आत्मनिर्भर लघुवित्तले पनि आईपीओ ल्याउँदै, बिक्री प्रबन्धकमा सनराइज क्यापिटल
काठमाडौं । आत्मनिर्भर लघुवित्त वित्तीय संस्थाले पनि सर्वसाधारणमा प्राथमिक सार्वजनिक निष्काशन(आईपीओ) जारी गर्ने भएको छ । दाङको घोराहीमा रजिष्ट्रार कार्यालय रहेको संस्थाले एक लाख ८० हजार कित्ता आईपीओ जारी गर्न लागेको हो । सो प्रयोजनको लागि संस्थाले सेयर निष्काशन तथा बिक्री प्रबन्धकमा काठमाडौंको कमलपोखरीस्थित रहेको सनराइज क्यापिटललाई नियुक्त गरेको छ । सो नियुक्ति सम्बन्धि द्धिपक्षीय सम्झौतामा लघुवित्तको तर्फवाट प्रमुख कार्यकारी अधिकृत सौगत बीर चौधरी तथा सनराइज क्यापिटलको तर्फवाट प्रमुख कार्यकारी अधिकृत बिजयलाल श्रेष्ठले हस्ताक्षर गरेका हुन् ।
ग्लोबल आइएमई बैंकले तानसेन नगरपालिकाका किसानलाई सहुलियतपूर्ण कर्जा दिने
काठमाडाैं । ग्लोबल आइएमई बैंक र तानसेन नगरपालिकाबीच कृषि अनुदान कर्जामा साना किसानको पँहुच बढाउनको लागि समझदारी पत्रमा हस्ताक्षर भएको छ । ग्लोबल आइएमई बैंक तथा तानसेन नगरपालिकाको अगुवाईमा हेफर इन्टरनेशनल नेपाल एवम् ग्रामीण आर्थिक विकास संघसँगको समन्वयमा कृषि अनुदान कर्जा सम्बन्धि समझदारी पत्रमा हस्ताक्षर भएको हो । बैंकको तर्फबाट लुम्बिनी प्रादेशिक कार्यालयका उप–प्रमुख जोगलाल भुषाल र तानसेन शाखाका शाखा प्रबन्धक विर बहादुर सारु तथा तानसेन नगरपालिकाका मेयर अशोक कुमार शाहीले उक्त समझदारी पत्रमा हस्ताक्षर गरेका छन् । सम्झौता अनुसार ग्लोबल आइएमई बैंकले तानसेन नगरपालिकाको विभिन्न ठाउँहरुमा बाख्रापालन, डेरी, तरकारी खेती, कुखुरापालन, बङ्गुरपालन, माछापालन तथा विभिन्न फलफूलहरुको उत्पादन गर्ने कृषकहरुलाई नगरपालिकाको सिफारिसमा सहुलियतपूर्ण कर्जा उपलब्ध गराउनेछ भने उद्यमशील कृषकहरुलाई तानसेन नगरपालिकाको समन्वयमा ग्रामीण आर्थिक विकास संघको सहजिकरणमा हेफर इन्टरनेशनल नेपालले तालिम तथा प्राविधिक सहयोग प्रदान गर्नेछ । मुलुकभर तथा मुलुक बाहिर शाखा सञ्जाल रहेको ग्लोबल आइएमई बैंकले बैंकिङ्ग सेवाको पहुँच पु¥याउने उद्देश्यले ७६ जिल्लामा २७३ शाखा, २४८ एटीएम, २५७ शाखा रहित बैंकिङ्ग सेवा, ४७ एक्सटेन्सन तथा राजश्व संकलन काउन्टर तथा ३ वटा वैदेशिक प्रतिनिधि कार्यालयसमेत गरी ८०० भन्दा बढि सेवा केन्द्रबाट ग्राहकवर्गलाई सेवा प्रदान गरिरहेको छ । ‘सबैका लागि बैंक’ भन्ने नाराका साथ बैंकले २३ लाख भन्दा बढि ग्राहकहरू माझ सेवा प्रदान गर्दै आइरहेको छ । त्यसैगरी बैंकले संयुक्त राज्य अमेरिका, संयुक्त अधिराज्य, क्यानडा, अष्ट्रेलिया, मलेसिया, दक्षिण कोरिया, जापान, साउदी अरेबिया, कतार, युएई, बहराइन, कुवेत, भारत, जोर्डन, हङकङ लगायतका मुलुकबाट रेमिट्यान्स भि¥याउँदै देशको अर्थ व्यवस्थामा महत्वपूर्ण योगदान पुर्याउँदै आइरहेको छ ।
मनकामना स्मार्ट लघुवित्तको सेयर कारोबार आज पनि नहुने
काठमाडौं । दोस्रो बजारमा मनकामना स्मार्ट लघुवित्त वित्तीय संस्थाको सेयर कारोबार आज पनि नहुने भएको छ । सोमबार जस्तै मंगलबार पनि स्पेसल प्री ओपनिङको समयमा सेयर म्याचिङ नभएकाेले साउन १९ गतेको नियमित समयमा पनि संस्थाको सेयर कारोबार नहुने भएको हो । जुनसुकै कम्पनीको सेयर दोस्रो बजारमा स्पेसल प्री ओपन सेसनमा म्याचिङ भएपछिमात्र नियमित समयमा कारोबार हुने व्यवस्था रहेको छ । यदि म्याचिङ भएन भने सो दिन कारोबार हुँदैन र अर्को दिनको प्री ओपनिङमा म्याचिङ भएपछि मात्रै उक्त संस्थाको नियमित सेयर कारोबार हुने छ । यससँगै मंगलबार नियमित समयमा कारोबार नभएको यस संस्थाको बुधबार पनि स्पेसल प्री ओपन सेसनमा कारोबार म्याच भएपछि मात्रै नियमित समयमा कारोबार हुने छ । संस्थाको गत साउन १७ गते मात्र नेप्सेमा सूचीकरण भएको थियो । सूचीकरण भएको दोश्रो दिनदेखि दोश्रो बजारमा कारोबार गराउने व्यवस्था रहेको छ । पहिलो कारोबारको लागि नेप्सेले प्रतिकित्ता न्यूनतम ११०(८४ रुपैयाँदेखि अधिकतम ३३२.५२ रुपैयाँसम्म ओपनिङ रेञ्ज तोकिदिएको छ । यससँगै, संस्थाको पहिलो कारोबार यो रकम भित्र हुनुपर्ने छ । यसको संकेत ‘एमकेएलबी’ रहेको छ ।