सानिमा लाईफ इन्स्योरेन्सले गर्याे कन्चन विकाश र सृजनशिलसँग वीमा सम्झौता

काठमाडौं । सानिमा लाईफ इन्स्योरेन्सले कञ्चन विकास बैंक, महेन्द्रनगर तथा सृजनशिल बचत तथा ऋण सहकारी संस्थासंग वीमा सम्वन्धि सम्झौता गरेको छ । महेन्द्रनगरमा छुटाछुटै आयोजित सम्झौतापत्र हस्ताक्षर कार्यक्रममा इन्स्योरेन्सका तर्फबाट महा प्रबन्धक शिवराम तिमिल्सिना, कञ्चन विकास बैंकका तर्फबाट बैकका प्रमुख कार्यकारी अधिकृत विरुराम जैशी तथा सृजनशिल बचत तथा ऋण सहकारी संस्थाको तर्फबाट सहकारीका प्रमुख कार्यकारी अधिकृत मदन भट्टले सम्झौतापत्रमा हस्ताक्षर गरेका थिए । उक्त संझौता अनुसार दुवै संस्थाहरुको सम्पुर्ण शाखाहरु बाट ग्राहकहरुले सानिमा लाईफ इन्स्योरेन्सको वीमा सेवा उपभोग गर्न सक्ने छन । उक्त कार्यक्रमहरुमा कम्पनीका मुख्य प्रबन्धक गणेश चौलागाई, वरिष्ठ प्रबन्धक गुणराज श्रेष्ठ, क्षेत्रिय प्रबन्धक गणेश उप्रेती तथा शाखा प्रमुख रोशन भट्ट लगायतको उपस्थिति रहेको थियो ।

मेगा बैंक र सन नेपाल लाइफ इन्स्योरेन्सबीच बैंकास्योरेन्स सम्झौता

काठमाडौँ । मेगा बैंक नेपाल लिमिटेड र सन नेपाल लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेडबीच बैंकास्योरेन्स सम्झौता भएको छ । मेगा बैंकको प्रधान कार्यालयमा मेगा बैंकको प्रमुख कार्यकारी अधिकृत अनुपमा खुञ्जेली र सन नेपाल लाइफ इन्स्योरेन्स कम्पनीका कायममुकाम प्रमुख कार्यकारी अधिकृत राजकुमार अर्यालले बैंकास्योरेन्स सम्बन्धी सम्झौता पत्रमा हस्ताक्षर गरेका हुन् । यो सम्झौतापछि मेगा बैंकबाटै सन नेपाल लाइफमा जीवन बिमा गर्न ग्राहकहरुले मेगा बैंकका देशभरका १सय २ शाखाबाट जीवन बिमा गर्नुका साथै प्रिमियम भुक्तानी, दाबी भुक्तानी लगायत सबै सेवा प्राप्त गर्न सक्ने व्यवस्था रहेको छ ।

लाइफ इन्स्योरेन्सको सीईओमा लक्ष्मीप्रसाद दास, बीमा क्षेत्रमा २६ वर्षको अनुभव

काठमाडौं । लाइफ इन्स्योरेन्स कर्पोरेशन(नेपाल) (एलआईसी) लिमिटेडको प्रमुख कार्यकारी अधिकृत(सीईओ)मा लक्ष्मीप्रसाद दास नियुक्त भएका छन् । सोमबार बसेको कम्पनी संचालक समितिको बैठकले माघ १५ गतेदेखि लागू हुने गरी इन्स्योरेन्सको सीईओ पदमा नियुक्त गरेको हो । नवनियुक्त सीईओ दासले जीवन बीमामा २६ वर्षको अनुभव संगाली सकेका छन् । उनी यसअघि एलआईसी अफ इन्डियामा सिनियर डिभिजनल म्यानेजरको रुपमा कार्यरत थिए । साथै, उक्त बैठकले इन्स्योरेन्सको संचालक समितिकाे अध्यक्षको रुपमा हेमन्त भार्गवलाई नियुक्त गरेको छ । जीवन बीमामा ३७ वर्षको अनुभव संगालेका नवनियुक्त अध्यक्ष भार्गव एलआईसी अफ इन्डियाको वर्तमान कार्यकारी अध्यक्ष हुन् । त्यस्तै, समितिले प्रमोटर सेयरधनी एलआईसी अफ इन्डियाबाट प्रतिनिधित्व गर्ने बीमकको संचालक समितिका अध्यक्ष भि.के. शर्माले दिएका राजीनामालाई स्वीकृत गरेको छ । उक्त रिक्त स्थान तथा बाँकी कार्यकालसम्मको अवधिका लागि भार्गवलाई संचालक तथा अध्यक्षको रुपमा नियुक्त गरेको हो ।