काठमाडाैं । घरेलु लघुवित्त वित्तीय संस्थाकाे शाखा कार्यालय फेटा, बाराले सदस्य हिरामती देवीको श्रीमानकाे बीमा दावी रकम भुक्तानी गरेको छ ।
संस्थाले बारा जिल्ला कलैया उपमहानगरपालिका वडा नं. ०९ का केन्द्र नं. २६ कि सदस्य देवीको श्रीमान दशैंसा तुरहाको मृत्यू पश्चात काजक्रिया खर्च बापतको बीमाको रकम उपलब्ध गराएकाे हो ।
देवीले संस्थाबाट ६० हजार कर्जा लिएकोमा निज सदस्यको श्रीमानको मृत्यू पश्चात संस्थाको नियमानुसार दिइने काजक्रिया खर्च ५ हजार बराबरको काजक्रिया खर्च रकम संस्थाका शाखा प्रबन्धक सरोज कुमार महतोले प्रदान गरेका थिए ।
संस्थाले आफना ग्राहक सदस्यहरुको हित तथा संरक्षण गर्न र ग्राहक सदस्यहरुलाई आपतकालिन अवस्थामा सहयोग पुर्याउने उदेश्य अनुरुप आवश्यकता अनुसार विभिन्न कार्यक्रम तथा सहयोग रकम प्रदान गर्दै आइरहेको छ ।