रिलायन्स फाइनान्सले दुर्घटना बीमा सहित १८ प्रकारका घातक रोगको आर्थिक सुरक्षा दिने

<p>काठमाडौं । रिलायन्स फाइनान्सले आफ्ना ग्राहकलाई दुर्घटना बीमा सहित १८ प्रकारका घातक रोगको आर्थिक सुरक्षा दिने भएको छ । फाइनान्सले ल्याएको “रिलायन्स स्वाबलम्बी बचत खाता” खोली कारोबार गरेका ग्राहकलाई उक्त सेवा सुविधा दिने भएको हो । संस्थाले सगरमाथा इन्स्योरेन्स कम्पनीको सहकार्यमा ३ लाख रुपैयाँसम्मको दुर्घटना बीमा तथा एक लाख रुपैयाँसम्मको १८ प्रकारका घातक रोगहरुको वीमा [&hellip;]</p>

काठमाडौं । रिलायन्स फाइनान्सले आफ्ना ग्राहकलाई दुर्घटना बीमा सहित १८ प्रकारका घातक रोगको आर्थिक सुरक्षा दिने भएको छ । फाइनान्सले ल्याएको “रिलायन्स स्वाबलम्बी बचत खाता” खोली कारोबार गरेका ग्राहकलाई उक्त सेवा सुविधा दिने भएको हो ।

संस्थाले सगरमाथा इन्स्योरेन्स कम्पनीको सहकार्यमा ३ लाख रुपैयाँसम्मको दुर्घटना बीमा तथा एक लाख रुपैयाँसम्मको १८ प्रकारका घातक रोगहरुको वीमा उपचार सुविधा उपलब्ध गराउने भएको हो ।

उक्त सम्झौता पत्रमा सगरमाथा इन्स्योरेन्स कम्पनीका तर्फबाट प्रमुख कार्यकारी अधिकृत चंकी क्षेत्री तथा रिलायन्स फाईनान्सको तर्फबाट अनिल श्रेष्ठले हस्ताक्षर गरि संझौता पत्र एक अर्कालाई हस्तान्तरण गरेका हुन् ।

संस्थाले आफ्नो ११औं बार्षिक दिवसको अवसरमा विभिन्न सरकारी गैर सरकारी तथा निजि कम्पनीहरुमा कार्यरत कर्मचारीहरु लगायत सर्वसाधारणलाई लक्षित गरि उक्त खाता सञ्चालनमा ल्याएको हो ।

Share News