नेशनल माइक्रो फाइनान्सद्धारा कुखुरा पालन तालिम संचालन
काठमाडौं । नेशनल माइक्रोफाइनान्सकाे शाखा कार्यालय सुडाद्धारा २ दिने व्यवसायी कुखुरा पालन तालिम’ को शुरुवात गरेको छ । कंचनपुरमा रहेकाे साे शाखा फाइनान्सबाट समुहमा आवद्ध व्यवसायिक कुखुरापालक कृषकहरुको लागी २ दिने सिपमुलक तालिम शुरुवात गरेको हो । महिला कृषकहरुको ज्ञान,सिप र क्षमताअभिबृद्धिगदै व्यवसायको विस्तार एवम् आय—आर्जनमा सुधार र वृद्धिकालागी सुदा फार्मको निजि कोठामा तालिमको आयोजना गरेको छ । संस्थाका शाखा प्रमुख उन्नती बांस्तोलाको अध्यक्षतामा संचालित कार्यक्रम प्रमुख अतिथि बेदकोट नगरपालिका प्रमुख अशोक कुमारचन्द र बरिष्ठ पशु चिकित्सक डा. पानसिंह ठगुन्नाले पानसमा वत्ती बालेर संयुक्त रुपमा कार्याक्रमको उद्घाटन गरेका थिए । सो कार्यक्रममा बोल्दै नगर प्रमुखचन्दले छोटो समयमानै यस क्षेत्रको बिकास र समृद्दिका निमित्त साथै उत्पादन-ब्यवसायमा महिला सहभागीताका लागि संस्थाले गरेको प्रयास तथा कार्यका लागी नेशनल माइक्रोफाइनान्सलाई व्यवसायको विस्तार र त्यसले देशमा पुयाउन सक्ने योगदान र नगरपालिका लगायत सम्पुर्ण साझेदार निकायको सहयोग र योजनाकालागी कृषक चनाखो हुनुपर्ने र कृषिको विकास र विस्तारीकरणका लागीनगरपालीका पुर्ण सहयोग गर्न तत्पर रहेको बताए । त्यस्तै बरिष्ठ पशु चिकित्सक डा.पानसिह ७ गुन्नाले कृषि क्षेत्रको भुमिका योगदान सम्भावना र कुखुरा पालनमा आउने अवसर एवम् जोखिम र यसले कृषि क्षेत्रमाल्याउने आकर्षण तथा व्यवसायीकता र स्वरोजगारीमा महिलाहरु कसरी लान सकिन्छ र भेटनरी कार्यालयले महिला तथा अन्य किसानलाई कसरी सहयोग तथा परिचालित गर्ने भन्ने वारे धारणा राखे । तालिम १५ र १६गते संन्चालन हुने र यो तालिम लगायत यस्ता कार्यक्रम नेशनल माइक्रोफाइनासले आगामी दिनमा सदस्यहरुलाई प्रदानगर्ने र सदस्यहरुले लधुउधम द्धारा जिविको पार्जनलाई व्यवस्थीत योजना संगै कार्यान्वयन गर्ने जानकारी दिएको छ । चालु आर्थिक वर्षको २०७५फाल्गुन मसान्त सम्ममा हिमाल, पहाड र तराईका गरीकुल ५० बटा शाखा कार्यालयहरु मार्फत संस्थाले देशका सातै वटा प्रदेशका ३७ वटा जिल्लाका आफ्ना ७० हजार भन्दा वढी विपन्न परिवारमा लघुवित्त सेवा प्रदान गर्दै आइरहेको छ । हाल संस्थाको लगानीमा रहेको कर्जा रु ३ अर्व ३० करोड र बचत रु १अर्ब १७ करोडभन्दा वढी रकम सदस्यहरुवाट वचत गर्न सफल भएको संस्थाले जानकारी दिएकाे छ ।
माछापुछ्रे बैंकले शुरु गर्यो रेमिट्याप एप, १० हजार ठाउँबाट रकम भुक्तानी
काठमाडौं । माछापुछ्रे बैंकले रेमिट्याप एप सर्वजनिक गरेको छ । माछापुच्छे बैंक, टाइम्स रेमिट र एएमभी टेल कम्पनीबीच विशेष गरी विदेशबाट रेमिट्यान्स पठाउन लागि बैंकले एपको सार्वजनिक गरेको हो । बैंकका ग्राहकहरु लगायतका सम्पूर्ण सर्वसाधरणको सुविधाको लागि रेमिट्याप मोबाइल वालेट सेवा सम्बन्धि त्रिपक्षीय संझौता गरेर सोमबारदेखि सेवा शुभारम्भ भएको छ । अब रेमिट्यापको माध्यामबाट विदेशमा कार्यरत प्रवासी नेपालीहरुले आफ्नो परिवारका सदस्यहरुलाई तुरुन्तै आफ्नो वालेट, बैंक खातामा र १० हजारभन्दा धेरै स्थानबाट न्यून लागतमा रकम पठाउन सकिने भएको छ । बैंकका प्रमुख कार्यकारी अधिकृत सुमन शर्माले धेरै सुविधाहरु भएको रेमिट्यापले वालेटबाट वालेटमा रकम स्थान्तरणका साथै कुनै पनि बैंकमा रकम स्थानान्तरण गर्ने सुविधा पदान गर्ने बताए ।
महालक्ष्मी लाइफ इन्स्योरेन्सले गर्यो बीमा सम्बन्धी जनचेतना कार्यक्रम
काठमाडौँ । महालक्ष्मी लाईफ इन्स्योरेन्स लिमिटेडले बीमा जागरण अभियान अन्तर्गत चैत्र २३ गते गुल्मीको तम्घासमा बृहत जनचेतना कार्यक्रम सम्पन्न गरेको छ । प्रमुख अधिकारी अधिकृत रमेश कुमार भट्टराईको प्रमुख आतिथ्यमा सम्पन्न एक दिने उक्त कार्यक्रममा स्वागत मन्तव्य र महालक्ष्मीलाईफको बारेमा क्षेत्रिय प्रमुख अर्जुन गिरीले विस्तृत रूपमा प्रकाश पारेका थिए । कार्यक्रममा नेकपाका नेता हिरा एसी, नेपाली काङग्रेसका महेन्द्र भण्डारी, रेसुंगा नपाका अखिलेश्वर पाण्डे, उद्योग वाणिज्य संघ गुल्मीका निवर्तमान अध्यक्ष दुर्गाप्रसाद पाण्डे, नागरिक समाजका अगुवा पदमा प्रसाद पाण्डे जील्ला युवा समितिका अध्यक्ष राजेन्द्र बिक्रम कुवँर, पत्रकार महासंघका तोपलाल अर्याल र लोक दोहरी प्रतिष्ठानका वैकुण्ठ महतले महालक्ष्मी लाईफको उत्तरोत्तर प्रगति र छिट्टै खोलिने शाखा कार्यलयको सफलताको लागि शुभकामना व्यक्त गरे । ट्रेनर सुभाष केसीले अभिकर्ता उत्प्रेरणा बारेमा प्रष्ट पारेका थिए । कार्यक्रममा प्रमुख कार्यकारी अधिकृत रमेशकुमार भट्टराईले नेपालमा जीवन बीमाको अवस्था, महालक्ष्मी लाईफ इन्स्योरेन्सको वर्तमान र भावी योजना, अभिकर्ताहरूको काम र कर्तव्य तथा जीवन बीमाको फाइदाहरू बारेमा जानकारी गराएका थिए । कार्यक्रममा नयाँ नियुक्त अभिकर्ता र बीमा पोलिसी खरीद गर्ने बिमितहरूलाई सम्मान गरिएको थियो ।