धनुषा धाममा एनआईसी एशिया बैंकको नयाँ शाखा विस्तार
काठमाडौं । एनआईसी एशिया बैंकले धनुषा जिल्लाको धनुषा धाममा शाखा विस्तार गरेको छ । धनुषा धाम नगरपालिका वडा नं. ३ स्थितमा नयाँ शाखा कार्यालय स्थापना गरि बैंकिङ्ग कारोबारको शुरुवात गरेको हो । ग्रामीण तथा शहरी क्षेत्रमा आफ्नो उपस्थितिलाई थप दरिलो बनाउने क्रमसँगै यस बैंकले उक्त शाखा कार्यालयको औपचारिक रुपमा नगरपालिकाका मेयर बालेश्वर मण्डलले शाखाको उद्घाटन गरेका हुन् । उक्त शाखा सञ्चालनमा आएसँगै सो क्षेत्रका स्थानीयलाई बैंकिङ्ग सेवा प्राप्त गर्न सहज, सरल हुने विश्वास बैंकले लिएको छ । बैंकले मुलुकभर ३ सय १९ शाखा कार्यालयहरु, ४ सय ४४ एटिएम, १ सय ३ वटा एक्स्टेन्सन काउण्टर एवं ५२ वटा शाखारहित बैंकिङ्गमार्फत् बैंकिङ्ग सेवा प्रदान गर्दै आएको छ । करिब २१ लाख ग्राहक रहेका छन् । बैंकले गत आर्थिक वर्षमा प्रत्यक्ष र अप्रत्यक्ष गरी करिब ३ अर्ब १५ करोड रूपैयाँ भन्दा बढी राजश्व नेपाल सरकारलाई भुक्तानी गरिसकेको थियो । पछिल्लो समय वित्तीय समावेशीकरणका लागि मुगु, कालिकोट, बझाङ, रुकुम, जुम्ला, सल्यान जस्ता बैंक तथा वित्तीय संस्थाहरुको उपस्थिति न्यून रहेका छ । वित्तीय संस्थाहरु नपुगेको ३४ भन्दा बढी स्थानीय निकायहरुमा शाखा विस्तार गरी सञ्चालन गर्दै आइरहेको छ ।
महाशिवरात्रिलाई लक्षित गर्दै सानिमा बैंकले ल्यायाे विशेष योजना
काठमाडौं । सानिमा बैंकले महाशिवरात्रिको अवसर पारेर आफ्ना ग्राहकलाई विशेष योजना स्वरुप विभिन्न छुट प्रदान गर्ने भएको छ । बैंकले आफ्ना नयाँ तथा पुराना ग्राहकहरुलाई लक्षित गर्दै तीन दिनको लागि आफ्ना डेबिट कार्ड र मोबाइल बैंकिङ सेवामा जारी शुल्क नलाग्ने व्यवस्था गरेको छ । यस योजना अन्तर्गत विवाहित दम्पतीले खाता खोली डेबिट कार्ड र मोबाइल बैंकिङ आवेदन गर्दा एक जनाले डेबिट कार्ड र मोबाइल बैंकिङ सेवा निःशुल्क पाउने छन् । साथै, यो योजनामा महिला ग्राहकले रु. १०० को नेपाल टेलिकम वा एनसेलको टपअप पनि पाउनेछन् । यस योजना फागुन ७ देखि ११ सम्मका लागि लागु गरिएको छ ।
सिद्धार्थ इन्स्योरेन्स र रोटरीबीच सहकार्य
काठमाडौं । सिद्धार्थ इन्स्योरेन्स तथा रोटरी इन्टरनेशनल डिष्ट्रिट ३२९२ बीच सहकार्य सम्बन्धि सम्झौता सम्पन्न भएको छ । सम्झौता पत्रमा सिद्धार्थ इन्स्योरेन्सका प्रमुख कार्यकारी अधिकृत वीरेन्द्र वैदवार क्षेत्री तथा रोटरी इन्टरनेशनल डिष्ट्रिट ३२९२ का डिष्ट्रिट गर्भनर किरण लाल श्रेष्ठले हस्ताक्षर गरेका थिए । सम्झौता अनुसार रोटरीले सञ्चालन गरेको साक्षरता कार्यक्रम लागि सिद्धार्थ ईन्स्योरेन्स रोटरीलाई आर्थिक सहयोग उपलब्ध गराउने र रोटरीका सदस्य बिमितहरुलाई संस्थागत छुट प्रदान गर्नेछ ।