अपि पावरको हकप्रदमा आवेदन दिने म्याद थपियो
काठमाडौं । अपि पावरले हाल निष्काशन गरिरहेको हकप्रद सेयरमा आवेदन दिने म्याद थपेको छ । कम्पनीले गत जेठ २० गतेदेखि खुला गरेको हकप्रद सेयर आवेदनको अन्तिम दिन आज(अर्थात असार ९ गते) सम्मलाई तोकेको थियो । कम्पनीले आज एक सूचना जारी गर्दै हकप्रद सेयर आवेदन गर्ने म्याद ४ दिन थप गरेको छ । यससँगै गत बैशाख २८ गतेसम्म कायम सेयरधनीले असार १३ गतेसम्म कम्पनीको हकप्रदमा आवेदन दिन सक्नेछन् । कम्पनीले साविकका सेयरधनीलाई १ः०.२९३८ को अनुपातमा हकप्रद सेयर जारी हाे । कम्पनीले एक सय रुपैयाँ अंकित दरका ५६ करोड ७० लाख रुपैयाँ बराबरको ५६ लाख ७० हजार कित्ता हकप्रद सेयर निष्काशन तथा बिक्री खुला गरिरहेको छ । कम्पनीको हकप्रद सेयर निष्काशन तथा बिक्री प्रबन्धकमा मुक्तिनाथ क्यापिटल रहेको छ । हाल कम्पनीको चुक्ता पुँजी १ अर्ब ९२ करोड रुपैयाँ रहेको छ । हकप्रद सेयर निष्काशन पछि कम्पनीको चुक्ता पुँजी २ अर्ब ४९ करोड रुपैयाँ पुग्नेछ ।
लाभांश पारित गर्न सगरमाथा इन्स्योरेन्सले डाक्यो एजीएम, आर्थिक सहायताको खर्चलाई अनुमोदन गर्ने
काठमाडौं । सगरमाथा इन्स्योरेन्स कम्पनीले आगामी असार ३० गते वार्षिक साधारणसभा (एजीएम) आव्हान गरेको छ । कम्पनीले आफ्नो २४औं वार्षिक साधारण सभा सो दिन बिहान ११ बजे काठमाडौंको नक्सालस्थित कम्पनीको प्रधान कार्यालयमा भर्च्युअल माध्यमबाट गर्न लागेको हो । सभाले लाभांश वितरणसहित विभिन्न प्रस्तावलाई पारित गर्दै छ । कम्पनीले आर्थिक वर्ष २०७६/७७ को नाफाबाट सेयरधनीलाई चुक्ता पुँजीको ११ प्रतिशत बोनस र कर प्रयोजनको लागि ०.५७८९ प्रतिशत नगद लाभांश पारित गर्दै छ । हाल कम्पनीको चुक्ता पुँजी एक अर्ब १२ लाख रुपैयाँ रहेको छ । ११ प्रतिशत बोनस पछि कम्पनीको चुक्ता पुँजी १ अर्ब ११ करोड रुपैयाँ पुग्ने छ । त्यस्तै, कम्पनीबाट सामाजिक संघ संस्थालाई आर्थिक सहायता प्रदान गर्दा निर्धारित सिमा नाघेकोले सो खर्चलाई अनुमोदन गर्ने विशेष प्रस्ताव रहेको छ । कम्पनी ऐन २०६३ को दफा १०५ को उपदफा १ को खण्ड ‘ग’ ले निर्धारण गरेको सिमा नाघेकोले सो अन्तर्गत भएको खर्च १६ लाख रुपैयाँलाई अनुमोदन गर्ने कम्पनीले जानकारी गराएउको छ । उक्त सभामा जाने प्रयोजनको लागि संस्थाले आगामी असार १७ गतेदेखि असार ३० गतेसम्म बुक क्लोज गर्ने निर्णय गरेको छ । यससँगै असार १६ गतेसम्म कायम सेयरधनीले प्रस्तावित लाभांश पाउने छन् ।
मनकामना स्मार्ट लघुवित्तको आईपीओः असार १७ गतेदेखि नै भर्न पाइने, यस्तो छ कम्पनीको प्रक्षेपण
काठमाडौं । मनकामना स्मार्ट लघुवित्त वित्तीय संस्थाकाे प्राथमिक सार्वजनिक निष्काशन (आईपीओ) आगामी असार १७ गतेदेखि भर्न पाइने भएको छ । संस्थाले सो दिनदेखि ३ करोड ८९ लाख रुपैयाँ बराबरको आईपीओ निष्काशन तथा बिक्री खुला गर्न लागेको हो । लघुवित्तले प्रतिकित्ता एक सय रुपैयाँ अंकित दरका ३ लाख ८९ हजार कित्ता साधारण सेयर बिक्री गर्न लागेको हो । संस्थाले जारी पुँजी १२ करोड ११ लाख ५० हजार रुपैयाँको ३२.११ प्रतिशत सेयर निष्काशन गर्न लागेको हो । जसमध्ये जारी पुँजीको ०.५ प्रतिशत अर्थात ६ हजार ५८ कित्ता सेयर कर्मचारीहरुका लागि र कुल निष्काशनको ५ प्रतिशत अर्थात १९ हजार ४५० कित्ता सेयर सामूहिक लगानी कोषका लागि छुट्याइएको छ । र, बाँकी रहेको ३ लाख ६३ हजार ४९२ कित्ता सेयर सर्वसाधारणमा बिक्री गरिने छ । यससँगै इच्छुक लगानीकर्ताले न्यूनतम १० कित्तादेखि अधिकतम १ हजार कित्तासम्मका लागि आवेदन दिन सक्नेछन् । उनीहरुले असार १७ गतेदेखि २१ गतेसम्म मेरो सेयर मार्फत आवेदन दिन सक्नेछन् । यदि, सो अवधिसम्म माग अनुसारको आवेदन नपरेमा असार ३१ गतेसम्म सेयर बिक्री खुला गरिने संस्थाले जानकारी गराएको छ । उक्त सेयर निष्काशन तथा बिक्री प्रबन्धक एनएमबि क्यापिटल लिमिटेड रहेको छ । संस्थाले बोर्डले स्वीकृति दिएको ११ दिनको अवधिमै सेयर निष्काशन तथा बिक्री खुलाउने भएको हो । नेपाल धितोपत्र बोर्डले संस्थालाई गत असार ६ गते मात्रै सो मात्राको सेयर जारी गर्न स्वीकृति दिएको थियो । मनकामना स्मार्ट लघुवित्तले आईपीओ जारी गर्न पायो बोर्डको स्वीकृति सेयर निष्काशन गर्नको लागि इक्रा नेपालले लघुवित्तलाई ‘इक्राएनपी इस्यूअर रेटिङ्ग त्रिपल बि माइनस’ रेटिङ्ग प्रदान गरेको छ । जसले संस्थामा मध्यम क्रेडिट जोखिमका साथै समयमा वित्तीय दायित्व पुरा गर्ने सम्बन्धमा मध्यम मात्रामा सुरक्षित रहेको जनाउँछ । उक्त रेटिङ्गको अवधि जारी मितिबाट एक वर्षसम्म हुने छ । प्रतिसेयर आम्दानी र नेटवर्थ त्यस्तै, आर्थिक वर्ष २०७६/७७ मा संस्थाको प्रतिसेयर आम्दानी ६.८५ रुपैयाँ र प्रतिसेयर नेटवर्थ ११०.८४ रुपैयाँ रहेको छ । चालु आव २०७७/७८ मा प्रतिसेयर आम्दानी २६.५१ रुपैयाँ र प्रतिसेयर नेटवर्थ १३२.८८ रुपैयाँ कायम हुने संस्थाको प्रक्षेपण रहेको छ । त्यस्तै, आगामी आव २०७८/७९ मा उक्त रकम बढेर क्रमशः ५३.४० रुपैयाँ र १८३.८१ रुपैयाँ पुग्ने संस्थाले प्रक्षेपण गरेको छ । सञ्चित नाफा त्यसैगरी, गत आर्थिक वर्षमा ४६ लाख २२ रुपैयाँ सञ्चित नाफा कमाएको संस्थाले चालु आवमा २ करोड ९६ रुपैयाँ कमाउने प्रक्षेपण गरेको छ । त्यस्तै, उक्त रकम बढेर आगामी आव अर्थात आव २०७८/७९ मा ७ करोड ८८ लाख ४० हजार रुपैयाँ र आव २०७९/८०मा १५ करोड ७३ लाख पुग्ने कम्पनीले अनुमान गरेको छ ।