सेन्ट्रल फाईनान्सले श्रीहरिहर संन्यास आश्रमलाई दियो ग्यास सिलिण्डर र चुलो
काठमाडौं । सेन्ट्रल फाईनान्स नारायणगढले ग्यास चुलो तथा ग्यास सिलिण्डर वितरण गरेको छ । सेन्ट्रल फाईनान्स् नारायणगढ शाखाले सोमबार ग्यास चुलो तथा ग्यास सिलिन्डर वितरण कार्यक्रम गरेको हो । संस्थागत सामाजिक उत्तरदायित्व कार्यक्रम अन्तर्गत तनहुँको देवघाटधाम स्थित श्रीहरिहर–संन्यास–आश्रममा उक्त कार्यक्रम गरिएको हो । कार्यक्रममा संस्थाको तर्फबाट शाखा प्रमुख मधु सुधन पौड्यालले सेन्ट्रल फाईनान्सले देशको समग्र आर्थिक विकासमा पुर्याएको योगदानको बारेमा प्रकाश पार्दै उक्त आश्रमलाई २० थान ग्यास सिलिन्डर र १ थान ठूलो ग्यास चुलो हस्तान्तरण गरेका हुन् । कार्यक्रममा श्रीहरिहर–संन्यास–आश्रमका १००८ स्वामी ज्ञाननन्द सरस्वती महाराज र आश्रमका कक्षा ६ देखि १२ सम्म र बिद्यापिठ तहदेखी आचार्य तहसम्मका बिद्यार्थी र साधु, सन्त, ब्रम्ह्मचारी र अन्य पदाधिकारीहरू तथा सेन्ट्रल फाईनान्स् लिमिटेड, नारायणगढ शाखाका कर्मचारीहरूको उपस्तिथि रहेको थियो । नेपाल राष्ट्र बैंकबाट ‘ग’ वर्गको इजाजत पत्र प्राप्त वित्तीय संस्थाको रुपमा विगत २६ वर्षदेखि गुणस्तरीय बैंकिङ्ग सेवा दिंदै आएको यस संस्थाको कुपण्डोलस्थित केन्द्रीय कार्यालयसहित १९ वटा शाखा र भक्तपुरको सल्लाघारीमा एक (१) एक्सटेन्सन काउन्टर सञ्चालनमा रहेको छ ।
कामना सेवा विकास बैंकले दियो दिव्य ज्योति बहुमुखी क्याम्पसलाई एसि
काठमाडौं । कामना सेवा विकास बैंकले बर्दघाट, नवलपरासी स्थित त्रिभुवन विश्वविद्यालयबाट सम्बन्धन प्राप्त दिव्य ज्योति बहुमुखी क्याम्पसलाई आईतबार २ थान एसि हस्तान्तरण गरेको छ । उक्त एसि सामुदाहिक विकास र शिक्षाको क्षेत्रमा महत्वपुर्ण योगदान पुगोस् भन्ने पवित्र उद्देश्यका साथ प्रदान गरिएको हो । बैंकका संचालक भिम प्रसाद तुलाचनले दिव्य ज्योती बहुमुखी क्याम्पसका अध्यक्ष पुन्य प्रसाद पौडेललाई उक्त एसि हस्तान्तरण गरेका थिए । कार्यक्रममा क्याम्पसका क्याम्पस प्रमुख सागरमणी पाण्डे, बैंकका बुटवल क्षेत्रका क्षेत्रीय प्रवन्धक खिमलाल भुषाल तथा अन्य कर्मचारीहरु र विद्यार्थीहरुको उपस्थिती रहेको थियो । यससँगै बैंकले आगामी दिनहरुमा समेत सरोकारवालाहरुको समन्वय तथा सहकार्यमा यस्ता प्रकृतिका सामाजिक कार्यहरुलाई निरन्तरता दिने बैंकले जनाएको छ ।
वित्तीय संस्था संघको एनएफआरएस तालिम सुरु
काठमाडौं । नेपाल वित्तीय संस्था संघको आयोजनामा दुई दिने नेपाल वित्तीय प्रतिवेदन मान ९ सम्बन्धीमा तालिम आजबाट सुरुवात भएको छ । वित्तीय संस्थामा कार्यरत विभागीय प्रमुखहरुलाई उक्त प्रतिवेदन मानका सम्बन्धमा विस्तृत रुपमा सुसुचित गराउने एवं दुई वर्ष पछि वित्तीय प्रतिवेदन मान लागु गर्न आवश्यक तयारी स्वरुप तालिम सञ्चालन गरिएको छ । कार्यक्रममा स्वागत मन्तव्य राख्दै सह आयोजक एस ए आर एडभाइजर्सका सञ्चालक रमेश कुमार धितालले नेपाल राष्ट्र बैंकलाई वित्तीय प्रतिवेदन मान लागु गर्न आवश्यक पूर्वाधार विकासको लागि सहजीकरण गर्न एवं क्रमिक रुपमा लागु गर्ने गरी तालिका लागु गर्न समेत अनुरोध गरे । कार्यक्रमको उद्घाटन नेपाल राष्ट्र बैंक वित्तीय संस्था सुपरीवेक्षण विभागका कार्यकारी निर्देशन विश्रुत थापाले गरे । कार्यक्रममा बोल्दै नेपाल राष्ट्र बैंकले समेत वित्तीय प्रतिवेदन मान ९ लागु गर्ने सन्दर्भमा आवश्यक तयारी गरिरहेको जानकारी गराए । कार्यक्रममा विभिन्न फाइनान्स कम्पनीबाट वित्त, कर्जा, जोखिम, आन्तरिक लेखापरीषण, सञ्चालन लगायतका विभागका विभागीय प्रमुख तथा कार्यतर ४५ जना भन्दा बढी सहभागीको सहभागीता रहेको छ भने उद्घाटन सत्रमा विभिन्न फाइनान्स कम्पनीका प्रमुख कार्यकारी अधिकृतहरुको समेत सहभागीता रहेको थियो । कार्यक्रममा स्रोत व्यक्तिको रुपमा इवाई श्रीलंकाका विज्ञ राजिथ परेरा रहेका छन् ।