लाइफ इन्स्योरेन्स कर्पोरेशनको बुक क्लोज पुस २५ गते
काठमाडाैं । लाइफ इन्स्योरेन्स कर्पोरेशन नेपालले बुक क्लाेज मिति ताेकेकाे छ । कम्पनीले विशेष साधारण सभा प्रयाेजनकाे लागि पुस २५ गते एक दिन बुक क्लाेज गर्ने भएकाे हाे । कम्पनीले माघ ३ गते मंगलबार विशेष साधारण सभा बाेलाएकाे छ । लाइफ इन्स्योरेन्स कर्पोरेशन नेपालले ८८.४५१६८ प्रतिशत हकप्रद सेयर जारी गर्ने प्रस्ताव पारित गर्न साधारण सभा बाेलाएकाे हाे । हाल कम्पनीको चुक्ता पुँजी २ अर्ब ६५ करोड ३२ लाख रुपैयाँ छ । प्रस्तावित हकप्रद पश्चात कम्पनीको चुक्ता पुँजी ५ अर्ब रुपैयाँ पुग्ने छ । जुन प्राधिकरणले तोकेको न्यूनतम चुक्ता पुँजी हो ।
जीवन बीमा कम्पनीले उठाए ११ अर्ब २७ करोड प्रथम बीमाशुल्क, ९ कम्पनीबीच तीव्र प्रतिस्पर्धा
काठमाडौं । जीवन बीमा कम्पनीहरुले मंसिरसम्ममा ११ अर्ब २७ करोड ८ लाख रुपैयाँ बराबरको प्रथम बीमाशुल्क संकलन गरेका छन् । कम्पनीहरुले चालु आर्थिक वर्षको ५ महिनाको अवधिमै सो मात्राको प्रथम बीमाशुल्क संकलन गरेका हुन् । नेपाल बीमा प्राधिकरणका अनुसार १९ वटा कम्पनीहरुले बीमालेख बिक्रीबाट सो मात्राको प्रथम प्रिमियम उठाउन सफल भएका छन् । कम्पनीहरुले मंसिरमा मात्रै २ अर्ब १५ करोड ३६ लाख रुपैयाँ उठाएका प्राधिकरणले जनाएको छ । मंसिरसम्ममा उठेको प्रथम बीमाशुल्कमध्ये दुई कम्पनीले अर्ब बढी उठाएका छन् । जसमा नेपाल लाइफ इन्स्योरेन्स र नेशनल लाइफ इन्स्योरेन्स रहेका छन् । सर्वाधिक प्रथम बीमाशुल्क संकलन गर्नेमा नेपाल लाइफ इन्स्योरेन्सको नै अग्रता रहेको छ । बीमा प्राधिकरणका अनुसार इन्स्योरेन्सले चालु आवको ५ महिनामा २ अर्ब १४ करोड रुपैयाँ बराबरको उक्त बीमाशुल्क संकलन गरेको छ । त्यस्तै, दोश्रो स्थानमा नेशनल लाइफ रहेको छ । कम्पनीले मंसिरसम्ममा प्रथम बीमालेखबाट १ अर्ब ३३ करोड रुपैयाँ बराबरको प्रिमियम उठाएको छ । समीक्षा अवधिमा सन नेपाललाई पछि पार्दै लाइफ इन्स्योरेन्स कर्पोरेशन अघि बढेको छ । प्रथम बीमाशुल्कको आधारमा कार्त्तिकमा तेश्रो स्थानमा रहेको सन नेपाल हाल चौथो स्थानमा झरेको छ । हाल तेश्रो स्थानमा रहेको लाइफ इन्स्योरेन्स कर्पोरेशनले ८३ करोड ५९ लाख र चौथो स्थानमा रहेको सन नेपाल लाइफले ८२ करोड १९ लाख रुपैयाँ प्रिमियम उठाएका छन् । त्यसपछि सिटिजन लाइफ, सूर्या लाइफ, रिलायबल नेपाल लाइफ र एशियन लाइफ इन्स्योरेन्स क्रमशः पाँचौ, छैटौं, सातौं र आठौं स्थानमा नै छन् । त्यस्तै, यूनियन, मेट र ज्योति लाइफबीच तीव्र प्रतिस्पर्धा देखिएको छ । मंसिरसम्ममा प्रथम बीमाशुल्क संकलन गर्नेका आधारमा युनियन, मेटलाइफ र ज्योति लाइफ इन्स्योरेन्स क्रमशः ९औं, १०औं र ११औं स्थानमा छन् । कार्त्तिमा भने ज्योति लाइफ ९औं स्थानमा थियो । कार्त्तिकमा १२ र १३ औं स्थानमा रहेका आइएमई लाइफ र सानीमा लाइफ मंसिरमा पनि सोही स्थानमा रहेका छन् । जसमध्ये आइएमई लाइफले ४२ करोड ७२ लाख र सानीमा लाइफले ३२ करोड ७९ लाख रुपैयाँ प्रथम बीमाशुल्क मंसिरसम्ममा संकलन गरेका छन् । प्राइमलाई उछिन्दै रिलायन्स लाइफ इन्स्योरेन्स र राष्ट्रिय बीमा संस्थान अघि बढेका छन् । प्रथम बीमाशुल्कको आधारमा कार्त्तिकमा १४औं स्थानमा रहेको प्राइम मंसिरमा १६औं स्थानमा झरेको छ । मंसिरसम्ममा रिलायन्सले ३१ करोड ७९ लाख र राष्ट्रिय बीमा संस्थानले ३१ करोड ५६ लाख रुपैयाँ बराबरको प्रथम बीमाशुल्क संकलन गरेका छन् । त्यस्तै, प्राइमले ३१ करोड १० लाख, प्रभुले २२ करोड ७६ लाख र महालक्ष्मीले १८ करोड ७५ लाख रुपैयाँ संकलन गरेका छन् । यता गुराँस लाइफले ८ करोड ७४ लाख रुपैयाँ बराबरको प्रथम बीमाशुल्क आर्जन गरेको छ । जुन अन्य कम्पनीको तुलनामा सबैभन्दा कम हो । कम्पनीले मंसिरमा मात्रै १ करोड ५० लाख रुपैयाँ बराबरको प्रिमियम प्रथम बीमाशुल्कबाट संकलन गरेको छ । हाल साविकको ज्योति लाइफ र सूर्या लाइफ इन्स्योरेन्स एकआपसमा गाभिएर सूर्यज्योति लाइफ इन्स्योरेन्सको नामबाट एकीकृत कारोबार शुरु गरिसकेका छन् । यससँगै जीवन बीमा कम्पनीहरुको संख्या घटेर १८ वटामा सीमित भएको छ ।
कर्पोरेट क्लबले गर्यो सिद्धार्थ बैंकलाई सम्मान
काठमाडौं । सिद्धार्थ बैंक ‘द एचआरएम अवार्ड्स फर कर्पोरेट एक्सिलेन्स २०२२’ बाट सम्मानित भएको छ । कर्पोरेट क्लब नेपालले वार्षिक रुपमा आयोजना गर्दै आएको अवार्ड समारोहमा बैंकलाई ‘एचआरएम कर्पोरेट एक्सिलेन्स इन फाइनान्सियल इन्स्टिच्युशन’ विधामा उक्त अवार्डबाट सम्मान गरिएको हो । बैंकले सबै क्षेत्र र वर्गसम्म बैंकिङ सेवाको पहुँच पुयाउने उद्देश्यले बैंकले देशभर १९३ वटा शाखा ९४ एक्स्टेन्सन् काउन्टर सहित २१५ एटिएम् ११८ शाखारहित बैंकिङ्ग सेवा र १,८०० भन्दा बढी पिओएस् मेसिन मार्फत उच्चस्तरीय एवं प्रविधिमैत्री बैंकिङ सेवा प्रदान गर्दै आएको छ । यसबाहेक आफ्नो सेवा सञ्चालनमा डिजिटल माध्यमलाई अधिकतम महत्व दिँदै सुरक्षित तरिकाले अनलाइनबाटै बचत, मुद्दती र डिम्याट खाता खोल्न, डेबिट र क्रेडिट कार्डका लागि आवेदन दिन सकिने जस्ता विभिन्न बैंकिङ्ग सुविधाहरु सरल एवं ग्राहक मैत्रीढङ्गले प्रवाह गर्दै आएको बैंकको भनाइ छ ।