कृषि विकास बैंकले घटायो ब्याजदर
काठमाडौं । कृषि विकास बैंकले माघ महिनाका लागि ब्याजदर घटाएको छ । बैंकले विभिन्न खातामा माघ १ गतेदेखि लागू हुने गरी ब्याजदर घटाएको हो । बैंकले माघ महिनाका लागि सार्वजनिक गरेको ब्याजदर अनुसार साधारण बचत खातामा न्यूनतम ४ प्रतिशतदेखि ५.७५० प्रतिशत ब्याजदर तोकेको छ । रेमिट्यान्स खातामा भने ६.७६० प्रतिशत ब्याजदर प्रदान गर्नेछ । यसअघि पुसमा बैंकले ४.५० प्रतिशतदेख ६.५० प्रतिशत र रेमिट्यान्समा ७.५० प्रतिशत ब्याजदर तोकेको थियो । बैंकले मुद्दति निक्षेपमा संस्थागततर्फ ५.२६० प्रतिशत र व्यक्तिगततर्फ ७.२६० प्रतिशत ब्याजदर निर्धारण गरेको हो । बैंकले रेमिट्यान्स मुद्दतीमा भने ८.२६० प्रतिशत ब्याजदर निर्धारण गरेको छ । यसअघि पुसमा बैंकले संस्थागततर्फ ७.०१२ प्रतिशत, व्यक्तिगततर्फ ९.०१२ प्रतिशत र रेमिट्यान्समा १०.०१२ प्रतिशत ब्याजदर तोकेको थियो । बैंकका अनुसार कर्जा प्रवाह गर्दा भने आधारदरमा अधिकतम ५ प्रतिशतसम्म प्रिमियम तोक्नेछ ।
प्रभु बैंकले निक्षेपतर्फको ब्याजदर एकल अंकमा झार्याे, अब कुन खातामा कति ?
काठमाडौं । प्रभु बैंकले माघ महिनाका लागि ब्याजदर घटाएको छ । बैंकले विभिन्न खातामा माघ १ गतेदेखि लागू हुने गरी ब्याजदर घटाएको हो । बैंकले माघ महिनाका लागि सार्वजनिक गरेको ब्याजदर अनुसार साधारण बचत खातामा न्यूनतम ४ प्रतिशतदेखि ६ प्रतिशत ब्याजदर तोकेको छ । रेमिट्यान्स खातामा भने ७ प्रतिशत ब्याजदर प्रदान गर्नेछ । बैंकले मुद्दति निक्षेपमा संस्थागततर्फ ६.०६५ प्रतिशत र व्यक्तिगततर्फ ८.०६५ प्रतिशत ब्याजदर निर्धारण गरेको हो । बैंकले रेमिट्यान्स मुद्दतीमा भने ९.०६५ प्रतिशत ब्याजदर निर्धारण गरेको छ । यसअघि पुसमा बैंकले संस्थागततर्फ ७ प्रतिशत, व्यक्तिगततर्फ ८ प्रतिशत र रेमिट्यान्समा १० प्रतिशत ब्याजदर तोकेको थियो । बैंकका अनुसार कर्जा प्रवाह गर्दा भने आधारदरमा अधिकतम ५ प्रतिशतसम्म प्रिमियम तोक्नेछ । साथै, फिक्स्ड दरमा कर्जा लिँदा भने बैंकले १४.५० प्रतिशत ब्याजदर तोकेको छ ।
डिप्रोक्स लघुवित्तको सीईओमा पुनः शेषरमण आचार्य नियुक्त
काठमाडौं । डिप्रोक्स लघुवित्त वित्तीय संस्थाको प्रमखु कार्यकारी अधिकृत (सीईओ)मा पुनः शेषरमण आचार्य नियुक्त भएका छन् । लघुवित्त सञ्चालक समितिले आचार्यलाई संस्थाको सीईओ पुनः नियुक्त गरेको हो । लघुवित्तले सीईओ आचार्यलाई आगामी ४ वर्षका लागि सीईओमा दोहोर्याएको हो । उनको पहिलो कार्यकाल माघ २० गते सकिदै छ । कार्यकाल सकिनु अघि नै उनलाई दोस्रो कार्यकालका लागि नियुक्त गरेको हो ।