सिद्धार्थ बैंकको एकैपटक ३ लाख कित्ता सेयर बिक्रीमा

काठमाडौं । सिद्धार्थ बैंकले संस्थापक सेयर बिक्री गर्ने भएको छ । बैंकले संस्थापक समूहको ३ लाख कित्ता सेयर बिक्री गर्न लागेको जनाएको छ । बैंकका अनुसार संस्थापक मदन लाल केडियाको नाममा रहेको ३ लाख कित्ता सेयर बिक्रीमा राखेको हो । बैंकको सो सेयरको मूल्य तोकिएको छैन । बैंकको सेयरमा इच्छुक संस्थापक सेयरधनीहरुले मात्रै आवेदन दिन पाउने छन् । सेयर खरिद गर्न इच्छुकले बैंकका विद्यमान संस्थापकहरुले ३५ दिनभित्र आवेदन पेश गर्नु पर्नेछ । यदि सो समयभित्र आवेदन नपरेमो सर्वसाधारण लगानीकर्ताका लागि बिक्री खुला गरिने बैंकले जनाएको छ ।

एनआईसी एशिया बैंकको शाखा कार्यालय स्थानान्तरण

काठमाडौं । एनआईसी एशिया बैंकले संचालनमा रहेका शाखा कार्यालय स्थानान्तरण गर्ने भएको छ । बैंकले चापागाँउ शाखा कार्यालय स्थानान्तरण गर्ने भएको हो । बैंकका अनुसार गोदावरी नगरपालिका ११ पाउली बुलुमा सञ्चालनमा रहेको चापागाँउ शाखा भदौ १७ गतेदेखि गोदावरी ११ नगरपालिको भवन बज्रबाराहीमा सरेको हो । साविकको स्थानबाट ८ सय मिटर उत्तर/पूर्वतर्फ स्थानान्तरण भई नयाँ स्थानबाट सम्पूर्ण बैंकिङ्ग कारोबार सञ्चालनमा आउने बैंकले जनाएको छ । अत्यावश्यक जानकारीका लागि चापागाँउ शाखाका शाखा प्रबन्धक हिरा बहादुर तामाङको ९८०१९८२२९५ नम्बरमा सम्पर्क गर्न बैंकले आग्रह गरेको छ ।

नबिल बैंकले काठमडौंमा घरजग्गा बेच्दै

काठमाडौं । नबिल बैंकले गैर बैंकिङ्ग सम्पत्ति बिक्री गर्ने भएको छ । बैंकले आफ्नो स्वामित्वमा रहेका गैर बैंकिङ््ग सम्पत्तिहरु घरजग्गा तथा सवारी साधन बिक्री गर्ने भएको हो । बैंकको नाममा काठमाडौं महानगरपालिका २८ कमलादी अर्थात् काठमाडौं प्लाज स्थित २ वटा कित्ता घरजग्गा बिक्री गर्ने जनाएको छ । बैंकले कित्ता नम्बर १५०६ र १०५९ को क्रमशः ६३.५८ र ५८६.२४ वर्गमीटर गरी कूल ६४९.८२ वर्गमीटर अर्थात् १–४–१–३ रोपनी क्षेत्रफल भएको घरजग्गा बिक्री गर्ने बताएको छ । बैंकले बिक्री गर्न लागेको सम्पत्ति जे जस्तो अवस्थामा छ सोही अवस्थामा बिक्री गरिने जनाएको छ । सो सम्पत्ति खरिद गर्न इच्छुक व्यक्ति, फर्म, कम्पनी र संस्थाले लिन चाहेको रकम उल्लेख गरी ७ दिनभित्र शीलबन्दी बोलपत्र पेश गर्न बैंकले आग्रह गरेको छ ।