रिलायबल नेपाल लाइफको नाफा ५ प्रतिशत बढ्यो, ईपीएस कति छ ?
काठमाडौं । रिलायबल नेपाल लाइफ इन्स्योरेन्सको चालु आर्थिक वर्ष २०८०÷८१को दोस्रो त्रैमासमा खुद नाफा ५ प्र्रतिशत बढेर २३ करोड ९ लाख रुपैयाँ आर्जन गरेको छ । गत वर्षको सोही अवधिमा कम्पनीले २२ करोड ४५ हजार रुपैयाँ खुद नाफा गरेको थियो । पुस मसान्तसम्म कम्पनीको खुद बीमा शुल्क आर्जन २ प्रतिशत बढेर १ अर्ब ७५ करोड २६ लाख रुपैयाँ गरेको छ । गत वर्षको सोही अवधिमा कम्पनीले १ अर्ब ७२ करोड रुपैयाँ बीमा शुल्क आर्जन गरेको थियो । ६ महिनाको अवधिमा कम्पनीको खुद दाबी भुक्तानी १ अर्ब ६३ करोड ७० लाख रुपैयाँ गरेको छ । गत वर्षको सोही अवधिमा कम्पनीले १ अर्ब ३४ करोड ४३ लाख रुपैयाँ दाबी भुक्तानी गरेको थियो । समीक्षा अवधिमा कम्पनीको चुक्ता पुँजी ४२.८६ प्रतिशत बढेर ४ अर्ब रुपैयाँ, रिटन्ड अर्निङ ३२.१७ प्रतिशत बढेर १ अर्ब २३ करोड ८५ लाख रुपैयाँ, सेयर प्रिमियम १ अर्ब ७५ करोड ३ लाख रुपैयाँ, अन्य इक्विटी १७ प्रतिशत बढेर ५ करोड ५६ लाख रुपैयाँ रहेको छ । यस्तै, लघुवित्तको जीवन बीमा कोष ३१.४७ प्रतिशत बढेर ८ अर्ब ५३ करोड ७९ लाख रुपैयाँ, महाविपत्ति कोष १० करोड ९५ लाख रुपैयाँ रहेको छ । यस अवधिसम्म कम्पनीले ३२ लाख ९९ हजार ६३२ बीमा लेख जारी गरेको छ । कम्पनीको प्रतिसेयर आम्दानी ११.५५ रुपैयाँ छ । यस्तै, प्रतिसेयर नेटवर्थ १७९.७१ रुपैयाँ छ भने मूल्य आम्दानी अनुपात ४९.०१ गुणा छ ।
मिथिला लघुवित्तको नाफा १ करोड ३३ लाख, ईपीएस १३.६० रुपैयाँ
काठमाडौं । मिथिला लघुवित्त वित्तीय संस्थाको चालु आर्थिक वर्ष २०८०/८१को दोस्रो त्रैमासमा खुद नाफा १ करोड ३३ लाख रुपैयाँ गरेको छ । गत वर्षको सोही अवधिमा लघुवित्तले २ करोड १७ लाख रुपैयाँ नाफा गरेको थियो । यस अवधिमा लघुवित्तको खराब कर्जा ४.४७ प्रतिशत पुगेको छ । गत वर्षको सोही अवधिमा ३.२९ प्रतिशत थियो । पुस मसान्तसम्म लघुवित्तको खुद ब्याज आम्दानी ५ करोड ५७ लाख रुपैयाँ गरेको छ । गत वर्षको सोही अवधिमा लघुवित्तले ५ करोड ५२ लाख रुपैयाँ ब्याज आम्दानी गरेको थियो । यस अवधिमा लघुवित्तको कुल सञ्चालन आम्दानी ७ करोड ७ लाख रुपैयाँ, सञ्चालन नाफा १ करोड १२ लाख रुपैयाँ रहेको छ । समीक्षा अवधिमा लघुवित्तको चुक्ता पुँजी १९ करोड ६० लाख रुपैयाँ, जगेडा कोष १३ करोड १७ लाख रुपैयाँ, निक्षेप ९४ करोड ७४ लाख रुपैयाँ तथा सापटि १ अर्ब ३३ करोड रुपैयाँ र कर्जा प्रवाह २ अर्ब ४९ करोड रुपैयाँ गरेको छ । लघुवित्तको प्रतिसेयर आम्दानी (ईपीएस) १३.६० रुपैयाँ, नेटवर्थ प्रतिसेयर १६७.२२ रुपैयाँ र मूल्य आम्दानी अनुपात ५८.७७ गुणा छ ।
खराब कर्जा ११.३६ % पुगेपछि स्वाबलम्बन लघुवित्तको नाफा ८२.६९ प्रतिशत घट्यो
काठमाडौं । स्वाबलम्बन लघुवित्त वित्तीय संस्थाको चालु आर्थिक वर्ष २०८०÷८१को दोस्रो त्रैमासमा खुद नाफा ८२.६९ प्रतिशत घटेर ४ करोड १५ लाख रुपैयाँ आर्जन गरेको छ । गत वर्षको सोही अवधिमा लघुवित्तले २४ करोड १ लाख रुपैयाँ खुद नाफा गरेको थियो । लघुवित्तको खराब कर्जा बढेका कारण नाफामा असर परेको हो । गत वर्ष ७.१ प्रतिशत खराब कर्जा रहेकोमा ४.२६ प्रतिशत बढेर ११.३६ प्रतिशत पुगेको छ । पुस मसान्तसम्म लघुवित्तको खुद ब्याज आम्दानी ६.२३ प्रतिशत घटेर ६६ करोड ६६ लाख रुपैयाँ गरेको छ । गत वर्षको सोही अवधिमा लघुवित्तले ७१ करोड ८ लाख रुपैयाँ ब्याज आम्दानी गरेको थियो । यस अवधिमा लघुवित्तको कुल सञ्चालन आम्दानी ६.६३ प्रतिशत घटेर ८५ करोड ७१ लाख रुपैयाँ, सञ्चालन नाफा ८२.७० प्रतिशत घटेर ५ करोड ९३ लाख रुपैयाँ र वितरण योग्य नाफा ७ करोड ६१ लख रुपैयाँ रहेको छ । समीक्षा अवधिमा लघुवित्तको चुक्ता पुँजी १२.३६ प्रतिशत बढेर १ अर्ब ४५ करोड रुपैयाँ, जगेडा कोष १७ प्रतिशत घटेर १ अर्ब ६३ करोड रुपैयाँ, निक्षेप तथा सापटि ४.२७ प्रतिशत बढेर १३ अर्ब ३५ करोड २६ लाख रुपैयाँ र कर्जा प्रवाह १ प्रतिशत बढेर १८ अर्ब ३५ करोड ७५ लाख रुपैयाँ पुगेको छ ।