महेन्द्रनगरमा साढे २ अर्ब राजस्व संकलन, बक्यौता नतिर्नेको बैंक खाता रोक्का
काठमाडौं । आन्तरिक राजस्व कार्यालय महेन्द्रनगरको राजस्व सङ्कलन वृद्धि भएको छ । कार्यालयका प्रमुख कर अधिकृत डमरु प्रसाद पराजुलीका अनुसार कार्यालयले आर्थिक वर्ष २०८१/८२ मा २ अर्ब ४१ करोड ७९ लाख ५८ हजार रुपैयाँ राजस्व सङ्कलन गरेको छ । अघिल्लो आवमा कार्यालयले २ अर्ब ३९ करोड ४ लाख २२ हजार रुपैयाँ राजस्व सङ्कलन गरेको थियो । यसपटक आयकरमा १३ प्रतिशतले राजस्व सङ्कलनमा वृद्धि भएको छ । प्रमुख कर अधिकृत पराजुलीका अनुसार आव २०८१/८२ मा ८५ करोड ८ लाख ६५ हजार रुपैयाँ आयकर सङ्कलन भएको छ । अघिल्लो आवमा ७५ करोड १ लाख ७२ हजार रुपैयाँ आयकर सङ्कलन भएको थियो । त्यसैगरी, ब्याज करमा पनि २२ प्रतिशतले वृद्धि भएको छ । कार्यालयले आव २०८१/८२ मा २ करोड ८९ लाख ५४ हजार रुपैयाँ राजस्व सङ्कलन गरेको छ । अघिल्लो आवमा २ करोड ५२ लाख ५० हजार रुपैयाँ सङ्कलन गरेको थियो । घरबहाल कर १२.५ प्रतिशतले वृद्धि भएको छ । कार्यालयले आव २०८१/८२ मा १ करोड ३७ लाख ८० हजार रुपैयाँ घरबहाल कर सङ्कलन गरेको छ । अघिल्लो आवमा १ करोड २२ लाख ७७ हजार रुपैयाँ घरबहाल कर सङ्कलन गरेकामा कार्यालयले भ्याटमा ६० करोड ८८ लाख ६१ हजार रुपैयाँ र अन्तःशुल्कमा ९० करोड ९१ लख ७१ हजार रुपैयाँ राजस्व सङ्कलन गरेको छ । ‘यो आवमा आयकर बढेको छ, भ्याटमा कम छ,’ प्रमुख कर अधिकृत पराजुलीले भने, ‘अन्तःशुल्क कर बराबरी छ समग्रमा गत आवको तुलनामा राजस्व सङ्कलनमा वृद्धि भएको छ ।’ कार्यालयको १३ करोड रुपैयाँ राजस्व बक्यौता रहेको छ । ‘भ्याटमा ९ करोड रुपैयाँ र आयकरमा ४ रुपैयाँ र करोड बक्यौता बाँकी छ,’ उनले भने, ‘बक्यौता रकमका लागि करदातालाई पसलमै गएर, फोनबाट जानकारी गराउने गरेका छौँ ।’ बक्यौता रकम नतिर्ने करदातालाई पटकपटक बक्यौता तिर्न प्रेरित गर्ने र नतिर्ने करदाताको पत्र पत्रिकामा सूचना निकाल्ने गरेको प्रमुख कर अधिकृत पराजुलीले बताए । पटकपटक ताकेता गर्दा पनि अटेरी गर्ने करदातालाई पत्र पत्रिकामा सूचना निकाल्ने र समयमै बक्यौता नतिर्नेको बैंक खाता रोक्का समेत हुन सक्ने उनको भनाइ छ ।
राष्ट्रिय वाणिज्य बैंकका नवनियुक्त अध्यक्ष देवकुमार ढकालले गरे पदभार ग्रहण
काठमाडौं । राष्ट्रिय वाणिज्य बैंक लिमिटेडको सञ्चालक समितिको नवनियुक्त अध्यक्ष देवकुमार ढकालले पदभार ग्रहण गरेका छन् । साउन २ गते शुक्रबार बसेको सञ्चालक समितिको बैठकले सर्वसम्मत ढकाललाई अध्यक्ष चयन गरेसँगै उनले पदभार ग्रहण गरेका हुन् । ढकालसँग नेपाल राष्ट्र राष्ट्रिय वाणिज्य बैंकका नवनियुक्त अध्यक्ष देव कुमार ढकालले गरे पदभार ग्रहण मा ३० वर्षभन्दा बढी समय विभिन्न जिम्मेवारीमा रहेर सेवा गरेको अनुभव छ । पछिल्लो समय राष्ट्र बैंकको कार्यकारी निर्देशकको जिम्मेवारीमा रहेर कार्य गरेका ढकाल वित्तीय प्रणाली, बैंकिंग प्रशासन तथा नियमन प्रणाली विषयको जानकार छन् । नवनियुक्त ढकाललाई बैंक सञ्चालक समिति सदस्यहरू महेश भट्टराई, लक्ष्मण घिमिरे, प्रा.डा. रामप्रसाद ज्ञवाली, रोमिला ढकाल उप्रेती, डा. सूर्य बहादुर राना, प्रमुख कार्यकारी अधिकृत देवेन्द्र रमण खनाल, बैंकका व्यवस्थापन समितिका पदाधिकारीहरु, कम्पनी सचिव प्रमोद अधिकारी एवम् प्रमुख कार्यकारी अधिकृतको कार्यालयका सम्पूर्ण कर्मचारीहरुले स्वागत गरेका थिए ।