नेपाल बंगलादेश बैंकको नाफा १ अर्ब ६१ करोड, ४१.२२ प्रतिशतले नाफा वृद्धि

काठमाडौं । नेपाल बंगलादेश बैंकले १ अर्ब ६१ करोड रुपैयाँ नाफा कमाएको छ । बैंकले गएको आवमा ४१.२२ प्रतिशतले नाफा वृद्धि गरेकोे छ । अघिल्लो आर्थिक वर्ष २०७५/७६ मा बैंकले १ अर्ब १४ करोड नाफा आर्जन गरेको थियो । बैंकको वितरण योग्य नाफा भने १ अर्ब ३ करोड रुपैंयाँ रहेको छ । ८ अर्ब ८ करोड चुक्ता पुँजी भएको बैंकको जगेडा कोषमा भने ३ अर्ब ३२ करोड रुपैंयाँ रहेको छ । बैंकले ५९ अर्ब निक्षेप संकलन गरेर ५२ अर्ब कर्जा लगानी प्रवाह गरेको छ । बैंकको खराब कर्जा १.५६ प्रतिशत रहेको छ । बैंकको सीडी रेसियो ७२.८८ प्रतिशत कायम गरेको छ । बैंकको आधार ब्याजदर १०.२० प्रतिशत छ । कस्ट अफ फण्ड ७.६० प्रतिशत छ । बैंकको स्प्रेड दर भने ४.६४ प्रतिशत कायम छ । प्रति सेयर आम्दानी २०.०२ रुपैंयाँ छ भने प्रति सेयर नेटवर्थ १५३.९१ रुपैंयाँ रहेको छ ।

सेञ्चुरी बैंकको नाफा ८६ करोड

काठमाडौं । सेञ्चुरी कमर्शियल बैंकको नाफा घटेको छ । बैंकले गएको आर्थिक वर्ष २०५५/७६ मा ८६ करोड नाफा कमाएको छ । अघिल्लो आर्थिक वर्ष २०७४/७५ मा बैंकले ९१ करोड नाफा आर्जन गरेको थियो । बैंकको वितरण योग्य नाफा ५३ करोड रुपैंयाँ कायम भएको छ । ८ अर्ब ४१ करोड चुक्ता पुँजी रहेको बैंकको जगेडा कोषमो १ अर्ब ३ करोड रुपैंयाँ रहेको छ । बैंकले ५७ अर्ब निक्षेप संकलन गरेर ५६ अर्ब कर्जा लगानी गरेको छ । सेञ्चुरी कमर्सियल बैंकको सीडी रेसियो ७८.०९ प्रतिशत कायम भएको छ । आधार ब्याजदर ११.२९ प्रतिशत छ । कस्ट अफ फण्ड ८.१९ प्रतिशत छ । बैंकको स्प्रेड दर भने जम्मा ४.२० प्रतिशत रहेको छ । बैंकको प्रति सेयर आम्दानी १०.२३ रुपैंयाँ कायम हुँदा प्रति सेयर नेटवर्थ १२० रुपैंयाँ छ ।

हिमालयन बैंकको नाफा २ अर्ब ८४ करोड, ५२ प्रतिशत बढ्यो नाफा

काठमाडौं । हिमालयन बैंकले नाफामा ५० प्रतिशतभन्दा बढी नाफा गरेर सर्वाधिक नाफा कमाउने बैंकको सूचीमा गठन भएको छ । बैंकले गएको आवमा नाफामा ऐतिहासिक छलाङ २ अर्ब ८४ करोड नाफा आर्जन गरेको छ । बैंक अघिल्लो आव २०७४/७५ मा १ अर्ब ८७ करोड नाफा कमाएको थियो । बैंकले गएको आवमा २ अर्ब २ करोड रुपैयाँ वितरण योग्य नाफा कमाएको छ । बैंकले गएको आवमा ५ अर्ब ४ करोड रुपैयाँ खुद ब्याज आम्दानी गरेको छ भने संचालन मुनाफा ४ अर्ब २ करोड रुपैयाँ रहेको छ । ८ अर्ब ५२ करोड चुक्ता पुँजी भएको बैंकको जगेडा कोषमा ५ अर्ब ३२ करोड रुपैंयाँ रहेको छ । हिमालयनले यो अवधिमा १ खर्ब ९ अर्ब निक्षेप संकलन गरेर ९२ अर्ब कर्जा लगानी गरेको छ । बैंकको खराब कर्जा १.१२ प्रतिशत रहेको छ । बैंकको सीडी रेसियो पनि ७५.५९ प्रतिशत मात्रै छ । बैंकको आधार ब्याजदर ९.०५ प्रतिशत छ । कस्ट अफ फण्ड ६.५५ प्रतिशत रहेको छ । बैंकको स्प्रेड दर ४.४७ प्रतिशत छ भने बैंकको प्रति सेयर आम्दानी ३३.४१ रुपैंयाँ छ । बैंकको प्रतिसेयर नेटवर्थ १८८.७६ रुपैंयाँ रहेको छ ।