आशा लघुवित्तको लेखा तथा कर्जा जोखिम व्यवस्थापन तालिम सम्पन्न

<p>काठमाडाैं । आशा लघुवित्त वित्तीय संस्थाले शाखा कार्यालयहरुमा कार्यरत कर्मचारीहरुको क्षमता अभिवृद्धि गर्ने उद्देश्यले २ दिने लेखा तथा कर्जा जोखिम व्यवस्थापन तालिम सम्पन्न गरेको छ । आइतबार र साेमबार बोडे भक्तपुरमा आयोजित तालिम कार्यक्रममा देशभर संचालित ५५ वटा शाखा कार्यालयहरुमा कार्यरत ५५ जना फिल्ड कर्मचारीहरुको सहभागीता रहेको थियो । संस्थाका प्रमुख कार्यकारी अधिकृत बद्री प्रसाद [&hellip;]</p>

काठमाडाैं । आशा लघुवित्त वित्तीय संस्थाले शाखा कार्यालयहरुमा कार्यरत कर्मचारीहरुको क्षमता अभिवृद्धि गर्ने उद्देश्यले २ दिने लेखा तथा कर्जा जोखिम व्यवस्थापन तालिम सम्पन्न गरेको छ । आइतबार र साेमबार बोडे भक्तपुरमा आयोजित तालिम कार्यक्रममा देशभर संचालित ५५ वटा शाखा कार्यालयहरुमा कार्यरत ५५ जना फिल्ड कर्मचारीहरुको सहभागीता रहेको थियो ।

संस्थाका प्रमुख कार्यकारी अधिकृत बद्री प्रसाद दुलालले उद्घाटन गर्नुभएको कार्यक्रममा वहाले तालिम कार्यक्रमको उद्देश्यबारे प्रकाश पार्दै यस प्रकारका कार्यक्रमहरुले कर्मचारीहरुको कार्यक्षमता अभिवृद्धि हुनुका साथै मनोबल उच्च रहने विश्वास व्यक्त गरे ।

कार्यक्रममा जोखिम व्यवस्थापन सम्बन्धी तालिम भोज राज बश्यालले तथा धितो कर्जा मुल्याङ्कन प्रक्रिया सम्बन्धी लेखनाथ दाहालले प्रशिक्षण दिएका थिए । साथै उक्त कार्यक्रममा आशा लघुवित्त वित्तीय संस्थाका विभागीय प्रमुखहरु विजेन्द्र चौधरी ,रबिन खतिवडा, दिपेन्द्र खनाल तथा रामकृष्ण न्यौपानेले संस्थाको आन्तरिक नियन्त्रण प्रणाली तथा आन्तरिक व्यवस्थापन सम्बन्धमा प्रस्तुति गरे भने जिवसन धामीले सुचना प्रविधी सम्बन्धी तालीम प्रदान गरेका थिए ।

नेपाल राष्ट्र बैंकबाट ‘घ‘ वर्गको वित्तीय संस्थाका रुपमा स्वीकृति प्राप्त आशा लघुवित्त वित्तीय संस्थाले ‘‘बिपन्नका निम्ति आशा‘‘ भन्ने मुल नाराका साथ ककनी – ६ नुवाकोटमा केन्द्रीय कार्यालय स्थापना गरी २०७३ भाद्र १५ गतेबाट कारोबार शुरु गरेको हो । हालसम्म यस वित्तीय संस्थाले २९ वटा जिल्लाहरुका ५५ शाखा कार्यालयहरु मार्फत करीब ६० हजार सदस्यहरुलाई वित्तीय सेवा उपलब्ध गराउँदै आएको छ । संस्थाको हालसम्म करीब ३ अर्ब २५ करोड कर्जा लगानीमा रहेको तथा सदस्यहरुबाट १ अर्ब ७ करोड भन्दा बढी निक्षेप संकलन गरेको छ ।

Share News