प्रभु क्यापिटलमा खाता खोल्ने १० जनालाई निःशुल्क डिम्याट सेवा

काठमाडौं । प्रभु क्यापिटलले अनलाईनबाट प्रभु क्यापिटलमा खाता खोल्न चाहने ग्राहकहरुको लागि हेली राइड अफर ल्याएको छ । पुस १ गतेबाट चैत्र ३० गतेसम्म लागू हुने यस योजनामा ग्राहकले १ वर्षका लागि नि:शुल्क डिम्याट खाता र मेरो सेयर प्राप्त गर्ने क्यापिटलले जनाएको छ । क्यापिटलकाे अनुसार यस योजना अवधिभर खाता खोल्ने ग्राहकमध्ये १० जनाले आजिवन निःशुल्क डिम्याट खाता सेवा पाउनेछन् भने एकजना भाग्यशाली विजेताले निःशुल्क गोसाइकुण्ड हेली राइड जित्नेछन् । यो योजनामा देश विदेशमा रहने नेपालीहरुले वेबसाइट तथा मोबाइल एपबाटै अनलाईन डिम्याट गरी भिडियो केवाइसी सहितको डिम्याट खाता आफू रहेको ठाउँबाटै खोल्न सक्ने क्यापिटलले जनाएको छ । क्यापिटलको अनुसार अनलाईन रिक्वेस्ट गर्दा भिडियो केवाईसी वा एप केवाईसी छनौट गरी आफु अनुकूल समयमा समय लिई तुरुन्तै अनलाईन डिम्याट खाताको सुविधा पाउनेछन् ।

समृद्धि फाइनान्सद्धारा बनेपाका विद्यार्थीलाई न्यानो लुगा वितरण

काठमाडौं । समृद्धि फाइनान्सले बुधबार बनेपामा न्यानो लुगा वितरण गरेको छ । फाइनान्सले बनेपा वडा न. ८ मा रहेको चैतन्य माध्यमिक विद्यालयकाे विधार्थीलाई न्यानो लुगा वितरण गरेकाे हाे । यस कार्यक्रम अन्तरगत २६ जना विधार्थीहरुलाई यस संस्थाका प्रमुख कर्जा अधिकृत सुभाष श्रेष्ठ र चैतन्य माध्यमिक विद्यालय प्रधानाध्यापक निशा देवी मानन्धरको उपस्तिथिमा ज्याकेट वितरण गरिएको संस्थाका व्यवसाय प्रवद्र्धन अधिकृत सुरज कुमार सर्राफले जानकारी दिए । फाइनान्सले हाल आठ ओटा शाखाबाट सेवा प्रवाह गर्दै आएको जनाएको छ ।

प्राइम लाइफ इन्स्योरेन्सको साधारणसभा पुस २४ गते, बुक क्लोज कहिले ?

काठमाडौं । प्राइम लाइफ इन्स्योरेन्सले पुस २४ गतेको लागि वार्षिक साधारणसभा बोलाएको छ । कम्पनीले आर्थिक वर्ष २०७७/७८ को नाफाबाट सेयरधनीलाई दिने लाभांश पारित गर्न पन्ध्रौं साधारणसभा बोलाएको हो । कम्पनीले आर्थिक वर्ष २०७७/७८ बाट सेयरधनीलाई १३ प्रतिशत बोनस सेयर र ०.६८४२ प्रतिशत नगद लाभांश प्रस्ताव गरेको छ । कम्पनीले लाभांश वितरणको लागि पुस ८ गते बुक क्लोज गर्ने निर्णय गरेको छ । त्यसैले पुस ७ गते नेपाल स्टक एक्सचेन्जमा कारोबार भएका इन्स्योरेन्सका सेयरधनीले मात्र लाभांश पाउनेछन् ।