लक्ष्मी सन्‌राइज बैंकले ल्यायो ‘दशैँ आयो’ योजना

काठमाडौं । लक्ष्मी सन्‌राइज बैंकले ‘दशैँ आयो’ योजना ल्याएको छ । उत्साह र उमङ्ग सहित मनाइने महान चाड दशैँलाई लक्षित गरी विभिन्न अफरहरु सहित लक्ष्मी सन्‌राइज बैंकले ‘दशैँ आयो’ योजना ल्याएको छ । दशैँको उपलक्ष्यमा अझ उत्साह र रमाईलो थप्न यो योजना ल्याइएको हो । असोज १८ देखि कार्तिक ३० गतेसम्म लागू हुने यस योजना अन्तर्गत लक्ष्मी सन्‌राइज बैंकको मोबाइल मनि, डेबिट कार्ड तथा क्रेडिट कार्ड प्रयोगमा विभिन्न प्रकारका क्यासब्याक प्राप्त गर्न सकिनेछ। परम्परागत रूपमा दशैंमा गरिने गतिविधीहरुलाई थप उत्साह प्रदान गर्न जस्तै मिठो खान(पिन, भ्रमण, शपिङ्ग तथा रमाईलोलाई ध्यानमा राखी सो योजना ल्याइएको बैंकले जनाएको छ । पहिलो अफर ‘घुम्न जाउँला’ मा लक्ष्मी सन्‌राइज बैंकको मोबाइल मनि प्रयोग गरी बस र हवाई टिकट खरिद गर्दा क्रमशस् २५० र ५०० को क्यासब्याक पाउन सकिनेछ । यो अफर असोज १८ गते देखि कात्तिक ९ गते सम्म लागु हुनेछ भने क्यासब्याक प्राप्त गर्नका लागि मोबाइल मनि मार्फत टिकट काट्नुका साथै सो अवधि भित्र कुनै एक बिल भुक्तानी पनि गर्नु पर्नेछ। अर्को अफर ‘शपिङ्ग गरौँला’ मा भाटभटेनी सुपरमार्केटमा सामान खरिद गरी क्रेडिट कार्ड मार्फत भुक्तानी गर्दा १० प्रतिशत वा बढीमा १००० रुपैयाँसम्मको क्यासब्याक पाउन सकिनेछ। सो योजना असोज २७ गते देखि कात्तिक ३ गते सम्म लागू रहने बैंकले जनाएको छ । यसै गरी ‘खाउँला पिउँला’ योजनामा असोज् २८ गते देखि कात्तिक १२ गते सम्म फुडमान्डु एप बाट अर्डर गरी लक्ष्मी सन्‌राइज बैंकको डेबिटर क्रेडिट कार्ड वा मोबाइल मनिबाट अन्लाइन भुक्तानी गर्दा प्रति दिन प्रति व्यक्ति २० प्रतिशत वा बढीमा २०० रुपैयाँसम्म क्यासब्याक पाउन सकिनेछ । यसै अफर अन्तर्गत के एफ सीको तथा पिज्जा हटका कुनै पनि आउटलेटमा डेबिट कार्ड वा क्रेडिट कार्ड को ‘ट्याप एण्ड पे’ फिचर प्रयोग गरी भुक्तानी गर्दा प्रति दिन प्रति व्यक्ति २० प्रतिशत वा बढीमा ५०० रुपैयाँसम्म क्यासब्याक पाइने छ। त्यसै गरी, ‘रमाईलो गरौँला’ अफर अन्तर्गत क्युएफएक्स सिनेमा हलहरुमा टिकट खरिद गर्दा लक्ष्मी सन्‌राइज बैंकको डेबिट र क्रेडिट कार्ड वा मोबाइल मनि मार्फत भुक्तानी गर्दा २५ प्रतिशत वा बढीमा ५०० रुपैयाँसम्म एक पटक क्यासब्याक प्राप्त गर्न सकिनेछ। यो योजना कात्तिक महिनाभरी लागू हुनेछ। क्यासब्याक अफरहरु बाहेक असोज २५ गते देखि कात्तिक २५ गते सम्म विदेशबाट रेमिट्यान्स पठाउँदा ५०१ रुपैयाँ दक्षिणा प्राप्त गर्न सकिनेछ। यो योजना ‘मेरो भूमि’ रेमिट्यान्स खातावाला ग्राहकहरुका लागि ५० हजार रुपैयाँ भन्दा बढि रेमिट्यान्स पठाउँदा मात्र मान्य हुनेछ। सबै योजनाहरुमा क्यासब्याक अफर सकिएपछि प्रदान गरिनेछ । लक्ष्मी सन्‌राइज बैंकका सेवाग्राहीका लागि यो ‘दशैँ आयो’ योजना दशैँका विभिन्न खर्च तथा गतिविधिमा क्यासब्याकको लाभ लिई दशैँलाई अझ रमाइलो बनाउने सुनौलो अवसर हो । अफरहरु बारे विस्तृत जानकारीका लागि फेसबूक र इन्स्टाग्राम लागायतका सोसल मिडिया फलो गर्नुपर्नेछ ।

यी हुन् सानिमा बैंकका १४ ठूला सेयरधनी, कसको स्वामित्व कति ?

काठमाडौं । सानिमा बैंकमा १४ जना सेयरधनीको सबैभन्दा बढी सेयर स्वामित्व देखिएको छ । बैंकको वार्षिक प्रतिवेदनका अनुसार १४ जना सेयरधनीहरुको ४९.९३ प्रतिशत अर्थात् ६ करोड २२ लाख १३ हजार ४१७ कित्ता सेयर स्वामित्व रहेको छ । बैंकमा ०.५ प्रतिशतभन्दा बढी सेयर स्वामित्व रहेका १४ व्यक्ति तथा संस्थाहरुमध्ये सबैभन्दा धेरै सेयर अरुण कुमार ओझाको ७.९४ प्रतिशत अर्थात् ९८ लाख ९१ हजार ३२३ कित्ता रहेको छ । त्यस्तै, टेक राज निरौलाको ६.८१ प्रतिशत अर्थात् ८४ लाख ८३ हजार ५५० कित्ता, जिवनाथ लामिछानेको ५.५१ प्रतिशत अर्थात् ६८ लाख ६७ हजार २९४ कित्ता, सन नेपाल लाइफ इन्स्योरेन्स कम्पनीको ४.५० प्रतिशत अर्थात् ५६ लाख १० हजार कित्ता र विनय कुमार श्रेष्ठको ४.३८ प्रतिशत अर्थात् ५४ लाख ६० हजार ६०९ कित्ता सेयर स्वामित्व रहेको छ । त्यस्तै, कर्मचारी संचय कोषको ४.२८ प्रतिशत अर्थात् ५३ लाख ३३ हजार ९६० कित्ता, अमला इन्भेष्टमेन्ट प्रा.लि.को ३.९७ प्रतिशत अर्थात् ४९ लाख ४७ हजार ३२३ कित्ता, घनश्याम थापाको ३.७० प्रतिशत अर्थात् ४३ लाख ५७ हजार १७६ कित्ता, खेम राज लामिछानेको ३.५० प्रतिशत अर्थात् ४३ लाख ५६ हजार २६५ कित्ता र राम कृष्ण शाहको २.४९ प्रतिशत अर्थात् ३१ लाख ५ हजार ८२७ कित्ता सेयर स्वामित्व रहेको छ । त्यस्तै, जय गणेश इन्भेष्टमेन्ट प्रा.लि.को ०.९५ प्रतिशत अर्थात् ११ लाख ८७ हजार १७३ कित्ता, दिलीप श्रेष्ठको ०.७६ प्रतिशत अर्थात् ९ लाख ४५ हजार ६४५ कित्ता, शाम्बा लामाको ०.७१ प्रतिशत अर्थात् ८ लाख ८५ हजार ६३७ कित्ता र गीता श्रेत्रीको ०.६३ प्रतिशत अर्थात् ७ लाख ८१ हजार ६३५ कित्ता सेयर स्वामित्व रहेको छ । बैंकका अनुसार कूल सेयरको १७.९८ प्रतिशत सेयर स्वामित्व संस्थाहरुको रहेको छ । त्यस्तै, सर्वसाधारणको भने ८२.०२ प्रतिशत सेयर स्वामित्व सर्वसाधारणको रहेको बैंक्को तथ्याङ्क छ ।

शाइन रेसुङ्गा डेभलपमेन्ट बैंकको लाभांश घोषणा, बोनस र नगद लाभांश कति ?

काठमाडौं । शाइन रेसुङ्गा डेभलपमेन्ट बैंकले लाभांश घोषणा गरेको छ । बैंक सञ्चालक समितिको असोज २३ गते बसेको बैठकले गत वर्षको नाफाबाट ११.०५ को लाभांश घोषणा गर्ने निर्णय गरेको हो । बैंकले गत आर्थिक वर्ष २०७९/८० को नाफाबाट हाल कायम चुक्ता पुँजीको १०.५ प्रतिशत बोनस र कर प्रयोजनका लागि ०.५५ नगद गरी कूल ११.०५ प्रतिशत लाभांश वितरण गर्ने प्रस्ताव गरेको हो । बैंकले प्रस्ताव गरेको लाभांश नेपाल राष्ट्र बैंकको स्वीकृतिपश्चात् आगामी साधारणसभाले पारित गरेपछि सेयरधनीहरुले प्राप्त गर्ने छन् ।