नेष्डो समृद्ध लघुवित्तको छलाङ, नाफा बढेसँगै ईपीएस ८८.५६ रुपैयाँ पुग्यो
काठमाडौं । नेष्डो समृद्ध लघुवित्त वित्तीय संस्थाको चालु आर्थिक वर्षको पहिलो त्रैमासमा खुद नाफा ११.३० प्रतिशत बढेर ५ करोड ६४ लाख ६२ हजार रुपैयाँ आर्जन गरेको छ । गत आर्थिक वर्षको सोही अवधिमा लघुवित्तले ५ करोड ७ लाख २८ हजार रुपैयाँ खद नाफा आर्जन गरेको थियो । समिक्षा अवधिमा लघुवित्तको खुद ब्याज आम्दानी १०.५३ प्रतिशत बढेर ९ करोड ९८ लाख रुपैयाँ र सञ्चालन नाफा ११.३० प्रतिशत बढेर ८ करोड ९६ लाख २२ हजार रुपैयाँ रहेको छ । असोज मसान्तसम्ममा लघुवित्तको चुक्ता पूँजी ४८.१५ प्रतिशत बढेर २५ करोड ५० लाख रुपैयाँ, जगेडा कोष ३१.१० प्रतिशत बढेर ६३ करोड ७ लाख ४५ हजार रुपैयाँ, सापटी १४.९९ प्रतिशत बढेर ४० करोड ८३ लाख रुपैयाँ, निक्षेप १०.९१ प्रतिशत बढेर २ अर्ब ५५ करोड २५ लाख रुपैयाँ र कर्जा १९ प्रतिशत बढेर ४ अर्ब ७० करोड ५६ लाख रुपैयाँ पुगेको छ । लघुवित्तको नाफा बढेसँगै प्रतिसेयर आम्दानी पनि बढेको छ । समिक्षा अवधिमा लघुवित्तको प्रतिसेयर आम्दानी ८८ रुपैयाँ ५६ पैसा रहेको छ भने प्रतिसेयर नेटवर्थ भने ३४७ रुपैयाँ ३२ पैसा छ ।
गुराँस लघुवित्तका अधिकांश सूचकमा गिरावट, नाफा र ईपीएस दुवै ऋणात्मक
काठमाडौं । गुराँस लघुवित्त वित्तीय संस्थाको चालु आर्थिक वर्षको पहिलो त्रैमासमा ६० लाख २२ हजार रुपैयाँ नोक्सानीमा रहेको छ । गत आर्थिक वर्षको सोही अवधिमा लघुवित्तले ३१ लाख ६३ हजार रुपैयाँ खुद नाफा आर्जन गरेको थियो । खुद ब्याज आम्दानी र अन्य सञ्चालन आम्दानी आम्दानी लगायतका सूचकमा गिरावट आएसँगै लघसवित्तले नोक्सानी व्यहोर्न पुगेको हो । समीक्षा अवधिमा लघुवित्तको खुद ब्याज आम्दानी ६३.४१ प्रतिशत घटेर ५९ लाख रुपैयाँ, अन्य सञ्चालन आम्दानी २३.६३ प्रतिशत घटेर ६२ लाख रुपैयाँ, कुल सञ्चालन आम्दानी ४९.५० प्रतिशत घटेर १ करोड २४ लाख रुपैयाँ र सञ्चालन नाफा ६० लाख २२ हजार रुपैयाँ ऋणात्मक रहेको छ । चालु आर्थिक वर्षको असोज मसान्तसम्ममा लघुवित्तको चुक्ता पूँजी १६.९१ प्रतिशत बढेर ९ करोड ७५ लाख रुपैयाँ, जगेडा कोष ३७.१३ प्रतिशत घटेर २ करोड ६७ लाख रुपैयाँ, सापटी ०.८६ प्रतिशत बढेर ८२ करोड ७७ लाख रुपैयाँ, निक्षेप ३६.९८ प्रतिशत बढेर ३१ करोड १० लाख रुपैयाँ र कर्जा १०.३२ प्रतिशत बढेर १ अर्ब २४ करोड ५६ लाख रुपैयाँ पुगेको छ । नाफासँगै लघुवित्तको प्रतिसेयर आम्दानी पनि ऋणात्मक भएको छ । लघुवित्तको प्रतिसेयर आम्दानी २४ रुपैयाँ ७१ पैसा ऋणात्मक रहेको छ । गत वर्षको सोही अवधिमा लघुवित्तको प्रतिसेयर आम्दानी १५.१७ रुपैयाँ थियो । लघुवित्तको प्रतिशेयर नेटवर्थ १२७ रुपैयाँ ४३ पैसा रहेको छ । लघुवित्तको खराब कर्जा ३.९५ प्रतिशत, कस्ट अफ फण्ड १०.४९ प्रतिशत छ ।
नेशनल लाइफको ‘लिडर्स नाईट वीथ पारस खड्का’ कार्यक्रम सम्पन्न
काठमाडौं । नेशनल लाईफ इन्स्योरेन्स कम्पनीले गरेको ुलिडर्स नाईट वीथ पारस खड्काु कार्यक्रम सम्पन्न गरेको छ । अभिकर्ताको लागि सम्पन्न गरेको गरेको उक्त ३ दिने कार्यक्रममा सेल्स मोटिभेसन तथा स्कील डेभलपमेण्ट सम्वन्धमा प्रशिक्षण दिइएको थियो । देशैभरीबाट उत्कृष्ठ व्यवसाय गरी योजनामा छनौट हुन सफल भएका करिब १०० जना बरिष्ठ अभिकर्ताकहरुको सहभागिता रहेको उक्त कार्यक्रममा चर्चित मोटिभेसनल प्रशिक्षक सौरभ लोहनी दिएका हुन् । यस्तै कार्यक्रममा अभिकर्ताहरुको परिश्रम र मेहनतको कदर गर्दै उनीहरुलाई सम्मान पनि गरिएको थियो । कार्यक्रमका प्रमुख अतिथि एवं कम्पनीका ब्राण्ड एम्बेसडर पारस खड्काले नेशनल लाईफ इन्स्योरेन्ससँग आवद्ध भई कार्यक्रममा सहभागी हुन पाउँदा खुशी लागेको बताएका थिए ।