नेपाल बङ्गलादेश क्यापिटलको महाप्रबन्धकमा महत नियुक्त, १६ वर्षको बैंकिङ अनुभव

काठमाडौं । नेपाल बङ्गलादेश क्यापिटल लिमिटेडको नायब महाप्रबन्धक पदमा राम कुमार महत नियुक्त भएका छन् । उनी २०७८ बैशाख २ गते महाप्रबन्धकमा नियुक्त भएका हुन् । महतसँग मर्चेन्ट बैंकिङ्ग क्षेत्रमा विगत १६ बर्ष देखि काम गरेको अनुभब रहेको छ । नेपाल बङ्गलादेश बैंक लि.को सहायक कम्पनी रहेको नेपाल बङ्गलादेश क्यापिटल लि. नेपालको पूँजि बजारमा शेयर रजिष्ट्रार, लगानी व्यवस्थापन, शेयर निष्काशन तथा बिक्री प्रबन्धक, प्रत्याभुती तथा संस्थागत परामर्शदाताका रुपमा कार्य गर्दे आएको छ । यो कम्पनी रजिष्ट्रारको कार्यालयमा पब्लिक कम्पनीको रुपमा दर्ता प्रमाणपत्र प्राप्त गरी विधिवत रुपमा कानूनी अस्तित्व प्राप्त गरेर धितोपत्र सम्बन्धी ऐन तथा सो अन्तर्गत बनेका नियम, निर्देशिका तथा अन्य प्रचलित कानुनको अधीनमा रही धितोपत्र व्यवसायी (मर्चेन्ट बैंकर) को रुपमा कारोबार गर्न अनुमति प्राप्त संस्था हो ।

“एनआईबिएल समृद्धि फण्ड-२” सञ्चालन गर्न धितोपत्र बोर्डबाट अनुमति, वार्षिक २१.४३ प्रतिशत लाभांश पाइने

काठमाडौं । नेपाल इन्भेष्टमेन्ट बैँकको सहायक कम्पनी एनआईबिएल एस क्यापिटल लिमिटेडले “एनआईबिएलसमृद्धि फण्ड (२” नामको बन्दमुखी योजना संचालन गर्न अनुमति पाएको छ । कम्पनीले नेपाल धितोपत्रबोर्डबाट पाएको सो बन्दमुखी योजना सञ्चालन गर्न अनुमति पाएको हो । कम्पनीले १ अर्ब २० करोड रुपैयाँको रहेको यो “एनआईबिएलसमृद्धि फण्ड-२” १० वर्षको अवधिसम्म रहने जनाएको छ । प्रतिइकाई मूल्य रु.१० दरको १२ करोड इकाई मध्ये बीज पूँजीबापत १० लाख इकाई योजना ब्यवस्थापक तथा न्यूनतम २ करोड ३० लाख इकाई कोष प्रबद्र्धकका लागि गरी कुल निष्काशन गरिने इकाईको जम्मा २० प्रतिशतअर्थात २ करोड ४० लाख इकाई सुरक्षित राखिबाँकीन्यूनतम ९ करोड ६० लाखइकाई सर्वसाधारण लगानीकर्ताहरुका लागी बिक्री खुला गरिनेछ । यस योजनाको अवधि भर सामूहिक लगानी कोष नियमावलीे एवं निर्देशिका तथा प्रचलितनियमकानुनको अधिनमा रहि इकाई बिक्रीमार्फत संकलित रकमलाई जोखिम न्यूनिकरणका उपायहरु अपनाई विभिन्न क्षेत्र तथा वित्तीय उपकरणहरुमा लगानी गरिनेछ र सो लगानीबाट आर्जित मुनाफालाई इकाई धनीहरुलाई वार्षिक प्रतिफलको रुपमा वितरण गरिने यस योजनाको उदेश्य रहेको छ भने प्रभावकारी वार्षिक प्रतिफलको रुपमा २१.४३ प्रतिशत यस योजनाका इकाई धनीहरुलाई दिन सक्ने प्रक्षेपण गरिएको छ । साथै यस योजनाको इकाईहरु नेपाल स्टक एक्सचेन्जमा सूचिकृतभई योजनाको अवधिसम्म इकाईहरु दोश्रो बजारमाखरिद बिक्रीगर्न सकिने छ । नेपाल इन्भेष्टमेन्ट बैंक लिमिटेडले नेपालको पूँजीबजारमा सामूहिक लगानी कोष अन्र्तगत विभिन्न योजनाहरु संचालन गर्ने उदेश्यले आफु कोष प्रबद्र्धक रहि साथै बैँकको सहायक कम्पनीको रुपमा रहेको एनआईबिएल एस क्यापिटल लि. योजना ब्यवस्थापक तथा डिपोजिटरी रहने गरी “एनआईबिएलम्युचुअल फण्ड”नामको सामूहिक लगानी कोष नेपाल धितोपत्र बोर्डमा दर्ता गरी दुई वटा बन्दमुखी र एउटा खुलामुखी योजना संचालन गर्दै आईरहेको छ । “एनआईबिएलम्युचुअल फण्ड”को पहिलो योजना“एनआईबिएलसमृद्धि फण्ड -१” सफलतापूर्वक संचालनगर्दै यस योजनाका इकाई धनीहरुलाई हाल सम्मकुल ६३.५ प्रतिशत नगद लाभांश वितरण गर्न सफल रहेको छ र आगामी आर्थिक वर्षमा यस योजनाको ७ बर्ष अवधि पुरा भई योजना बन्द हुनेछ ।

लुम्बिनी जनरल इन्स्योेन्सले १० प्रतिशत लाभांश दिने

काठमाडौं । लुम्बिनी जनरल इन्स्योरेन्सले आफ्ना शेयरधनिलाई १० प्रतिशत लाभांश दिने भएको छ । बैशाख २ गते बसेको कम्पनीको वार्षिक साधारणसभाले १० प्रतिशत लाभांश प्रदान गन प्रस्तावलाई पारित गरेको हो । सञ्चालक सकितिको बैठकले ५ प्रतिशत बोनस र कर प्रयोजन सहित ५ प्रतिशत नगद गरी कुल १० प्रतिशत लाभांश वितरण गर्ने प्रस्ताव गरेको हो । बैंठकले ११ करोड ४१ लाख ८० हजार रुपैयाँ लाभांश वितरण गर्ने प्रस्ताव पारित गरेको हो । सोमध्ये ५ प्रतिशतले हुन आउने ५ करोड ७० लाख ९० हजार रुपैयाँको बोनस शेयर र ५ प्रतिशतले हुन आउने ५ करोड ७० लाख ९० हजार रुपैयाँ नगद लाभांश वितरण गर्ने जनाएको छ । प्रस्तावित लाभांश बीमा समितिको स्वीकृति र इन्स्योरेन्सको आगामी साधारणसभाले पारित गरेपछि शेयरधनीले पाउनेछन् ।