श्री इन्भेष्टमेन्ट एण्ड फाइनान्सकाे लाभांश घाेषणा

<p>काठमाडौं । श्री इन्भेष्टमेन्ट एण्ड फाइनान्स कम्पनीले गत आर्थिक वर्षको लाभांश घोषणा गरेको छ । कम्पनीले आर्थिक वर्ष २०७६/७७ को नाफाबाट सेयरधनीलाई चुक्ता पुँजीको १०.५३ प्रतिशत लाभांश वितरण गर्ने घोषणा गरेको हो । मंसिर १८ गते बसेको कम्पनी सञ्चालक समितिको बैठकले उक्त प्रस्ताव गरेको हो । बैठकले गत आवको नाफाबाट सेयरधनीलाई चुक्ता पुँजीको ७.३७ प्रतिशत [&hellip;]</p>

काठमाडौं । श्री इन्भेष्टमेन्ट एण्ड फाइनान्स कम्पनीले गत आर्थिक वर्षको लाभांश घोषणा गरेको छ । कम्पनीले आर्थिक वर्ष २०७६/७७ को नाफाबाट सेयरधनीलाई चुक्ता पुँजीको १०.५३ प्रतिशत लाभांश वितरण गर्ने घोषणा गरेको हो ।

मंसिर १८ गते बसेको कम्पनी सञ्चालक समितिको बैठकले उक्त प्रस्ताव गरेको हो । बैठकले गत आवको नाफाबाट सेयरधनीलाई चुक्ता पुँजीको ७.३७ प्रतिशत बोनस र ३.१६ प्रतिशत नगद गरी १०.५३ प्रतिशत लाभांश वितरण गर्ने प्रस्ताव गरेको हो ।

कम्पनीको प्रस्तावलाई नेपाल राष्ट्र बैंकले स्वीकृत तथा कम्पनीको आगामी वार्षिक साधारणसभाले पारित गर्नुपर्छ ।

कम्पनीले अघिल्लो आर्थिक वर्ष २०७५/७६ को नाफाबाट सेयरधनीलाई १३ प्रतिशत लाभांश (२.३५ प्रतिशत बोनस र १०.६५ प्रतिशत नगद) वितरण गरेको थियो ।

Share News