जीवन बीमा कम्पनीले गैरकानुनी रुपमा एजेन्टलाई दिए ८ अर्ब ७१ करोड ऋण

काठमाडौं । जीवन बीमा कम्पनीहरुले गैरकानुनी रुपमा बीमा अभिकर्ता (एजेन्ट) लाई ८ अर्ब ७१ करोड रुपैयाँभन्दा बढी ऋण दिएका पाइएको छ । बीमा कम्पनीहरुले एजेन्टलाई ऋण दिन नपाउने कानुनी व्यवस्था भएपनि आफूहरुको व्यवसाय बढ्ने आशमा कम्पनीहरुले ऋण दिएका हुन् । अहिले संचालनमा रहेका जीवन बीमा कम्पनीहरुले कुल ८ अर्ब ७१ करोड ५० लाख २ हजार रूपैयाँ एजेन्टलाई ऋण दिएका छन् । यसरी ऋण दिनेमा नयाँदेखि पुराना र स्थापित कम्पनीहरु पनि छन् । केही कम्पनीहरुले कपाली तमसुक गरेका भरमा एजेन्टलाई ऋण दिएका छन् भने केही कम्पनीले एजेन्टले आगामी दिनमा ल्याउने बिजनेसको अनुमान गरेर आउन सक्ने कमिसनको आधारमा ऋण दिने गरेका स्रोतको भनाई छ । सम्बन्धित बीमा कम्पनी स्रोतहरुले दिएको जानकारी अनुसार एलआइसी नेपालले सबैभन्दा बढी ऋण प्रवाह गरेको छ । सो कम्पनीले एजेन्टलाई ५ अर्ब ४१ करोड ६८ लाख रुपैयाँ ऋण दिएको छ । कुन कम्पनीले कति दिएका छन् ऋण ? नेपाल लाइफ: १ अर्ब ८३ करोड ३७ लाख १९ हजार नेशनल लाइफ: ४१ करोड ६९ लाख ५७ हजार गुराँस लाइफ: ३ करोड ११ लाख ४८ हजार एलआईसी नेपाल: ५ अर्ब ४१ करोड ६८ लाख ७२ हजार सन नेपाल लाइफ: ३ करोड २५ लाख ९९ हजार ज्योति लाइफ: ३ करोड ३१ लाख ३९ हजार युनियन लाइफ: २३ करोड ३ लाख ३६ हजार प्राइम लाइफ: १० करोड ६४ लाख ६५ हजार सानिमा लाइफ: ५८ लाख ८२ हजार रिलायन्स लाइफ: ६ करोड ७ लाख ६४ हजार सूर्या लाइफ: १६ करोड ३ लाख ४२ हजार एसियन लाइफ: १० करोड ३५ लाख ९ हजार मेट लाइफ: ३ करोड ३८ लाख ५७ हजार सिटिजन लाइफ: ६ करोड २६ लाख ६३ हजार महालक्ष्मी लाइफ: ६ करोड १५ लाख ४१ हजार आइएमई लाइफ: ६ करोड ६० लाख ८ हजार प्रभु लाइफ: १ करोड १९ लाख ७४ हजार रिलायवल लाइफ: ४ करोड ७२ लाख ३४ हजार

गण्डकीका सबै जिल्लामा स्वास्थ्य बीमा कार्यक्रम

काठमाडाैं । गण्डकी प्रदेशका सबै जिल्लामा स्वास्थ्य बीमा कार्यक्रम सञ्चालन भएको छ । प्रदेशका ११ जिल्लामध्ये स्वास्थ्य बीमा कार्यक्रम सञ्चालन हुन बाँकी हिमालपारिका जिल्ला मनाङ र मुस्ताङमा बुधबारदेखि सो कार्यक्रम सञ्चालनमा आएको स्वास्थ्य बीमा बोर्ड गण्डकी प्रदेशका संयोजक जीवलाल खरेलले जानकारी दिए । प्रदेशमा हालसम्म चार लाख ७५ हजार व्यक्तिको स्वास्थ्य बीमा भइसकेको जानकारी दिँदै उहाँले यसमध्ये ६४ हजार ज्येष्ठ नागरिक रहेको बताए । उनका अनुसार सात हजार ७०० अतिविपन्न परिवारको स्वास्थ्य बीमा गरिएको छ । ज्येष्ठ नागरिक तथा अतिविपन्न परिवारको सरकारले निःशुल्क स्वास्थ्य बीमा सेवा उपलब्ध गराउँदै आएको छ ।

नबिल बैंकको नयाँ वर्ष अफर: दराजमा सामान किन्दा १५ सय रुपैयाँसम्म क्यासब्याक

काठमाडाैं । नबिल बैंकले नयाँ वर्ष २०७८ को शुभ अवधिमा ग्राहकहरुका लागि क्यास ब्याक अफर ल्याएको छ । दराजसँगको साझेदारीमा चैत २९ गते देखि बैशाख ७ गते सम्म नबिल बैंकका ग्राहकहरुले डेबिट कार्ड मार्फत सपिङ्ग गरि १५ प्रतिशत छुट वा अधिकतम १ हजारसम्म क्यासब्याक र क्रेडिट कार्ड मार्फत सपिङ्ग गरि २० प्रतिशत छुट वा अधिकतम १५ सय रुपैयाँ क्यासब्याक प्राप्त गर्ने छन् । सन् १९८४ देखि आफ्ना सम्माननीय ग्राहकहरुलाई समायनुकुल सेवा प्रदान गर्दै आएको यस नबिल बैंकको ११९ शाखा, १७५ एटिएम र १५०० भन्दा बढि नबिल रेमिट एजेन्टहरु रहेको नबिल बैंकले नेपाली बैंकिङ्ग क्षेत्रमा नविनतम् सेवाको शुरुवात गर्न अग्रणी भूमिका खेल्नुका साथै नेपालको बैंकिङ्ग विकासको ईतिहासमा कोसेढुङ्गाको रुपमा काम गर्दै आएको छ ।