नविल बैंकको खातामा २५ हजार हुनेले ३ लाखको बीमा सुबिधा पाउने, ३ लाख खाता धनी लाभाम्वित
काठमाडौं । के नविल बैंकको आफ्नो खातामा २५ हजार रुपैंयाँ नगद छ ? त्यसो भए पाउनुस ३ लाख रुपैंयाँसम्मको घातक रोग बीमा र ७५ हजार रुपैंयाँको मृत्यु लाभ बीमा । नविल बैंकले आफ्नो खातामा २५ हजार रुपैंयाँ भन्दा बढी नगद मौज्दात राख्ने ग्राहकहरुलाई १३ वटा घातक रोगहरुको उपचारका लागि ३ लाख रुपैंयाँसम्म उपचार खर्च दिनेछ । त्यस्ता खाता वालहरुको मृत्यु भएमा आश्रित परिवारले अतिरिक्त ७५ हजार रुपैंयाँ मृत्यु लाभ बीमा पनि पाउनेछन् । नविल बैंकले मेट लाईफसँगको सहकार्यमा यस्तो योजना ल्याएको हो जसबाट अहिले नै नविल बैंकको खातामा २५ हजार भन्दा बढि नगद मौज्दात भएका ३ लाख ग्राहक लाभाम्वित भएका छन् । नविल बैंकका प्रमुख कार्यकारी अधिकृत अनिल शाहले १६ बर्षदेखि ६४ बर्षसम्मका नेपाली नागरिकहरुले यस्तो सुबिधा पाउने जानकारी दिए । रोग लागेको प्रमाण खुल्ने कागजात बुझाएको ३० दिनभित्र ३ लाख रुपैंयाँ भुक्तानी दिने मेट लाइफका महाप्रबन्धक निर्मलकाजी श्रेष्ठले बताए । उपचार गरेको बिल भौचर बुझाएपछि मात्रै दावी भुक्तानी पाइने समस्या यो बीमा पोलिसीमा नरहेको स्पष्ट पारे । नविल र मेट लाइफको सहकार्यबाट आएको यस्तो योजना मंसिर ८ गतेबाट नै लागु भैसकेको छ । बैंकले १३ वटा रोगहरु क्यान्सर, हृदयघात, कलेजो खराबी, फोक्सो खराबी, मृगौला खराबी, स्ट्रोक, कोभा, मुटु भल्भ सर्जरी, हेपटाईटिस, एप्लास्टिक,एनिमिया, गंभीर कोलोनरी धमनी, प्राथमिक पल्मोनरी उच्च रक्तचाप, प्रमुख अंग बोन /म्यारो प्रत्यारोपणका लागि ३ लाख उपचार खर्च दिने योजना ल्याएको हो ।
धादिङ्ग जिल्लाबाट सबैभन्दा बढी कर तिर्नेमा वोमी माइक्रोफाइनान्स
काठमाडौं । वोमी माइक्रोफाइनान्स वित्तीय संस्था धादिङ्ग जिल्लाबाट सबैभन्दा बढी कर तिर्ने संस्थाको रुपमा सम्मानित भएको छ । हालै धादिङ्ग उद्योग वाणिज्य संघ र नेपाल सरकार, आन्तरिक राजश्व विभागको आयोजनामा धादिङ्ग उद्योग वाणिज्य संघ, धादिङ्ग बेशीमा आयोजित साताैँ राष्ट्रिय कर दिवसको कर दाता शिक्षा कार्यक्रम तथा कर सप्ताह समारोहमा यस वित्तीय संस्थालाई सबैभन्दा बढी कर दाखिला गरेकोमा उत्कृष्ट करदाता सम्मान प्रदान गरिएको हो । आन्तरिक राजस्व कार्यालयका प्रमुख कर अधिकृतले संस्थाका प्रमुख कार्यकारी अधिकृत प्रमेश आचार्यलाई उक्त सम्मानपत्र प्रदान गरेका हुन् । उक्त सम्मान पत्र आर्थिक वर्ष २०७३/७४ को लागि कदर स्वरुप प्रदान गरिएको व्यहोरा सम्मान पत्रमा उल्लिखित गरिएको छ । यस संस्थाले गत आर्थिक वर्षहरुमा समेत धादिङ्ग जिल्लाबाट सबैभन्दा बढी कर दाखिला गरेका कारण दुई पटक सम्मानित भइसकेको छ । यस पटक समेत गरी तीन आर्थिक वर्षमा धादिङ्ग जिल्लाबाट उत्कृष्ट करदाताको रुपमा यस वित्तीय संस्थालाई नेपाल सरकार, आन्तरिक राजश्व विभागबाट सम्मान गरिएको छ । संस्थाको हाल ३२ जिल्लाका विभिन्न ४० स्थानहरुमा शाखा कार्यालयहरु सञ्चालनमा रहेको छ । संस्थाको साताैँ वार्षिक साधारण सभा गत कार्तिक १७ गते सम्पन्न भएको छ । उक्त साधारण सभाले सेयरधनीहरुलाई २५ प्रतिशत नगद लाभांश वितरण गर्न स्वीकृति प्रदान गरिसकेको छ ।
लक्ष्मी लघुवित्तले २६ प्रतिशत नगद लाभांश दिने, मंसिर १९ गतेदेखि बुक क्लाेज
काठमाडौं । लक्ष्मी लघुवित्त वित्तीय संस्थाले २६.३२ प्रतिशत नगद लाभांश दिने भएको छ । संस्थाले सेयरधनीलाई असार मसान्तमा कायम रहेको चुक्ता पुँजीको कर समेत सो मात्रा अर्थात ६ करोड ३६ लाख रुपैयाँ नगद लाभांश दिने प्रस्ताव गरेको हो । उक्त प्रस्ताव कम्पनी सञ्चालक समितिको बैठकले गरेको हो । समितिको प्रस्तावलाई नेपाल राष्ट्र बैंक तथा संस्थाको आगामी साधारणसभाले पारित गर्नुपर्ने छ । संस्थाको वार्षिक साधारणसभा आगामी पुस १ गते बस्दै छ । सो प्रयोजनको लागि मंसिर १९ गतेदेखि पुस १ गतेसम्म संस्थाको बुक क्लोज रहने छ । हाल संस्थाको चुक्ता पुँजी २४ करोड २० लाख रुपैयाँ रहेको छ ।