ठुला मिटरब्याजी अनुपस्थीत भएपछि ललितपुरले प्रहरी कार्यालयलाई लेख्यो पत्र
काठमाडौं । २०८० साल असार १२ गते देउराली सहकारीका अध्यक्ष रविन्द्र चौलागाइले आफु र आफना संस्था डुबाउन भुमिका खेल्ने मिटरब्याजीहरु विरुद्ध जिल्ला प्रशासन कार्यालय ललितपुरमा मुद्धा दर्ता गरेका थिए । उक्त मुद्धा दर्ता भए लगत्तै छानविन सुरु भएको थियो । सोसँगै ३ जना मिटरब्याजीले चलन चल्तीको ब्याज भन्दा माथीको नगद र धितोमा राखेको घरजग्गा, गाडी फिर्ता गरेको पिडित चौलागाइले बताएका छन् । बाँकी रहेका १२ जना मिटरब्याजीहरु सम्पर्कमा नआएको उनले सुनाए । जिप्रका ललितपुरले सम्पर्कमा आउन भनेपनि नआएपछि जिल्ला प्रहरी कार्यालय ललितपुरमा उनीहरु सम्पर्कमा नआएको बारे प्रशासनले जानकारी पत्र पठाएको छ । सो पत्र पठाएको बारे मिटरब्याज पिडित रविन्द्र चौलागाइले बताएका छन् । चौलागाँइले मुद्धा हालेका मिटरब्याजीहरुमा सिताराम राउत, विवेक केसी, आशिष प्रधान, रवी मर्हजन, रुविन मर्हजन,सुमन मर्हजन, मोहन घिमिरे, सञ्जय अधिकारी, विशाल नारायण भारी, भावना भारी, कमला खत्री, मञ्जु भण्डारी, हितेश केसी, र अविनाश कार्की (जनप्रिय सहकारी अध्यक्ष ) लगायत रहेको जिल्ला प्रशासन कार्यालय ललितपुरको पत्रमा उल्लेख छ । उनीहरुले मिटरब्याजमा पैसा लगाएको पुष्टि भएपछि र सम्र्पकमा नआएपछि जिप्रकाले प्रहरी कार्यालयमा पत्र पठाएको बताइएको छ । मिटरब्याजीहरु सम्पर्कमा नआएपछि र बारम्बार फोन गर्दा समेत उपस्थीत नभएको कारण जिल्ला प्रशासनले उनीहरु विरुद्ध प्रहरी कार्यालयमा पत्र पठाएको चौलागाइले बताए । मिटरब्याज सम्बन्धी कानुन बनेपछि आफनो अतिरिक्क्त रकम खाएकाहरुबाट रकम फिर्ता हुने आशा पलाएको चौलागाइले बताएका छन् । सो रकम फिर्ता भएपछि सहकारीका साना बचतकर्ताहरुको बाँकी रहेको निक्षेप फिर्ता गर्ने योजना रहेको उनले सुनाए ।
नबिलले ल्यायो विशेष तीज अफर
काठमाडौं । नजिकिँदै गरेको नारीहरूको महान् चाड तीजलाई लक्षित गर्दै नबिल बैंकले आफ्ना महिला ग्राहकका लागि विशेष तीज अफर बजारमा ल्याएको छ । यस अफर अन्तर्गत नबिल बैंकको ‘नबिल प्रिमियम नारी बचत खाता’ खोले बापत महिला ग्राहकले पहिलो वर्ष डेबिट कार्ड, क्रेडिट कार्ड र मोबाइल बैंकिङ निःशुल्क प्रयोग गर्न सक्ने बैंकले जनाएकाे छ । साथै, यस अफर अन्तर्गत पहिलो वर्षको वार्षिक लकर शुल्क पनि निःशुल्क गरिएको छ । सीमित अवधिलाई ल्याइएको यस अफर अन्तर्गत, नारी ग्राहक वर्गले असोज १५ गते सम्ममा ‘नबिल प्रिमियम नारी बचत खाता’ खोली माथि उल्लेखित सुविधा प्रयोग गर्न सक्नेछन् । नबिल बैंक नेपालको निजी क्षेत्रको एक बैंक हो । नबिलले १८ लाख भन्दा बढी सेवाग्राहीहरूलाई देशभरिको २ सय ६५ शाखा र २ सय ९८ एटिएम मेसिनहरूबाट सेवा प्रदान गर्दै आएको छ । नबिल बैंकले नेपाली बैंकिङ क्षेत्रमा नवीनतम सेवाको सुरुवात गर्न अग्रणी भूमिका खेल्नुका साथै नेपालको बैंकिङ विकासको इतिहासमा उदाहरणीय काम गर्दै आएको छ ।
एनएमबि बैंकको डेबिट कार्डबाट कारोबार गर्दा १०० रुपैयाँ क्यास ब्याक
काठमाडौं । एनएमबि बैंकको डेबिट कार्डबाट कारोबार गर्दा १०० रुपैयाँ क्यास ब्याक हुने भएको छ । एनएमबि बैंकले डेबिट कार्डमा १०० रुपैयाँ क्यासब्याक अफर घोषणा गरेको छ । सो अफर अन्तर्गत बैंकका सबै नयाँ ग्राहकहरूका साथै हालसम्म डेबिट कार्ड प्रयोग नगरेका सबै ग्राहकहरूले एटीएम बाट पैसा निकाल्दा वा प्वाइन्ट अफ सेल टर्मिनल मार्फत कारोबार गर्दा १०० रुपैयाँ क्यासब्याक पाइने बैंकले जनाएको छ । यो अफर सिमित अवधिको लागि मात्र लागु हुनेछ । एनएमबि बैंकले हाल देशभरी २०१ शाखाहरु, १४४ एटिएमहरु र १२ एक्सटेन्सन काउन्टरहरु मार्फत उच्चस्तरीय सेवा प्रदान गदै आइरहेको छ ।