ग्लोबल आइएमई बैंकको ब्याजदर बढ्यो, कुन खातामा कति ?
काठमाडौं । ग्लोबल आइएमई बैंकले नयाँ ब्याजदर सार्वजनिक गरेको छ । बैंकले विभिन्न खातामा भदौ १ गतेदेखि लागू हुने गरी ब्याजदर बढाएको हो । बैंकले भदौमा साधारण बचत खातामा न्यूनतम ५.९६६ प्रतिशतदेखि अधिकतम ७.९६६ प्रतिशतसम्म ब्याजदर प्रदान गर्ने भएको छ । बैंकले रेमिटेन्स बचतमा भने ९.९६६ प्रतिशत ब्याजदर तोकेको छ । यसअघि साउनमा बैंकले न्यूनतम ५ प्रतिशतदेखि अधिकतम ७ प्रतिशत ब्याजदर तोकेको थियो । यस्तै, बैंकले मुद्दती निक्षेपमा संस्थागततर्फ ८.८९६ प्रतिशत र ब्यक्तिगततर्फ १०.८९६ प्रतिशतसम्म ब्याजदर तोकेको छ । बैंककाअनुसार रेमिट्यान्स खातामा भने ११.८९६ प्रतिशत ब्याजदर पुर्याएको छ । यसअघि साउनमा संस्थागततर्फ ७.९९ प्रतिशत र ब्यक्तिगततर्फ ९.९९ प्रतिशतसम्म ब्याजदर तोकिएको थियो । बैंकले कर्जाको ब्याजदर भने आधारदरमा अधिकतम ५ प्रतिशतसम्म प्रिमियम तोकेर निर्धारण गर्नेछ ।
स्ट्याण्डर्ड चार्टर्ड बैंकले घटायो ब्याजदर
काठमाडौं । स्ट्याण्डर्ड चार्टर्ड बैंकले नयाँ ब्याजदर सार्वजनिक गरेको छ । बैंकले विभिन्न खातामा भदौ १ गतेदेखि लागू हुने गरी ब्याजदर सार्वजनिक गरेको हो । बैंकले भदौमा बचत खातामा ब्याजदर बढाएको छ भने मुद्दती खातामा घटाएको छ । बैंकले साधारण बचत खातामा न्यूनतम ४.९७ प्रतिशतदेखि अधिकतम ६.५७ प्रतिशतसम्म ब्याजदर प्रदान गर्ने भएको छ । रेमिटेन्स बचतमा भने ७.५७ प्रतिशत तोकेको छ । यसअघि साउनमा बैंकले न्यूनतम ४.८५ प्रतिशतदेखि अधिकतम ६.४५ प्रतिशतसम्म ब्याजदर तोकेको थियो । रेमिट्यान्स खातामा भने ७.४५ प्रतिशत ब्याज दिएको थियो । यस्तै, बैंकले मुद्दति निक्षेपमा संस्थागततर्फ न्यूनतम ५.९२ प्रतिशतदेखि अधिकतम ६.९२ प्रतिशतसम्म ब्याजदर तोकेको छ । ब्यक्तिगततर्फ न्यूनतम ७.९२ प्रतिशतदेखि ८.९२ प्रतिशतसम्म ब्याजदर तोकेको छ । बैंकले रेमिट्यान्स बचत खातामा भने ९.९२ प्रतिशत ब्याजदर प्रदान गर्नेछ । यसअघि साउनमा बैंकले संस्थागततर्फ न्यूनतम ५.९५ प्रतिशतदेखि अधिकतम ६.९५ प्रतिशत र ब्यक्तिगततर्फ ७.९५ प्रतिशतदेखि ८.९५ प्रतिशत ब्याजदर तोकेको थियो । रेमिट्यान्स खातामा ९.९५ प्रतिशत ब्याजदर दिएको थियो । बैंकले साउनको तुलनामा भदौमा मुद्दती निक्षेप खातामा ०.०३ प्रतिशत ब्याज घटाएको हो । बैंकले कर्जाको ब्याजदर निर्धारण गर्दा आधारदरमा न्यूनतम २ प्रतिशतदेखि अधिकतम ५ प्रतिशतसम्म प्रिमियम तोक्ने जनाएको छ । बैंकको आधार दर ९.०२ प्रतिशत छ भने स्प्रेडदर ४ प्रतिशत छ ।
लक्ष्मी सनराइज बैंकको ब्याजदर सार्वजनिक, कर्जामा स्थिर ब्याज कति ?
काठमाडौं । लक्ष्मी सनराइज बैंकले ब्याजदर सार्वजनिक गरेको छ । बैंकले विभिन्न खातामा भदौ १ गतेदेखि लागू हुने गरी ब्याजदर सार्वजनिक गरेको हो । बैंकले भदौमा ब्याजदर स्थिर राखेको छ । अर्थात् साउन महिनाकै ब्याजदर भदौमा लागू हुनेछ । बैंकले भदौका लागि सार्वजनिक गरेको ब्याजदर अनुसार साधारण बचत खातामा न्यूनतम ५.४० प्रतिशतदेखि अधिकतम ७.४० प्रतिशत ब्याजदर प्रदान गर्ने भएको छ । रेमिटेन्स बचतमा ८.४० प्रतिशत तोकेको छ । यस्तै, बैंकले मुद्दति निक्षेपमा संस्थागततर्फ ७.९९ प्रतिशत र ब्यक्तिगततर्फ ९.९९ प्रतिशतसम्म ब्याजदर तोकेको छ । बैंकले रेमिट्यान्स बचत खातामा १०.९९ प्रतिशत ब्याजदर प्रदान गर्नेछ । बैंकले कर्जाको ब्याजदर निर्धारण गर्दा आधारदरमा अधिकतम ५ प्रतिशतसम्म प्रिमियम तोक्ने जनाएको छ । बैंकको आधार दर १०.९३ प्रतिशत रहेको छ । बैंकको स्प्रेडदर ४.४२ प्रतिशत छ । बैंकका अनुसार १५ वर्षसम्मको होम लोन, होम इक्विटी लोन, एजुकेशन लोन, अटो लोन, पर्सनल लोन र टर्म लोनमा १२.९९ प्रतिशतदेखि १४.९९ प्रतिशतसम्म ब्याज तोकिएको छ ।