नेपाल इन्स्याेरेन्समा ईश्वर पाेखरेल नियुक्त, नेपाल बैंककाे अडानपछि मर्ज प्रकिया राेकियाे
काठमाडाैं । नेपाल इन्स्याेरेन्स कम्पनीकाे नायव प्रमुख कार्यकारी अधिकृतमा ईश्वर पाेखरेल नियुक्त भएका छन । मंगलबार बसेकाे कम्पनीकाे संचालक समिति बैठकले नायव प्रमुख कार्यकारी अधिकृत पाेखरेललाई नियुक्त गर्ने निर्णय गरेकाे कम्पनीद्वारा जारी सूचनामा उल्लेख गरिएकाे छ । पाेखरेल केही महिनाअघि मात्र युनाइटेड फाइनान्सकाे नायव प्रमुख कार्यकारी अधिकृतबाट बाहिरिएका थिए । उनीसँग नेपाल एसबिआई, स्ट्याण्डर्ड चार्टर्ड बैंक नेपाल लगायत ठूलाे बैंकहरूमा काम गरेकाे अनुभव छ । त्यसैगरी इन्स्याेरेन्सकाे नायव महाप्रबन्धकमा निरज बस्नेत नियुक्त भएका छन । बस्नेत प्रिमियर इन्स्याेरेन्सकाे फाइनान्स हेड रहेका थिए । कम्पनीले नायव प्रमुख कार्यकारी अधिकृत र नायव महाप्रबन्धक दुबै पदमा नयाँ नियुक्तीकाे लागि खुला प्रतिस्प्रर्धा गरेकाे हाे । नेपाल इन्स्याेरेन्स र आईएमई जनरल इन्स्याेरेन्सबीच मर्चरकाे प्रकिया राेकिएपछि नेपाल इन्स्याेरेन्स कम्पनी आक्रामक रूपमा अगाडि बढ्ने याेजना बनाएकाे छ । नेपाल इन्स्याेरेन्स र आईएमई जनरल इन्स्याेरेन्सबीच मर्जबारे प्रवर्द्धकबीच छलफल भएकाे तर नेपाल इन्स्याेरेन्सकाे संस्थापक प्रवर्द्धक नेपाल बैंकले नेपालकाे पहिलाे बीमा कम्पनी भएकाेले याे कम्पनीकाे नाम छाेडेर मर्ज हुन तयार नभएकाे अडान लिएपछि मर्जकाे विषयमा छलफल पनि हुन छाेडेकाे स्राेतले बतायाे । पहिला ४० प्रतिशत सेयर नेपाल बैंककाे भएपनि अहिले १५ प्रतिशत छ । यस कम्पनीकाे मुख्य प्रवर्द्धक आईएमई ग्रुप हाे । यसअघि दुबै कम्पनीले साधारणसभाबाट मर्जमा जाने निर्णय गर्नुकाे साथै मर्जर कमिटि बनाएर छलफल अगाडि बढाएकाे थिए । दुबै कम्पनीकाे विजेनश, नेटवर्थ, पुँजी, बजारमा सेयर मूल्य उस्तै भएकाेले स्वाप रेसियाेमा पनि प्रवर्द्धकबीच माेटामाेटी सहमति भएकाे तर नामकाे विषयमा कुरा नमिलेकाे स्राेतकाे भनाइ छ ।
सीडीएससीको नवनियुक्त सीईओ आचार्यले गरे पदबहाली, यस्ता छन् प्राथमिकताका कामहरू
काठमाडौं । सीडीएस एण्ड क्लियरिङ लिमिटेड(सीडीएससी)को नवनियुक्त प्रमुख कार्यकारी अधिकृत पूर्णप्रसाद आचार्यले पदवहाली गरेका छन् । सोमबार मात्रै सीईओकाे पदमा नियुक्ती पाएका आचार्यले मंगलबार(भदौ ९ गते) सीडीएससीकै कार्यालयमा आफ्नो पदको पदवहाली गरेका हुन् । गत सोमबार(भदौ ८ गते) नेप्सेको सञ्चालक समितिको बैठकले आचार्यलाई सीडीएससीको सीईओ पदमा नियुक्त गरेको थियो । करिब ११ महिनादेखि रिक्त रहेकाे सीडीएससीकाे सीईओ पदमा आचार्य खुल्ला प्रतिस्पर्धाबाट नियुक्त भएका हुन् । उनले अब आगामी ४ वर्षसम्म सीडीएससीमा आफ्नाे कार्यभार सम्हाल्ने छन् । यससँगै, विभिन्न ५ वटा कामलाई प्राथमिकतामा राखेर अघि बढ्ने उनकाे याेजना रहेकाे छ । जसअन्तर्गत सीडीएसको सेवा प्रभावकारी बनाउने तथा लगानीकर्ताको विश्वास जित्न प्रयास गर्ने, सेयर कारोबार सेटलमेन्टका काम २ दिनभित्र गर्ने, लगानीकर्ताको डिजिटल केवाइसी गर्ने, लाखौं लगानीकर्ताको डाटा सुरक्षा प्रणालीलाई अझ बलियो बनाउने र सीडीएससी सम्बन्धि छुट्टै नियम कानुन बनाउने काम उनकाे प्राथमिकतामा रहेकाे छ । सम्बन्धित समाचारः सीडीएससीकाे नयाँ सीईओका पाँच प्राथमिकता, तत्काल टीप्लसटूमा जाने प्रतिवद्धता पूर्व बैंकर आचार्य सिडिएससीको सीईओमा नियुक्त
एनआरएन इन्फ्रास्टक्चरको आईपीओ सूचीकृत, बुधबारदेखि किनबेच गर्न पाइने, ओपनिङ्ग रेञ्ज कति ?
काठमाडौं । एनआरएन इन्फ्रास्टक्चर एण्ड डेभलपमेन्ट लिमिटेडको आईपीओ नेपाल स्टक एक्स्चेञ्जमा सूचीकृत भएको छ । कम्पनीको एक करोड १३ लाख २६ हजार ८ सय २१ कित्ता सेयर नेप्सेमा सूचीकृत भएको हो । कम्पनीले हालै सर्वसाधारणमा निष्काशन गरेको उक्त सेयर मंगलबार नेप्सेमा सूचीकृत भएको हो । यससँगै बुधबारदेखि दोश्रो बजारमा कम्पनीको सेयर किनबेच हुने छ । जसको लागि कम्पनीको सिम्बोल एनआरएन दिईएको छ । यससँगै नेप्सेले कम्पनीको पहिलो कारोबारको लागि न्युनतम १०२.६ रुपैयाँ र अधिकतम ३०६.१८ रुपैयाँ ओपनिङ्ग रेञ्ज तोकेको छ । कम्पनीले सर्वसाधारणमा निष्काशन गरेको साधारण सेयर गत साउन २७ गते मात्र सेयर बाँडफाँड गरेको थियो । जसमा ३ लाख २० हजार ६ सय १४ जना आवेदकले गोलाप्रथाबाट १० कित्ताको दरले सेयर हात पारेका थिए । सम्बन्धित समाचारः ९७ हजार ३४४ जनाले पाएनन् एनआरएन इन्फ्राइस्टक्चरको सेयर, बाँकीले कति पाए ?