सिटिजन्स बैंक र बुद्ध एयरबीच समझदारी, १२ प्रतिशत छुट

काठमाडौं । सिटिजन्स बैंक इन्टरनेसनल लिमिटेड र बुद्ध एयरबीच सिटिजन्स बैंकका ग्राहकहरूलाई छुट दिने समझदारीपत्रमा हस्ताक्षर भएको छ । सो समझदारीपत्र अनुसार सिटिजन्स बैंकका कार्डबाहक र मोबाइल बैंकिङ ग्राहकहरूले बुद्ध एयरमा १२ प्रतिशतसम्मको आकर्षक छुट पाउनेछन् । सो छुट बुद्ध एयरको सबै कार्यालयको काउन्टरबाट मात्र प्राप्त हुने बैंकले जनाएको छ । यस किसिमको सहकार्यबाट बैंकका ग्राहकहरु लाभान्वित हुनुका साथै नगद कारोबारबाट डिजिटल कारोबार तर्फ उत्प्रेरित हुने विश्वास बैंकले लिएको छ ।

कनेक्ट आइपीएसले रिटेल पेमेन्ट स्वीचबाट एक वर्षमा गर्यो ५७ खर्बको कारोबार

काठमाडौ । कनेक्ट आइपीएसले रिटेल पेमेन्ट स्वीचबाट एक वर्षमा ५७ खर्ब रुपैयाँको कारोबार गरेको छ । गत आर्थिक वर्ष २०८०/८१ मा राष्ट्रिय भुक्तानी स्वीच अन्तर्गतको रिटेल पेमेन्ट स्वीचमार्फत ५७ खर्ब रुपैयाँको कारोबार भएको हाे । अघिल्लो आवको तुलनामा गत आवमा कारोबार संख्या र रकमको आधारमा रिटेल पेमेन्ट स्वीचको कारोबारमा क्रमशः४९ प्रतिशत र ३८ प्रतिशतले बृद्धि भएको पनि एनसीएचएलले जनाएको छ । हाल सबै कारोबारहरु विद्युतीय माध्यमबाट हुने र धेरै जसो सानो रकमका कारोबारहरु रियल टाइममा नै हुने भएकोले सबै जसो कारोबार रिटेल पेमेन्ट स्वीचमार्फत सिधै अथवा राउटिङ र राफसाफको लागि प्रयोग हुने क्रम अत्यधिक बृद्धि हुँदै गएको हो । यस अन्तर्गत बैंक तथा वित्तीय संस्थाका मोबाइल बैंकिङ, भुक्तानी सेवाप्रदायकहरुकावालेट, क्यापिटल मार्केट, इन्स्युरेन्स, रेमिट्यान्स, कर्मचारीसञ्चय कोष, नागरिक लगानी कोष, सामाजिक सुरक्षा कोष, ठूला कर्पोरेटहरु तथा नेपाल सरकार समेतको सबै जस्तो कारोबारहरु प्रोसेस तथा क्लियरिङ रिटेल पेमेन्ट स्वीचबाट हुने व्यवस्था रहेको छ । उक्त निकायहरुलाई रिटेल पेमेन्ट स्वीचमा नेशनल पेमेन्ट इन्टरफेसमार्फत इन्टिग्रेट गरिएको छ । फण्ड ट्रान्स्फर, कुनै पनि प्रकारको बिल पेमेन्ट, क्यूआर भुक्तानी, नेपाल सरकारको विभिन्न कारोबारहरु जुनै च्यानलबाट गरिए पनि अन्तिममा रिटेल पेमेन्ट स्वीचबाट प्रोसेस हुने गरेको छ । एनसीएचएलका सञ्चालनमा रहेका च्यानल प्ल्याट्फर्म जस्तै बैंक तथा वित्तीय संस्थाका व्यक्तिगत ग्राहकले प्रयोग गर्ने कनेक्ट आइपिएस, संस्थागत ग्राहकले प्रयोग गर्ने कर्पोरेट पे अथवा बैंकको शाखाबाट बैंक सेन्ट्रल मोड्युलबाट गरिने रियल टाइम कारोबारहरु समेत रिटेल पेमेन्ट स्वीचबाट नै प्रोसेसिङ हुने गरेको छ । नेपाल राष्ट्र बैंकले नेशनल पेमेन्ट स्वीच लागू गर्न एनसीएचएललाई स्वीकृती दिए पश्चात उक्त परियोजनाको पहिलो पुर्वाधारको रूपमा एनसीएचएलले रिटेल पेमेन्ट स्वीच नेपालमा नै निर्माण गरी २०७८/७९ देखि सञ्चलान गर्दै आएको हो । रिटेल पेमेन्ट स्वीचमा हाल ५२ बैंक तथा वित्तीय संस्थाहरु, २२ भुक्तानी सेवाप्रदायकहरु, २ भुक्तानी प्रणाली सञ्चालकहरु, १०० भन्दा बढि अन्य संस्थाहरु र नेपाल सरकार लगायतले आफ्ना सम्पूर्ण कारोबार गर्ने गरी जोडिएका छन् । नेपाल भित्र हुने कार्डको कारोबारलाई समेत अन्तरआबद्धता कायम गर्न र नेपालको आफ्नै नेशनल कार्ड सञ्चालनमा ल्याउने तयारी पनि भइरहेको कम्पनीले जनाएको छ । गत आर्थिक वर्षमा राष्ट्रिय भुक्तानी स्वीच अन्तर्गतको रिटेल पेमेन्ट स्वीचमार्फत ५७ खर्ब रुपैयाँको कारोबार भएको छ । अघिल्लो आवको तुलनामा गत आवमा कारोबार संख्या र रकमको आधारमा रिटेल पेमेन्ट स्वीचको कारोबारमा क्रमशः४९ प्रतिशत र ३८ प्रतिशतले बृद्धि भएको पनि एनसीएचएलले जनाएको छ । हाल सबै कारोबारहरु विद्युतीय माध्यमबाट हुने र धेरै जसो सानो रकमका कारोबारहरु रियल टाइममा नै हुने भएकोले सबै जसो कारोबार रिटेल पेमेन्ट स्वीचमार्फत सिधै अथवा राउटिङ र राफसाफको लागि प्रयोग हुने क्रम अत्यधिक बृद्धि हुँदै गएको हो । यस अन्तर्गत बैंक तथा वित्तीय संस्थाका मोबाइल बैंकिङ, भुक्तानी सेवाप्रदायकहरुकावालेट, क्यापिटल मार्केट, इन्स्युरेन्स, रेमिट्यान्स, कर्मचारीसञ्चय कोष, नागरिक लगानी कोष, सामाजिक सुरक्षा कोष, ठूला कर्पोरेटहरु तथा नेपाल सरकार समेतको सबै जस्तो कारोबारहरु प्रोसेस तथा क्लियरिङ रिटेल पेमेन्ट स्वीचबाट हुने व्यवस्था रहेको छ । उक्त निकायहरुलाई रिटेल पेमेन्ट स्वीचमा नेशनल पेमेन्ट इन्टरफेसमार्फत इन्टिग्रेट गरिएको छ । फण्ड ट्रान्स्फर, कुनै पनि प्रकारको बिल पेमेन्ट, क्यूआर भुक्तानी, नेपाल सरकारको विभिन्न कारोबारहरु जुनै च्यानलबाट गरिए पनि अन्तिममा रिटेल पेमेन्ट स्वीचबाट प्रोसेस हुने गरेको छ । एनसीएचएलका सञ्चालनमा रहेका च्यानल प्ल्याट्फर्म जस्तै बैंक तथा वित्तीय संस्थाका व्यक्तिगत ग्राहकले प्रयोग गर्ने कनेक्ट आइपिएस, संस्थागत ग्राहकले प्रयोग गर्ने कर्पोरेट पे अथवा बैंकको शाखाबाट बैंक सेन्ट्रल मोड्युलबाट गरिने रियल टाइम कारोबारहरु समेत रिटेल पेमेन्ट स्वीचबाट नै प्रोसेसिङ्ग हुने गरेको छ । नेपाल राष्ट्र बैंकले नेशनल पेमेन्ट स्वीच लागू गर्न एनसीएचएललाई स्वीकृती दिए पश्चात उक्त परियोजनाको पहिलो पुर्वाधारको रूपमा एनसीएचएलले रिटेल पेमेन्ट स्वीच नेपालमा नै निर्माण गरी २०७८र७९ देखि सञ्चलान गर्दै आएको हो । रिटेल पेमेन्ट स्वीचमा हाल ५२ बैंक तथा वित्तीय संस्थाहरु, २२ भुक्तानी सेवाप्रदायकहरु, २ भुक्तानी प्रणाली सञ्चालकहरु, १०० भन्दा बढि अन्य संस्थाहरु र नेपाल सरकार लगायतले आफ्ना सम्पूर्ण कारोबार गर्ने गरी जोडिएका छन् । नेपाल भित्र हुने कार्डको कारोबारलाई समेत अन्तरआबद्धता कायम गर्न र नेपालको आफ्नै नेशनल कार्ड सञ्चालनमा ल्याउने तयारी पनि भइरहेको कम्पनीले जनाएको छ ।

ग्लोबल आइएमई बैंकले ५ अर्बको ऋणपत्र निष्कासन गर्ने, बिक्री प्रबन्धकमा लक्ष्मी सनराइज

काठमाडौं । ग्लोबल आइएमई बैंकको पाँच अर्ब रुपैयाँ बराबरको ऋणपत्र निष्कासन तथा बिक्री प्रबन्ध गर्न लक्ष्मी सनराइज क्यापिटलललाई नियुक्त गरेको छ । बैंकले ‘८ प्रतिशत ग्लोबल आइएमई बैंक ऋणपत्र २०९१/९२’ जारी गर्न लागेको हो । बैंकको प्रति कित्ता एक हजार रुपैयाँका दरले ५० लाख युनिट ऋणपत्र बिक्री गर्ने जनाएको छ । जसमध्ये ४० प्रतिशत अर्थात दुई अर्ब बराबरको २० लाख युनिट सर्वसाधारणलाई र बाँकी ६० प्रतिशत तीन अर्ब बराबरको ३० लाख युनिट व्यक्तिगत तबरबाट बिक्री गरिने बैंकले जनाएको छ । १० वर्ष अवधिको उक्त ऋणपत्रमा वार्षिक ८ प्रतिशत दरले ब्याज भुक्तानी अर्धवार्षिक रुपले ६/६ महिनाको अवधिमा हुनेछ । उक्त सम्झौतामा ग्लोबल आइएमई बैंकको तर्फबाट प्रमुख कार्यकारी अधिकृत रत्न राज बज्राचार्य र लक्ष्मी सनराइज क्यापिटलको तर्फबाट प्रमुख कार्यकारी अधिकृत विजय लाल श्रेष्ठले हस्ताक्षर गरेको कुरा विज्ञप्तीमा जनाइएको छ ।