नेपाल बैंकको साधारण सभा सम्पन्न
काठमाडौं । नेपाल बैंकको ६४ औँ वार्षिक साधारण सभा आइतबार सञ्चालक समितिका अध्यक्ष डा. चन्द्रबहादुर अधिकारीको सम्पन्न भएको छ । सभामा आर्थिक वर्ष २०७९/८० को सञ्चालक समितिको वार्षिक प्रतिवेदन, लेखा परीक्षकको प्रतिवेदन सहितको २०८० आषाढ मसान्तको वासलात, सोही मितिमा समाप्त आर्थिक वर्ष २०७९/८० को नाफा/नोक्सान हिसाब तथा नगद प्रवाह विवरण र सोही अवधिको वित्तीय विवरणसँग सम्बन्धित अनुसूचीहरू पारित गरिएको हो । त्यसैगरी, सभाले महालेखापरीक्षकको कार्यालयबाट पुस २९ गते प्राप्त परामर्श बमोजिम आर्थिक वर्ष २०८०/८१ को लेखा परीक्षण गर्न तीन जना चाटर्ड एकाउन्टेन्टहरू प्रदीप कुमार श्रेष्ठ, मधुवीर पाण्डे र सृष्टि कोइरालालाई लेखापरीक्षक नियुक्ति गर्ने प्रस्ताव सर्वसम्मत रूपमा पारित गरेको छ ।
जीवन विकास लघुवित्तको १४ प्रतिशत बोनस पारित
विराटनगर । जीवन विकास लघुवित्तको १४ प्रतिशत बोनस पारित गरेको छ । आइतबार सम्पन्न पाँचौँ साधारण सभाले १४ प्रतिशत बोनस पारित गरेको हो । सभाले बोनस सेयर प्रयोजनका लागि ०.७३६९ प्रतिशत नगद लाभांश पनि पारित गरेको छ । जीवन विकासको चुक्ता पुँजी एक अर्ब १८ करोड २० लाख ३४ हजार २०० रुपैयाँको १४ प्रतिशत अर्थात् १६ करोड ५४ लाख ८४ लाख सात सय बराबरको बोनस सेयर वितरण गर्ने छ । बोनस सेयर प्रयोजनका लागि ८७ लाख १० हजार ४९८ रुपैयाँ नगद लाभांश दिने छ । बोनस वितरण पछि संस्थाको चुक्ता पुँजी एक अर्ब ३४ करोड ७५ लाख १८ हजार ९०० रुपैयाँ पुग्ने छ ।
समृद्धि फाइनान्सद्वारा न्यानो कपडा वितरण
काठमाडौं । समृद्धि फाइनान्सले गैर शाखाबाट न्यानो कपडा वितरण कार्यक्रम अन्तर्गत शाखा कार्यालय आसपासको कविलासी नगरपालिका-१,२,७, हरिपुर नगरपालिका-३ र चन्द्रनगर गाउँपालिका-१ को पिपरिया, सर्सीया, गैर, लगुवा र फरहदवाका विपन्न वर्गलाई व्याङ्केट वितरण कार्यक्रम सम्पन्न गरेको छ । फाईनान्सले मासिक रुपमा सम्पन्न गर्ने संस्थागत सामाजिक उत्तरदायित्व अन्तर्गतको कार्यक्रमहरुको सूची मध्ये न्यानो कपडा वितरण कार्यक्रम अन्तर्गत २४ घरधुरीलाई व्याङ्केट वितरण कार्य सम्पन्न गरेको हो । संस्थाका शाखा प्रमुख रामहरि निरौलाको अध्यक्षता तथा कविलासी नगरपालिका मेयर ब्रम्हदेव रायको प्रमुख आतित्यथामा आयोजित कार्यक्रमा स्थानीय व्यापारि उपेन्द्र राय, पुरन महत्तो कोईरी, मनोज ठाकुरले आफ्नो मन्तव्य राख्दै यस्ता कार्यक्रमले स्थानीय न्यून आय भएका जनतालाई यस कठ्याग्रीयको जाडोमा ठूलो राहत पुगेकोले फाइनान्सलाई धन्यवाद दिँदै यस भेगमा फाइनान्स सवैका लागि एउटा आशा र भरोशाको रुपमा आएको विचार व्यक्त गरे । त्यसैगरि वडा अध्यक्ष रामपुकार मण्डलले यस फाइनान्सले दिने सम्पुर्ण सेवा सुविधा स्थानीय जनताले उपयोग गरी धेरै भन्दा धेरै वैकिङ्ग लाभ लिनसक्नु पर्ने बताए । नेपाल राष्ट्र बैंकबाट “ग” वर्गको इजाजतपत्र प्राप्त राष्ट्रिय स्तरको समृद्धि फाइनान्स कम्पनीले हाल १३ वटा शाखाहरु मार्फत कारोबार गर्दै आएको छ भने आर.टि.जि.एस, आइपीएस, कनेक्ट आइपीएस, रेमिटान्स, क्लियरिङ्ग लगायतका बैंकिङ्ग र मोवाइल बैंकिङ्ग, डेबीट कार्ड, क्यू.आर कोड जस्ता डिजिटल सुविधाहरु प्रदान गरिरहेको छ ।