देउरालीले बचतकर्ताहरुलाई बाँड्यो ४५ करोडको घडेरी
काठमाडौं । सातदोबाटोमा केन्द्रिय कार्यालय रहेको देउराली बहुद्देश्यीय सहकारीले ठुला बचतकर्तालाई ४५ करोड बराबरको १६५ वटा घडेरी पास गरि दिएको छ । सहकारीले २०८० साल भदौ ८ गते तेश्रो चरणको घडेरी वितरण कार्य सम्पन्न गरेको संस्थाले जारी गरेको विज्ञप्तीमा उल्लेख छ । २ बर्षदेखि आर्थिक समस्यामा परेको सहकारीले करिव ७ अर्ब ५० करोड बचत रहेकोमा ६ अर्ब ७० करोड नगद र ४५ करोड जग्गा गरी ७ अर्ब १५ करोड फिर्ता गरिसकेको बताएको छ । अब बचतकर्ताको फिर्ता गर्न बाँकी रकम ३५ करोड र सोको ब्याज मात्र रहेको सहकारीले सो रकम समेत छिट्टै वितरण गरिने बताएको छ । ललितपुरमै थुप्रै सहकारी समस्याग्रस्त परिरहेको बेला आफुहरुले छिट्टै सहकारीलाई समस्यामुक्त गराएर देशकै उदाहरणी बन्ने अध्यक्ष चौलागाइले बताएका छन् । ओरियन्टल र सिभिलपछीको देशकै ठुलो सहकारीमध्ये एक देउरालीले आर्थिक मन्दी र अनेकन समस्याहरुमाझ पनि सहकारीको समस्या हल गर्दै लगेको हो । सहकारीमा समस्या परेपछि देशै छोडेर भाग्ने, गायब हुनेहरुको संख्या धेरै भएका बेला चौलागाइले सहकारीलाई प्राथमिकता राखी सबैको बचत फिर्ता गने उदाहरणीय कार्य गरिरहेका छन् । ३८ बर्षको उमेरमै बेग्लै ब्यवसायिक छवि बनाएका चौलाँगाइले सहकारीलाई समस्याग्रस्तबाट मुक्त गराइ उदाहरणीय बनाउने काममा लागेका हुन् । रविन्द्र चौलागाइ सहकारी क्षेत्र भन्दा ब्यवासायिक क्षेत्रबाट चिनिने नाम हुन् । उनले आयात निर्यात, घरजग्गा, कृषि, शेयरबजार, लिक्वयर जस्ता क्षेत्रमा व्यवसाय गर्दै आएका छन् । सबै क्षेत्रलाई थाती राखेर करिव एक बर्षदेखि उनी देउरालीका बचतकर्ताको बचत फिर्ता गर्न निरन्तर लागि परेका छन् । आफ्नो संस्थाको संचालकको नाममा रहेको सम्पति, घरजग्गा, गाडी, सुनचाँदी बेचबिखन गरेको र बैंकले आफनो ब्यवसायमा लगानी गरेको करिव ४ अर्ब नगद गरी ६ अर्ब १५ करोड बचतकर्तालाई नगदै फिर्ता गरेका छन् । त्यसैगरी, ललितपुर चापागाउँको ३३ वटा घडेरी, सुनसरी इनरुवाको २३ वटा घडेरी, नवलपरासी बर्दाघाटको ६५ वटा घडेरी, नवलपरासी रजरको ४४ वटा घडेरी गरी १६५ वटा घडेरी बचतकर्तालाई फिर्ता गरेका हुन् । अब छिटटै अरु पनि घडेरी पास गरि देउरालीले बचतकर्ता दिने बताएको छ । बाँकी बचतकर्ताहरुलाई विभिन्न निकायमा उजुरी बाजुरी गरेर दुख नदिइ धर्यता गर्न सहकारीले अनुरोध समेत गरेको छ । त्यसरी उजुरी बाजुरी गर्नेहरुलाई पनि सो फिर्ता गरी जग्गा लिइ आफनो बचत सुरक्षण गर्न अनुरोध गरेको छ । आर्थिक मन्दीको बेला नगद दिन कठिनाइ भएकाले विभिन्न क्षेत्रका उचित मुल्यका घर घडेरी लिइ बचत सुरक्षण गर्न देउरालीले अनुरोध गरेको हो । अध्यक्ष चौलागाइले बैंक तथा वित्तिय संस्थाहरुलाई देउरालीको बचतकर्ताको बचत फिर्ता सम्पुर्ण रुपमा नभएसम्म लिलाम बढाबढका काम अघि नबढाउन अनुरोध गरेको छ । सोको लागि आफुले राष्ट बैंकलाई समेत पत्राचार गरेको अध्यक्ष चौलागाइले बताएका छन । उनले सहकारीबाट ऋण लिएकाहरुलाई, संस्थाको पैसा अपचलन गरेका कतिपय कर्मचारीहरुलाई र मिटरब्याजमा पैसा असुलेकाहरुलाई समेत रकम फिर्ता गर्न अनुरोध गरेका छन् ।
लक्ष्मी सनराइज बैंकको सेयर नेप्सेमा सूचीकृत, सोमबारदेखि कारोबार
काठमाडौं । नेपाल स्टक एक्सचेञ्ज (नेप्से)मा लक्ष्मी सनराइज बैंककाे सेयर सूचीकृत भएको छ । साविक लक्ष्मी र सनराइज बैंक मर्जरपश्चात् लक्ष्मी सनराइज बैंकको नामबाट सेयर सूचीकृत भएको हो । आइतबार बैंकको कुल २१ करोड ६७ लाख २ हजार ३७९ कित्ता सेयर सूचीकृत भएको नेप्सेले जनाएको छ । नेप्सेले पहिलो कारोबारका लागि लक्ष्मी सनराइज बैंकलाई प्रतिकित्ता १७३.०५ रुपैयाँ ओपनिङ रेन्ज तोकेको छ । सोही मूल्यबाट सोमबारदेखि दोस्रो बजारमा कारोबार हुने छ । नेप्सेले मर्जरपछि बनेको लक्ष्मी सनराइज बैंकलाई ‘एलएसएल’ कारोबार संकेत प्रदान गरेको छ । साबिक लक्ष्मी र सनराइज बैंक १ः१ अनुपातमा मर्ज भएका हुन् । यी दुवै बैंकले गत असार २९ गतेबाट एकीकृत कारोबार सुरु गरेका थिए । नेप्सेले असार २९ गतेबाट मर्जर प्रयोजनका लागि यी दुवै बैंकको सेयर कारोबार रोक्का गरेको थियो ।
महालक्ष्मी विकास बैंकको परिष्कृत अनलाइन सेवा सञ्चालनमा
काठमाडौं । ग्राहकहरुको डिजिटल बैंकिङ्गको आवश्यकता र चाहनालाई मध्यनजर गर्दै महालक्ष्मी विकास बैंकद्वारा सञ्चालित अनलाइन सेवाहरुलाई परिष्कृत गर्दै पुनः सञ्चालनमा ल्याएको छ । बैंकले अनलाइन सेवालाई परिष्कृत गरेसँगै ग्राहकहरुले अनलाइन मार्फत सहजै रुपमा खाता खोल्ने, केवाइसी अपडेट, नयाँ डेबिट कार्ड, मोवाइल बैंकिङ, इन्टरनेट बैंकिङ, नयाँ लकर र मर्चेन्ट (क्यूआर) अनुरोध तथा डिस्पुट क्लेम जस्ता सेवाहरु प्राप्त गर्न सक्नेछन् । साथै, बैंकको आधिकारिक वेवसाइट www.mahalaxmibank.com र eservice.mahalaxmibank.com.np मार्फत ग्राहकहरुले उक्त सेवाहरु लिन सक्नेछन् । डिजिटल बैंकिङ्गलाई प्रोत्साहन गर्दै विद्युत्तीय सेवाहरुलाई प्रभावकारी बनाउने उद्देश्यले बैंकले उक्त अनलाइन सेवालाई संशोधन गरेको हो । ‘सबल बैंक, सफल सहकार्य’ को नारालाई आत्मसाथ गर्दै नेपाली जनताको घरदैलोमा विगत २९ वर्ष देखि अनवरत रुपले सरल र सहजताका साथ वित्तीय सेवा प्रदान गर्दै आईरहेको बैंकले आगामी दिनहरुमा पनि डिजिटल बैंकिङ्गका कार्यहरुलाई थप प्रभावकारी रुपमा निरन्तरता दिने जनाएको छ ।