अजोड इन्स्योरेन्सले गर्याे अधिकांश सूचकमा प्रगति, नाफा र बीमा शुल्क बढायो

काठमाडौं । अजोड इन्स्योरेन्स कम्पनीले चालु आर्थिक वर्षको पहिलो त्रैमासमा खुद नाफा १५ प्रतिशत बढेर १ करोड २७ करोड लाख रुपैयाँ आर्जन गरेको छ । गत आर्थिक वर्षको सोही अवधिमा कम्पनीले १ करोड १० लाख रुपैयाँ खुद नाफा कमाएको यस कम्पनीले चालु आर्थिक वर्षमो आर्जन गरेको थियो । चालु आर्थिक वर्षको असोज मसान्तसम्ममा कम्पनीको खुद बीमा शुल्क ६७ प्रतिशत बढेर १७ करोड ३३ लाख रुपैयाँ आर्जन गरेका छ । गत आर्थिक वर्षको सोही अवधिमा कम्पनीले १० करोड ३५ लाख रुपैयाँ खुद बीमा शुल्क आर्जन गरेको थियो । समिक्षा अवधिमा कम्पनीको कुल बीमा शुल्क ४ अर्ब ६० करोड रुपैयाँ आर्जन गरेको छ , गत आर्थिक वर्षको सोही अवधिमा कम्पनीले ४ अर्ब १४ करोड रुपैयाँ कुल बीमा शुल्क आर्जन गरेको थियो । इन्स्योरेन्स कम्पनीको चुक्ता पूँजी १ अर्ब रुपैयाँ, जगेडा कोष १६ करोड ३१ लाख रुपैयाँ, बीमा कोष १७ करोड ७३ लाख रुपैयाँ र महाविपत्ती कोष १ करोड ५६ लाख रुपैयाँ रहेको छ । असोज मसान्तसम्ममा कम्पनीले ८ करोड ७० लाख रुपैयाँ खुद दाबी भुक्तानी गरेको छ । गत आर्थिक वर्षको सोही अवधिमा कम्पनीले ६ करोड ६८ लाख रुपैयाँ दाबी भुक्तानी गरेको थियो । समिक्षा अवधिमा कम्पनीको प्रतिसेयर आम्दानी ५ रुपैयाँ ८ पैसा रहेको छ । प्रतिसेयर नेटवर्थ १३५ रुपैयाँ ६१ पैसा रहेको छ भने मूल्य आम्दानी अनुपात ८८.१८ गुणा छ । कम्पनीका अभिकर्ता कमिशन ९८ लाख रुपैयाँ र ब्यवस्थापन खर्च ७ करोड ७ लाख रुपैयाँ गरेको छ । लगानी, कर्जा तथा अन्य आम्दानी १ करोड १३ लाख रुपैयाँ र पुनर्बीमा कमिशन आम्दानी ५ करोड ७१ लख रुपैयाँ रहेको छ । असोज मसान्तसम्म ५ हजार ८१८ दाबीबापत १ अर्ब ७७ लाख रुपैयाँ भुक्तानी हुन बाँकी रहेको छ ।

विकास बैंक र फाइनान्सको ब्याजदर घट्यो, वाणिज्य बैंकको के भयो ?

काठमाडौं । मंसिरमा बैंक तथा वित्तीय संस्थाहरुले ब्याजदर सार्वजनिक गरेका छन् । मंसिरमा वाणिज्य बैंकहरुले ब्याजदर स्थीर राखेका छन् भने विकास बैंक र फाइनान्स कम्पनीको ब्याजदर घटाएका हुन् । वाणिज्य बैंकहरुले कात्तिकको ब्याजदरलाई मंसिरमा लागू गर्ने भएका छन् भने विकास बैंक तथा फाइनान्स कम्पनीहरुले भने ब्याजदर घटाएर सूचना सार्वजनिक गरेका हुन् । मंगलबार बसेको नेपाल बैंकर्स संघको बैठकले वाणिज्य बैंकहरुले मंसिरमा ब्याजदर स्थीर राख्ने निर्णय गरेका थिए । यस्तै, मंगलबार नै बसेको डेभलपमेन्ट बैंकर एशोसिएसन र फाइनान्स एशोसिएसनको बैठकले विकास बैंक र फाइनान्स कम्पनीहरुले निक्षेपको ब्याजदर घटाउने निर्णय गरेका थिए । सोही अनुसार विकास बैंकहरुले मंसिरमा निक्षेपमा ०.१५ प्रतिशत ब्याजदर घटाएर नयाँ ब्याजदर सार्वजनिक गरेका छन् । विकास बैंकहरुले ब्यक्तिगत मुद्दती निक्षेपमा १२.८५ प्रतिशतसम्म र संस्थागत मुद्दती खातामा १०.८५ प्रतिशतसम्म ब्याजदर तोकिएको छ । यस्तै साधारण बचत खातामा भने ९.५० प्रतिशतसम्म ब्याजदर तोकिएको छ भने रेमिट्यान्स बचत खातामा १०.५० प्रतिशतसम्म ब्याजदर निर्धारण गरेका छन् । फाइनान्स कम्पनीहरुले भने ३ महिनाको निक्षेपमा ०.२ प्रतिशत र १ वर्षभन्दा माथिको निक्षेपमा ०.१५ प्रतिशत ब्याजदर घटाएर नयाँ ब्याजदर सार्वजनिक गरेका छन् । मंसिर १ देखि भने फाइनान्स कम्पनीहरुले ब्यक्तिगत मुद्दती निक्षेपमा १३.३५ प्रतिशतसम्म र संस्थागत मुद्दती निक्षेपमा ११.३५ प्रतिशतसम्म ब्याजदर निर्धारण गरेका छन् । साधारण बचत खातामा भने फाइनान्सको ब्याजदर १० प्रतिशतसम्म ब्याजदर तोकेका छन् । वाणिज्य बैंकहरुले व्यक्तिगत मुद्दती निक्षेपमा १२.१३३ प्रतिशत र संस्थागततर्फ ९.१३३ प्रतिशत ब्याज तोकेका छन् । रेमिट्यान्स मुद्दति खातामा १५.३३३ प्रतिशतसम्म ब्याज तोकेका छन् । साधारण बचत खातामा भने बैंकहरुले १०.३३३ प्रतिशत ब्याज निर्धारण गरिएको छ । बैंक तथा वित्तीय संस्थाहरुले प्रकाशन गरेको ब्याजदर मंसिर १ देखि लागू हुनेछ ।

एनएलजी इन्स्योरेन्सको नाफा ५.४६ करोड, अन्य सूचक कस्ता छन् ?

काठमाडौं । एनएलजी इन्स्योरेन्स कम्पनीको चालु आर्थिक वर्षको पहिलो त्रैमासमा खुद दाबी ९ करोड ९७ लाख रुपैयाँ भुक्तानी गरेको छ । गत आर्थिक वर्षको सोही अवधिमा कम्पनीले १७ करोड १९ लाख रुपैयाँ दाबी भुक्तानी गरेको थियो । समिक्षा अवधिमा कम्पनीको खुद नाफा ५ करोड ४६ लाख रुपैयाँ आर्जन गरेको छ । गत आर्थिक वर्षको सोही अवधिमा कम्पनीले ५ करोड ८२ लाख रुपैयाँ खुद नाफा आर्जन गरेको थियो । चालु आर्थिक वर्षको तीन महिनामा कम्पनीको खुद बीमा शुल्क ४२ प्रतिशत घटेर १९ करोड २० लाख रुपैयाँ आर्जन गरेको छ । गत आर्थिक वर्षको सोही अवधिमा कम्पनीले ३३ करोड ३० लाख रुपैयाँ खुद बीमा शुल्क आर्जन गरेको थियो । गत वर्षको असोज मसान्तसम्ममा कम्पनीले ६७ करोड ५७ लाख रुपैयाँ कुल बीमा शुल्क आर्जन गरेकोमा चालु आर्थिक वर्षको असोज मसान्तसम्ममा ६१ करोड ८ लाख रुपैयाँ आर्जन गरेको छ । कम्पनीको चुक्ता पूँजी १ अर्ब ३२ करोड रुपैयाँ, जगेडा कोष ३२ करोड २६ लाख रुपैयाँ, बीमा कोष १ अर्ब १७ करोड ६९ लाख रुपैयाँ महाविपत्ती कोष ६ करोड २५ लाख रुपैयाँ रहेको छ । गत वर्ष १ करोड ५९ लाख रुपैयाँ अभिकर्ता कमसिन दिएको यस कम्पनीको गत असोजसम्म घटेर १ करोड ४० लाख रुपैयाँ भुक्तानी गरेको छ । कम्पनीको पुनर्बीमा कमिसनबाट ९ करोड ७७ लाख रुपैयाँ आम्लदानी गरेको छ । कम्पनीको प्रतिसेयर आम्दानी १६ रुपैयाँ ४८ पैसा रहेको छ । प्रतिसेयर नेटवर्थ२ सय १७ रुपैयाँ ७५ पैसा रहेको छ भने मूल्य आम्दानी अनुपात २७.३१ गुणा छ ।