एकै दिन सनराइज बैंकको शाखासहित दुई एक्सटेन्सन काउण्टर बिस्तार

काठमाडौं । एकै दिन सनराइज बैंकको एक शाखा र दुई एक्सटेन्सन काउण्टरको शुरुवात गरेको छ । बैंकको १२३ औं शाखा कैलालीको भजनी नगरपालिकामा नगर प्रमुख शेरबहादुर चौधरी र सन्राइज बैंकका नायव प्रमुख कार्यकारी अधिकृत आशा राणा अधिकारीले संयुक्त रmपमा शाखा कार्यालयको उद्घाटन गरेका हुन् । उक्त उद्घाटन कार्यक्रममा भजनी नगरपालिकाका नगरका प्रतिनिधि तथा बैंकका अन्य पदाधिकारीको उपस्थिति रहेको थियो । त्यस्तै बैकले भक्तपुर स्थित दधिकोटमा ७औं तथा काठमाडौं स्थित धापासीमा ८औं एक्सटेन्सन काउण्टर विस्तार गरेको छ । देशभरी हालसम्म सनराइज बैंकका एक सय २३ वटा शाखा, ३८ वटा शाखारहित बैंकिङ्ग सेवा, ८ वटा एक्सटेन्सन काउण्टर र एक सय ४४ वटा एटिएम मार्फत आफ्ना करिब ६लाख ग्राहकहरुलाई सेवाप्रदान गर्दै आइरहेको छ । साथै बैंकले आफ्ना सेवाहरू विस्तार गर्ने क्रममा, नेपालका अन्य स्थानहरmमा पनि थपशाखा, शाखारहित बैंकिङ्ग, एक्सटेन्सन काउण्टर र एटिएम संचालन गर्ने योजना रहेको बैंकले जनाएको छ ।

सिटिजन लाइफ इन्स्योरेन्सको खुद बीमा शुल्क ११६ प्रतिशतले वृद्धि

काठमाडौं । सिटिजन लाइफ इन्स्योरेन्स कम्पनीले चालु आर्थिक वर्ष २०७६/७७ को पहिलो त्रैमासमा ३३ करोड ३५ लाख रूपैयाँ खुद बीमा शुल्क आर्जन गरेको छ । जुन अघिल्लाे वर्षकाे तुलनामा ११६.७० प्रतिशतले बढी हाे । गत आवको पहिलो त्रैमासमा कम्पनीले १५ करोड ३९ लाख रूपैयाँ खुद बीमा शुल्क आर्जन गरेको थियाे । त्यस्तै, कम्पनीको खुद नाफा ५ करोड १ लाख रुपैयाँ रहेको छ । जुन अघिल्लो आवको तुलनामा २ करोड ८१ लाख रुपैयाँले बढी हो । गत आवको यस अवधिमा इन्स्योरेन्सले २ करोड १९ लाख रुपैयाँ खुद नाफा कमाएको थियो। लगानी, कर्जा तथा अन्यबाट कम्पनीले २ करोड ५० लाख ९३ हजार रुपैयाँ लगानी गरेकाे छ । त्यस्तै, कम्पनीले बीमालेख धितोमा ५ करोड ६२ लाख रुपैयाँ लगानी गरी १७ लाख ५१ हजार रुपैयाँ आम्दानी गरेको छ। चालु आवको असोज मसान्तसम्ममा कम्पनीले १५ वटा दाबी बापत एक करोड ५ लाख रुपैयाँ भुक्तानी गरेको छ । त्यस्तै, ७ दाबी बापत ४४ लाख ५० हजार रुपैयाँ भुक्तानी गर्न बाँकी रहेको कम्पनीले प्रकाशित गरेको प्रथम त्रैमासिक वित्तीय विवरणमा उल्लेख छ ।

मुक्तिनाथका ग्राहकलाई ट्रयाङ्गकुलिटी स्पामा विशेष छुट

काठमाडौँ । मुक्तिनाथ विकास बैंक लि र ट्रयाङ्गकुलिटी स्पा, काठमाण्डौंबीच स्पामा छुट दिन समझदारी भएको छ । बैंकका ग्राहकहरुलाई स्पामा तोकिएको शुल्कमा विशेष छुट दिने सम्बन्धी समझदारीपत्रमा हस्ताक्षर भएको हो । उक्त सम्झौता पत्रमा ट्रयाङ्गकुलिटी स्पाको तर्फबाट वजारीकरण तथा बिक्री प्रबन्धक बन्दना गुरुङ्ग र मुक्तिनाथ विकास बैंक लि.का तर्फबाट वजारीकरण विभागका विभागीय प्रमुख बसन्त बक्सीेले हस्ताक्षर गरेका छन् । सम्झौता पश्चात मुक्तिनाथ विकास बैंकका भिषा डेबिट कार्डवाहक ग्राहकहरूले ट्रयाङ्गकुलिटी स्पामा तोकिएका विभिन्न सेवाहरुमा ३० प्रतिशत सम्म छुट पाउने व्यवस्था गरिएको छ ।