आरएमडीसीद्वारा सर्लाहीमा अन्तरक्रिया कार्यक्रम सम्पन्न

काठमाडौं । आरएमडीसी लघुवित्त वित्तीय संस्थाको इटहरी शाखाले बिहीबार एक दिवसीय अन्तरक्रिया कार्यक्रम सम्पन्न गरेको छ । सर्लाहीमा आयोजित उक्त कार्यक्रममा ३९ वटा सहकारीहरुबाट ६३ जनाको सहभागीता रहेको थियो । कार्यक्रमको अध्यक्षता जिल्ला बचत तथा ऋण सहकारी संघ  सर्लाहीका अध्यक्ष बाबुराम घिमिरेले गरेका हुन् भने प्रमुख अथितिका रुपमा आरएमडीसीका प्रमुख कार्यकारी अधिकृत ज्योतीचन्द्र ओझा रहेका थिए । वित्तीय पहुँच अभिवृिद्घ तथा उद्यमशिलाको विकास मार्फत प्रदेशलाई आत्मनिर्भरता अभिवृद्धि र गरिबी न्यूनीकरण गर्न आरएमडीसी र सहकारी संस्थाहरुको साझेदारीबारेमा जानकारी गराउने उद्देश्यले आयोजित यस १ दिने अन्तरक्रिया कार्यक्रममा इटहरीका शाखाप्रबन्धक गोबिन्द प्रसाद पौडेलले सहभागीहरुलाई स्वागत गरेका थिए । अन्तक्रिया कार्यक्रमको दोश्रो सत्रमा आरएमडीसीका प्रमुख कार्यकारी अधिकृतले आरएमडीसीको परिचय, उद्देश्य, तथा संचालन गरिरहेका कार्यहरुका साथै साझेदार बन्न आवश्यक न्युनतम मापदण्ड तथा प्रक्रियाहरुको बारेमा जानकारी गराए । आरएमडीसीले संस्थागत विकास तथा क्षमता अभिवृद्धिका लागि सहयोगी भुमिका निर्वाह गर्दछ भने वित्तीय सुशासन कायम नगर्ने, नितीनियम भन्दा बाहिर जाने सहकारीहरुसँग आरएमडीसी कडा रुपमा पनी प्रस्तुत हुने हुदा बजारमा आरएमडीसी आफैमा एउटा ब्राण्डको रुपमा रहेको समेत जानकारी गराएका थिए । उनले आरएमडीसी र सहकारी संस्थाहरुको साझेदारीमा कसरी संस्थाहरुको संस्थागत विकास तथा क्षमता अभिवृद्धि, वित्तीय पहुँच अभिवृिद्ध गरी उद्यमशिलताको विकास मार्फत आत्मर्निभर भै गरिबी न्युनीकरण गर्न सकिन्छ भन्ने बारेमा पनि चर्चा गरे । कार्यक्रममा आरएमडीसीका हाल कायम रहेका साझेदार संस्थाहरुबाट आरएमडीसीसँगको साझेदारीबाट प्राप्त गरेका फाईदाहरु तथा संस्थागत विकासका कार्यक्रममा आरएमडीसीका हाल कायम रहेका साझेदार संस्थाहरुबाट आरएमडीसीसँगको साझेदारीबाट प्राप्त गरेका फाईदाहरु तथा संस्थागत विकासका बारेमा पनि अनुभव आदान प्रदान गरिएको थियो ।

सिद्धार्थ बैंककाे शुपरच्युनीटी योजनाः दराजमा सामान किन्दा १५% छुटका साथै क्यास ब्याक पनि

काठमाडौं । सिद्धार्थ बैंकले ‘सिद्धार्थ शुपरच्युनीटी’ नामक विशेष छुट योजना ल्याएको छ । बैंकले आफ्ना ग्राहकहरूको सुविधाका लागि डिजिटल भुक्तानीलाई प्रोत्साहित गर्दै उक्त योजना ल्याएको हो । यस अन्तर्गत दराजमा कार्डमार्फत् सामान खरिद गर्दा हरेक आइतबार १५ प्रतिशतसम्म वा अधिकतम ५ सय रुपैयाँ छुट पाइने छ । त्यस्तै, पहिलो दुई पटक एक हजार वा सो भन्दा बढि रकमको अनलाइन कारोबार गर्दा ५ सय रुपैयाँ क्यास ब्याक पाइने छ । त्यसैगरी, पहिलो दुई पटक एक हजार रुपैयाँ सो भन्दा बढि रकमको पीओइस मेसिनमार्फत् कारोबार गर्दा ३ सय ८२ रुपैयाँ क्यास ब्याक पाइने कम्पनीले जानकारी गराएको छ । फागुन १ गतेदेखि लागू हुने यस योजना सीमित अवधिका लागि मात्र ल्याइएको बैंकले जनाएको छ । यस्ता छुट र क्यास ब्याक अफर योजनाले नगद भुक्तानीबाट डिजिटल भुक्तानीमा जान आकर्षित गर्ने र अनलाइन कारोकारलाई अझै प्रेरित गर्नेे बैंकको विश्वास छ । हाल बैंकले देशभर १८० वटा शाखा (३ एक्स्टेन्सन् काउन्टर सहित), १०१ शाखारहित बैंकिङ्ग सेवा, २०३ एटीएम र १,६०० भन्दा बढी पीओएस मेसिनमार्फत् उच्चस्तरिय र सहज बैंकिङ्ग सेवा प्रदान गर्दै आइरहेको छ ।

गुराँस लाईफ इन्स्योरेन्सको आय २९ करोडले बढ्यो

काठमाडौं । गुराँस लाईफ इन्स्योरेन्सले चालु आवको दोस्रो त्रैमासमा २९ करोड रुपैयाँले आय बढाएको छ । कम्पनीको चालु आवको दोस्रो त्रैमासमा आय १ अर्ब ३४ करोड रुपैयाँ रहेको छ भने गत आवको दोस्रो त्रैमासमा आय १ अर्ब ५ करोड रुपैयाँ रहेको थियो । खुद बीमा शुल्कः चालु आवको दोस्रो त्रैमासमा कम्पनीको बीमा शुल्क ९५ करोड ७७ लाख रुपैयाँ रहेको छ भने गत आवको दोस्रो त्रैमासमा कम्पनीको बीमा शुल्क ७१ करोड ९९ लाख रुपैयाँ रहेको थियो । दोस्रो त्रैमासमा कम्पनीको बीमा शुल्क २४ करोड रुपैयाँले बढेको छ । पूनर्बीमा कमिशन आयः कम्पनीको पूनर्बीमा कमिशन आय शिर्षकमा कुनै तथ्याङ्क देखिदैन । लगानी, कर्जा तथा अन्यबाट आयः कम्पनीको चालु आवको दोस्रो त्रैमासमा लगानी, कर्जा तथा अन्यबाट आयमा ३० करोड ३८ लाख रुपैयाँ छ भने गत आवको दोस्रो त्रैमासमा २३ करोड ७५ लाख रुपैयाँ रहेकाे छ । हाल कम्पनीको चुक्ता पूँजी ९३ करोड ८५ लाख २० हजार रुपैयाँ रहेको छ । कम्पनीको जगेडा कोषमा ३४ करोड ७२ लाख ९७ हजार रुपैयाँ रहेको छ । यस्तै, जीवन बीमा कोषमा कम्पनीको ६ अर्ब ६७ करोड ३४ लाख रुपैयाँ रहेको छ । बीमा लेखको धितोमा कर्जाबाट आयः बीमा लेखको धितोमा कर्जाबाट आयमा कम्पनीको चालु अवको दोस्रो त्रैमासमा २ करोड १८ लाख ४१ हजार रुपैयाँ रहेको छ भने अघिल्लो आवको दोस्रो त्रैमासमा १ करोड २९ लाख ४७ हजार रुपैयाँ रहेको थियो ।