पैसा नभएकाे चेक दिने निता भण्डारी पक्राउ, १० लाख जरिवाना तिर्नुपर्ने

<p>काठमाडाैं । बैंकिङ्ग कसूर मुद्दाकी फरार प्रतिवादी निता भण्डारी पक्राउ परेकी छिन् । हात्तिगाैडाकी ४५ वर्षीय श्रेष्ठ ३ महिनापछि लुकिछिपी रहेको अवस्थामा पक्राउ परेकी हुन् । उच्च अदालत पाटनको २०७८ बैशाख ६ गतेको फैसलाले उक्त मुद्दामा चार दिन कैद र १० लाख रूपैयाँ जरिवाना ठहर भएकोमा उक्त सजाय बेरुजू रही भण्डारी फरार हुँदै आएकी थिइन् । भण्डारीले [&hellip;]</p>

काठमाडाैं । बैंकिङ्ग कसूर मुद्दाकी फरार प्रतिवादी निता भण्डारी पक्राउ परेकी छिन् । हात्तिगाैडाकी ४५ वर्षीय श्रेष्ठ ३ महिनापछि लुकिछिपी रहेको अवस्थामा पक्राउ परेकी हुन् ।

उच्च अदालत पाटनको २०७८ बैशाख ६ गतेको फैसलाले उक्त मुद्दामा चार दिन कैद र १० लाख रूपैयाँ जरिवाना ठहर भएकोमा उक्त सजाय बेरुजू रही भण्डारी फरार हुँदै आएकी थिइन् ।

भण्डारीले आफ्नो खातामा पर्याप्त मौज्दात रकम नभएको भन्ने जानी-जानी झुक्यानमा पारी चेक काटी पीडितलाई दिएकोमा बैंकिङ्ग कसूरजन्य अपराध गरेको ठहर भएको थियो ।

Share News