स्वावलम्बन लघुवित्तले एसईईमा उत्कृष्ट अंक ल्याउनेलाई दियो १० हजार
काठमाडौं । स्वावलम्बन लघुवित्त वित्तीय संस्थाको वित्तिय साक्षरता तथा केन्द्र प्रमुख अन्तर्क्रिया कार्यक्रम सम्पन्न भएको छ । लघुवित्तको शाखा कार्यालय लेले, ललितपुरको आयोजनामा वित्तीय साक्षरता तथा केन्द्र प्रमुख अन्तर्क्रिया कार्यक्रम शुक्रबार सम्पन्न भएकाे हाे । कार्यक्रममा आथिक बर्ष २०७९/८० मा शाखा अन्तर्गत रहेका केन्द्रमध्ये उत्कृष्ट ३ वटा केन्द्रलाई नगदसहित पुरस्कार वितरण गरिएको थियो । त्यस्तै, शाखा कार्यालय अन्तर्गत शैक्षिक सत्र २०७९ मा एसईई परिक्षामा ग्राहक सदस्यका छोराछोरी मध्येबाट उत्कृष्ट अंक प्राप्त गर्न सफल केन्द्र न ७५ समूह नं. ४ मा आबद्ध सदस्य साइलीमाया लामाकी छोरी लक्ष्मी लामालाई १० हजार रुपैयाँ नगद पुरस्कार वितरण गरिएको थियो । केन्द्र नं. ६३ का प्रमुख पुना देवी राईको अध्यक्षता तथा प्रहरी कार्यालय लेले, ललितपुरका प्रहरी सहायक निरीक्षक भिम बहादुर कोइरालाको प्रमुख आतिथ्यमा सञ्चालित कार्यक्रमका विशिष्ठ अतिथिको रूपमा वित्तीय संस्थाको केन्द्रीय कार्यालयका नायब विभागीय प्रबन्धक मोहित नारायण यादवको उपस्थिति थियो । कार्यक्रममा प्रमुख अथिति प्रहरी सहायक निरीक्षक कोइरालाले लघुवित्तले लिएको महान लक्ष्य गरिवी निवारण रहेकोले यसमा प्रहरीको साथ रहेको बताए । विशिष्ठ अतिथि मोहित नारायण यादवले हाल देशमा वित्तीय संस्थाका बारेमा भइरहेका नराम्रा कुराबाट सर्तक रहन सदस्यलाई आग्रह गरे । त्यस्तै इलाका कार्यालय ठिमी, भक्तपुर क्लस्टरका रेखा कुमारी खैरगोलीले लघुवित्तबाट प्रदान भैरहेको सेवा सुविधाको प्रयोग गरी आय आर्जनमा वृद्धि गर्न सल्लाह दिए । कार्यक्रममा करीब ७० जना ग्राहक सदस्य तथा अभिभावकको सहभागीता थियो ।
गुहेश्वरी मर्चेण्टको वित्तीय साक्षरता कार्यक्रम सम्पन्न
काठमाडौं । गुहेश्वरी मर्चेण्ट बैंकिङ एण्ड फाइनान्सको वित्तीय साक्षरता कार्यक्रम सम्पन्न भएको छ । फाइनान्सले ललितपुर महानगरपालिका वडा नं. १३ मा अवस्थित सामुदायिक विद्यालय श्री महेन्द्र भृकुटी माध्यमिक विद्यालयमा वित्तीय साक्षरता कार्यक्रम सम्पन्न गरेको हो । सो कार्यक्रमा विद्यालयका प्रधानाध्यापक पुष्प राज जोशी, गुहेश्वरी मर्चेण्ट बैंकिङ एण्ड फाइनान्सका सहायक महाप्रबन्धक श्रीमती अर्चना प्रधान, अनुपलना अधिकृतको उपस्थितिका साथै संस्थाका अन्य कर्मचारीहरु तथा सो विद्यालयको शिक्षक शिक्षिकाहरु र विद्यार्थीहरुको समुपस्थिति रहेको थियो । वित्तीय साक्षरता कार्यक्रम मार्फत लक्षित वर्गको वित्तीय चेतना, ज्ञान र सीपको अभिवृद्धि गर्नेे तथा आधुनिक वित्तीय प्रविधिको प्रयोगलाई सरल, सहज र प्रभावकारी बनाउने अपेक्षा गरिएको छ । यस संस्थाले मुलुकभर २३ वटा शाखा कार्यालयहरु, ४ वटा विस्तारित काउण्टरहरुबाट सेवा प्रदान गर्दै आईरहेको छ । संस्थाले ग्राहकहरुको आवश्यकतालाई मध्यनजर गरी ए.टि.एम सेवा, मोबाइल बैंकिङ सेवाहरु जस्ता बैंकिङ सेवाहरु समेत प्रदान गर्दै आईरहेको छ ।
सानिमा रिलायन्स लाइफको कर्मचारी क्षमता अभिवृद्धि कार्यक्रम सम्पन्न
काठमाडौं । सानिमा रिलायन्स लाइफ इन्स्योरेन्सको कर्मचारी क्षमता अभिवृद्धि कार्यक्रम सम्पन्न भएको छ । इन्स्योरेन्सको प्रदेश २ अन्तर्गतका सम्पूर्ण कर्मचारीहरूलाई बर्दिबासमा शनिबार कर्मचारी क्षमता अभिवृद्धि कार्यक्रम सम्पन्न गरेको छ । कम्पनीका प्रमुख कार्यकारी अधिकृत शिवनाथ पान्डेको उपस्थितिमा संचालित उक्त कार्यक्रममा ५५ जना भन्दा बढी कर्मचारीहरूको उपस्थिति रहेको थियो । उक्त कार्यक्रममा बोल्दै कम्पनीका प्रमुख कार्यकारी अधिकृत पान्डेले कर्मचारीहरू कम्पनीको मेरुदण्ड भएको र यस प्रकारको तालिमले उनीहरूको कार्य सम्पादन क्षमता अभिवृद्धि हुन गई ग्राहक सेवा सुदृडिकरण तथा संस्था सशक्तिकरणमा सहयोग पुग्ने बताए । वर्तमान सन्दर्भमा कम्पनीहरूको सञ्चालन जोखिम बढ्दै गएको भन्दै पान्डेले यस्तो कार्यक्रमले त्यस खालका जोखिम घटाउन मद्दत पुग्ने कुरा बताए । साथै यस किसिमको कार्यक्रम देशै भर गरिने योजना रहेको समेत उनले बताए । कार्यक्रममा अन्डरराइटिङ , ग्राहक सेवा, सम्पत्ति शुद्धीकरण तथा आतङ्कवादी क्रियाकलापमा वित्तीय लगानी निवारण, अनुपालन, अभिकर्ता सेवा ,दाबी लगायत विषयमा प्रमुख सञ्चालन अधिकृत ज्ञान बहादुर रायमाझीले तालिम प्रदान गरे भने चिफ बिजनेस अफिसर गुणराज श्रेष्ठले अनुपालनलाई मध्यनजर गर्दै नया व्यवसाय बिस्तारमा जोड दिनु पर्ने कुरा बताए ।