सिविआईएल क्यापिटलको प्रस्तावित नगद लाभांश पारित

काठमाडौं । सिविआईएल क्यापिटलको प्रस्तावित १० प्रतिशत नगद लाभांश पारित भएको छ । मंसिर १९ गते सम्पन्न संस्थाको १४औं वार्षिक साधारणसभाले सञ्चालक समितिको उक्त प्रस्तावलाई पारित गरेको हो । यससँगै क्यापिटलका सेयरधनीले आर्थिक वर्ष २०७६।७७ को संचित मुनाफाबाट कर सहित १० प्रतिशत नगद लाभांश पाउने छन् । संस्थाको अध्यक्ष पारस कुमार काफ्लेको अध्यक्षतामा सम्पन्न भएको साधारण सभाले प्रस्तावित साधारण प्रस्तावहरु अन्तर्गत आर्थिक वर्ष २०७६।७७ को संचालक समितिको प्रतिवेदन पारित गरेको छ । त्यस्तै, आर्थिक वर्ष २०७६।७७ को लेखापरिक्षकको प्रतिवेदन सहित वासलात, नाफा नोक्सान हिसाव तथा नगद प्रवाह विवरण सहितको वित्तिय विवरण पारित गरेको छ । नेपाल धितोपत्र बोर्डबाट धितोपत्र निष्काशन तथा विक्रि प्रबन्धक, धितोपत्र प्रत्याभूति कर्ता (अण्डर राइटर) शेयर रजिष्ट्रार तथा लगानी व्यवस्थापन (पोर्टफोलियो म्यानेजमेन्ट) को काम गर्ने साथै डि-म्याट खाता खोल्ने, शेयरहरु अभौतिकीकरण गर्ने, सामुहिक लगानी कोषको प्रर्वद्धन गर्ने जस्ता लगानीकर्ताहरुसँग प्रत्यक्ष सरोकारका कामहरु गर्न अनुमति प्राप्त भएको सि.वि.आई.एल. क्यापिटल लि. सिटिजन्स बैंकको सहायक कम्पनी रहेको र यो कम्पनीमा कर्मचारी संचय कोष, नागरिक लगानी कोष तथा प्रतिष्ठित उद्योगी व्यापारीहरुको सह-लगानी रहेको छ । काठमाडौं डिल्लीबजार स्थित बाटुलेघरमा संस्थाको रजिष्ट्रर कार्यालय रहेको छ र यहीबाट नै मर्चेन्ट बैंकिङ्ग सम्बन्धी सम्पूर्ण सेवाहरु प्रदान गर्दै आएको छ ।

समता लघुवित्तको पुस ५ गतेदेखि बुक क्लोज, साधारणसभामा जाँदै

काठमाडौं । समता लघुवित्त वित्तीय संस्थाको आगामी पुस ५ गतेदेखि बुक क्लोज हुने भएको छ । संस्थाले साधारण सभामा जाने प्रयोजनको लागि सो दिनदेखि पुस १४ गतेसम्म बुक क्लोज गर्न लागेको हो । संस्थाको सातौं वार्षिक साधारणसभामा आगामी पुस १४ गते बस्दै छ । सभा सो दिन बिहान १०ः३० बजे बाराको सिमरास्थित होटल क्लासिकमा बस्ने भएको हो । उक्त निर्णय मंसिर १९ गते बसेको कम्पनी सञ्चालक समितिको बैठकले गरेको हो । सभाले सेयरधनीलाई .३२ प्रतिशत नगद र २० प्रतिशत बोनस सेयर गरी २६.३२ प्रतिशत लाभांश वितरण गर्ने प्रस्तावलाई पारित गर्दै छ । गत भदौ ५ गते बसेको संस्थाको सञ्चालक समितिको बैठकले सेयरधनीलाई आर्थिक वर्ष २०७६/७७ को मुनाफाबाट चुक्ता पुँजीको सो मात्राको दरले लाभांश वितरण गर्ने प्रस्ताव गरेको हो । सम्बन्धित समाचारः समता लघुवित्तले सेयरधनीलाई २६.३२ प्रतिशत लाभांश दिने

श्री इन्भेष्टमेन्ट एण्ड फाइनान्सकाे लाभांश घाेषणा

काठमाडौं । श्री इन्भेष्टमेन्ट एण्ड फाइनान्स कम्पनीले गत आर्थिक वर्षको लाभांश घोषणा गरेको छ । कम्पनीले आर्थिक वर्ष २०७६/७७ को नाफाबाट सेयरधनीलाई चुक्ता पुँजीको १०.५३ प्रतिशत लाभांश वितरण गर्ने घोषणा गरेको हो । मंसिर १८ गते बसेको कम्पनी सञ्चालक समितिको बैठकले उक्त प्रस्ताव गरेको हो । बैठकले गत आवको नाफाबाट सेयरधनीलाई चुक्ता पुँजीको ७.३७ प्रतिशत बोनस र ३.१६ प्रतिशत नगद गरी १०.५३ प्रतिशत लाभांश वितरण गर्ने प्रस्ताव गरेको हो । कम्पनीको प्रस्तावलाई नेपाल राष्ट्र बैंकले स्वीकृत तथा कम्पनीको आगामी वार्षिक साधारणसभाले पारित गर्नुपर्छ । कम्पनीले अघिल्लो आर्थिक वर्ष २०७५/७६ को नाफाबाट सेयरधनीलाई १३ प्रतिशत लाभांश (२.३५ प्रतिशत बोनस र १०.६५ प्रतिशत नगद) वितरण गरेको थियो ।