घरेलु लघुवित्तले भुक्तानी गर्याे बीमा दावी रकम
काठमाडाैं । घरेलु लघुवित्त वित्तीय संस्थाकाे शाखा कार्यालय फेटा, बाराले सदस्य हिरामती देवीको श्रीमानकाे बीमा दावी रकम भुक्तानी गरेको छ । संस्थाले बारा जिल्ला कलैया उपमहानगरपालिका वडा नं. ०९ का केन्द्र नं. २६ कि सदस्य देवीको श्रीमान दशैंसा तुरहाको मृत्यू पश्चात काजक्रिया खर्च बापतको बीमाको रकम उपलब्ध गराएकाे हो । देवीले संस्थाबाट ६० हजार कर्जा लिएकोमा निज सदस्यको श्रीमानको मृत्यू पश्चात संस्थाको नियमानुसार दिइने काजक्रिया खर्च ५ हजार बराबरको काजक्रिया खर्च रकम संस्थाका शाखा प्रबन्धक सरोज कुमार महतोले प्रदान गरेका थिए । संस्थाले आफना ग्राहक सदस्यहरुको हित तथा संरक्षण गर्न र ग्राहक सदस्यहरुलाई आपतकालिन अवस्थामा सहयोग पुर्याउने उदेश्य अनुरुप आवश्यकता अनुसार विभिन्न कार्यक्रम तथा सहयोग रकम प्रदान गर्दै आइरहेको छ ।
रिभर फल्स पावरले आईपीओ निष्काशन गर्ने, बिक्री प्रबन्धकमा प्रभु क्यापिटल
काठमाडौं । रिभर फल्स पावर लिमिटेडले सर्वसाधारणलाई ३४ लाख ३० हजार कित्ता प्राथमिक सेयर(आईपीओ) निष्काशन गर्ने भएको छ । सो मात्राको सेयर निष्काशन गर्नको लागि कम्पनीले प्रभु क्यापिटल लिमिटेडलाई निष्काशन तथा बिक्री प्रबन्धकमा नियुक्त गरेको छ । सो नियुक्ति सम्झौतामा रिभर फल्स पावरका तर्फबाट सञ्चालक मित्रलाल श्रेष्ठ तथा प्रभु क्यापिटलका तर्फबाट प्रबन्ध संचालक दिनेश थकालीले हस्ताक्षर गरेका हुन् । रिभर फल्स पावरले संखुवासभा जिल्लाको धर्मदेवी नगरपालिकामा अवस्थित पिलुवाखोलामा १०.३ मेगावाटको आयोजना निर्माण गरिरहेको छ । यो आयोजनाको भौतिक प्रगति ६० प्रतिशत सम्पन्न भइसकेको छ ।
एफपीओ निष्काशन र लाभांश पारित गर्न मिर्मिरे लघुवित्तले बोलायो वार्षिक साधारणसभा
काठमाडौं । मिर्मिरे लघुवित्त वित्तीय संस्थाले आगामी चैत १८ गते वार्षिक साधारणसभा बोलाएको छ । संस्थाले सो दिन बिहान ११ बजेर काभ्रेपलान्चोकको बनेपास्थित पञ्चकन्या बैंन्क्वेटमा १०औं वार्षिक साधारणसभा आव्हान गरेको हो । सभाले गत आर्थिक वर्षको नाफाबाट सेयरधनीलाई लाभांश वितरण गर्ने प्रस्तावलाई पारित गर्दै छ । सञ्चालक समितिको बैठकले सेयरधनीलाई चुक्ता पुँजीको ९.१९९ प्रतिशत बोनस र ०.४८ प्रतिशत नगद लाभांश वितरण गर्ने प्रस्ताव गरेको थियो । त्यस्तै, स्वेडा लघुवित्त वित्तीय संस्थालाई प्राप्ति गर्न लागेको मिर्मिरे लघुवित्तले प्रिमियममा सेयर अर्थात एफपीओ(फर्दर पब्लिक अफरिङ्) निष्काशन गर्ने प्रस्ताव गरेको छ । स्वेडा लघुवित्तका तत्कालीन संस्थापक सेयरधनीहरुले राखेको कल्स इन एडभान्सको रकमलाई संस्थापक सेयरधनीको चुक्ता पुँजीमा समायोजन गर्न र उक्त संस्था प्राप्ती पश्चात संस्थापक सेयर र सर्वसाधारण सेयरपुँजीको अनुपात मिलान गर्ने क्रममा फरक परेको रकम एफपीओ मार्फत निष्काशन गर्न लागेको संस्थाले जनाएको छ । उक्त सभामा जाने प्रयोजनको लागि संस्थाको चैत ८ गतेदेखि चैत १८ गतेसम्म बुक क्लोज हुनेछ । यससँगै चैत ७ गतेसम्म कायम सेयरधनीहरु सभामा भाग लिन पाउनुका साथै, प्रस्तावित लाभांश पाउने छन् । सम्बन्धित समाचार मिर्मिरे लघुवित्तको लाभांश घट्यो, अब कति दिन्छ ?