आस्बा सेवा अनुमति प्राप्त बैंक तथा वित्तीय संस्था र मेरो सेयर एपबाट आवेदन दिन सक्नेछन् । इक्रा नेपालले बैंकलाई इक्रा एनपी इस्यूअर रेटिङ्ग डबल ए प्रदान गरेको छ । यसले समयमा वित्तीय दायित्व पूरा गर्ने सम्बन्धमा उच्च मात्रामा सुरक्षित रहेको संकेत गर्दछ ।

सानिमा जिआईसीको नाफामा ९३ प्रतिशत छलाङ, अन्य सूचकमा उत्साहजनक प्रगति

काठमाडौं । सानिमा जिआईसी इन्स्योरेन्स कम्पनीले गत आर्थिक वर्षको चौथो त्रैमासमा २८ करोड १ लाख रुपैयाँ खुद नाफा गरेको छ । अघिल्लो वर्षको सोही अवधिमा कम्पनीले १४ करोड ४९ लाख रुपैयाँ खुद नाफा गरेको थियो । अघिल्लो वर्षको तुलनामा कम्पनीले गत वर्ष ९३.३६ प्रतिशत बढी नाफा गरेको हो । गत असारसम्म कम्पनीको बीमा शुल्क आर्जन १२६.४७ प्रतिशत बढेर ६२ करोड ८८ लाख रुपैयाँ गरेको छ । अघिल्लो वर्षको सोही अवधिमा कम्पनीले २७ करोड ७६ लाख रुपैयाँ खुद बीमा शुल्क आर्जन गरेको थियो । कम्पनीले गत वर्ष २८ करोड ६२ लाख रुपैयाँको खुद दाबी भुक्तानी गरेको छ । अघिल्लो वर्षको सोही अवधिमा कम्पनीले १० करोड १६ लाख रुपैयाँ खुद दाबी भुक्तानी गरेको थियो । समिक्षा अवधिमा कम्पनीको चुक्ता पूँजी १ सय प्रतिशत बढेर २ अर्ब रुपैयाँ, जगेडा कोष ११७.५९ प्रतिशत बढेर ३२ करोड ९४ लाख रुपैयाँ र बीमा कोष १५९.६० प्रतिशत बढेर ४२ करोड ६७ लाख रुपैयाँ रहेको छ । कम्पनीको प्रतिसेयर आम्दानी १४.०१ रुपैयाँ रहेको छ । कम्पनीको प्रतिसेयर नेटवर्थ १३९.६५ रुपैयाँ छ भने मूल्य आम्दानी अनुपात ४६.३९ गुणा रहेको छ ।

सगरमाथा लुम्बिनीको नाफा २२ प्रतिशत बढ्यो, ईपीएस २९.३६ रुपैयाँ

काठमाडौं । सगरमाथा लुम्बिनी इन्स्योरेन्स कम्पनीले गत आर्थिक वर्षको चौथो त्रैमासमा ४५ करोड ८२ लाख रुपैयाँ खुद नाफा गरेको छ । अघिल्लो वर्षको सोही अवधिमा कम्पनीले ३७ करोड ४८ लाख रुपैयँ खुद नाफा गरेको थियो । अघिल्लो वर्षको तुलनामा कम्पनीको नाफा २२.२७ प्रतिशत बढेको हो । गत असारसम्म कम्पनीको खुद बीमा शुल्क आर्जन १४.९५ प्रतिशत बढेर १ अर्ब ५२ करोड ३८ लाख रुपैयाँ आर्जन गरेको छ । अघिल्लो वर्षको सोही अवधिमा कम्पनीले १ अर्ब ३२ करोड ५६ लाख रुपैयाँ खुद बीमा शुल्क आर्जन गरेको थियो । कम्पनीले गत आर्थिक वर्ष १ अर्ब ११ करोड ६६ लाख रुपैयाँ खुद दाबी भुक्तानी गरेको छ । अघिल्लो वर्षको सोही अवधिमा कम्पनीले ९८ करोड २८ लाख रुपैयाँ खुद दाबी भुक्तानी गरेको थियो । समीक्षा अवधिमा कम्पनीको चुक्ता पूँजी २ अर्ब ६२ करोड २६ लाख रुपैयाँ, जगेडा कोष ११६ प्रतिशत बढेर ९१ करोड ३२ लाख रुपैयाँ र बीमा कोष ९० प्रतिशत बढेर २ अर्ब २८ करोड ३३ हजार रुपैयाँ रहेको छ । कम्पनीको प्रतिसेयर आम्दानी २९.३६ रुपैयाँ रहेको छ । यस्तै, कम्पनीको प्रतिसेयर नेटवर्थ २२८.९२ रुपैयाँ पैसा छ भने मूल्य आम्दानी अनुपात २५.४८ गुणा रहेको छ ।