ग्लोबल आइएमई लघुवित्तद्वारा बाढीपिडित र काेराेना प्रभावित सदस्यलाई ३२ लाख सहयाेग

<p>काठमाडाैं । ग्लोबल आइएमई लघुवित्तले ग्राहक सदस्यहरुलाई करिब ३२ लाख नगद सहयोग प्रदान गरेकाे छ । संस्थाले देशका विभिन्न स्थानहरुमा भएको दैविक विपत्तीमा परेका आफ्ना सदस्यहरुलाई कुल ३१ लाख ६३ हजार ४५० रुपैयाँ सहयोग वितरण गरेको हाे । जसमध्ये मनाङ र मेलम्चीको बाढी पहिरोबाट प्रभावित सदस्यहरुलाई ५ लाख १९ हजार तथा कोरोना भाईरसको संक्रमणबाट प्रभावित सदस्यहरुलाई [&hellip;]</p>

काठमाडाैं । ग्लोबल आइएमई लघुवित्तले ग्राहक सदस्यहरुलाई करिब ३२ लाख नगद सहयोग प्रदान गरेकाे छ । संस्थाले देशका विभिन्न स्थानहरुमा भएको दैविक विपत्तीमा परेका आफ्ना सदस्यहरुलाई कुल ३१ लाख ६३ हजार ४५० रुपैयाँ सहयोग वितरण गरेको हाे ।

जसमध्ये मनाङ र मेलम्चीको बाढी पहिरोबाट प्रभावित सदस्यहरुलाई ५ लाख १९ हजार तथा कोरोना भाईरसको संक्रमणबाट प्रभावित सदस्यहरुलाई औषधोपचार खर्च बापत रकम २६ लाख ४४ हजार ४५० रुपैयाँ सहयोग वितरण भएको प्रमुख कार्यकारी अधिकृत हरिकृष्ण जोशीले जानकारी दिए ।

संस्थाले १०२ वटा शाखा कार्यालयहरु मार्फत १ लाख २५ हजार ३८४ जना सदस्यहरुलाई सेवा दिदै आईरहेको छ । यसै गरी ६५ हजार ४३९ जना ऋणी सदस्यहरुलाई करिब ६ अर्ब १५ कर्जा लगानि गरेको छ भने २ अर्ब ६ करोड बचत सकंलन गरेको छ ।

Share News