४० लाखले गरे ‘आइएमई पे’ डाउनलोड, कम्पनीले मनायो उत्सव

काठमाडौँ । भुक्तानी सेवाप्रदायक कम्पनी आइएमई पे को एप डाउनलोड संख्या ४० लाख पुगेको छ । ‘आइएमई पे’ आइएमई ग्रुपद्वारा प्रवद्र्धित आइएमई डिजिटल सोलुसन अन्तर्गत संचालित कम्पनी हो । एप डाउनलोड संख्या ४० लाख पुगेको अवसर पारेर कम्पनीले चन्द्रागिरिमा केक काटेर खुशीयाली साटासाट गरेको थियो । कार्यक्रमलाई सम्बोधन गर्दै सिनियर भाइस प्रेसिडेन्ट सुमन पोखरेलले डिजिटल पेमेन्टका क्षेत्रमा रहेका अवसरहरूको विषयमा चर्चा गरेका थिए । कार्यक्रममा पोखरेलसहित आइएमई पेका प्रमुख कार्यकारी अधिकृत प्रविण रेग्मी र कर्मचारीकहरु उपस्थित थिए ।

दुर्घटना बीमा गरेरै भएपनि गाउँपालिकास्तरबाटै बीमाको शुरूवात गर्नुपर्ने

काठमाडौं । नेपाल बीमा प्राधिकरणले नुवाकोट जिल्लाको दुप्चेश्वर गाउँपालिकमा बीमा सम्बन्धी जनचेतनामूलक अन्तरक्रिया कार्यक्रम गरेको छ । प्राधिकरणले माघ १० गते उक्त स्थानमा अन्तरक्रिया कार्यक्रम गरेको हो । कार्यक्रममा प्रमुख अतिथि दुप्चेश्वर गाउँपालिकाका अध्यक्ष शंकरबहादुर थापाले बीमा कम्पनीहरू व्यवसायमा मात्र केन्द्रित नभई सेवामुखी समेत हुनुपर्ने बताए । अध्यक्ष थापाले बीमा कम्पनीहरूलाई गाउँ गाउँमा पुर्याउन र ग्रामीणस्तरमा समेत बीमा सम्बन्धी जानकारीमूलक कार्यक्रमहरू सञ्चालन गर्न प्राधिकरणसँग आग्रह गरे । दुप्चेश्वर गाउँपालिकाका उपाध्यक्ष माकुरी तामाङले बीमाको पहुँच बढाउनका लागि गाउँपालिकाबाट ठोस नीतिगत व्यवस्थाका साथ कार्यक्रम ल्याउन पहल गर्ने प्रतिवद्धता गरे । कार्यक्रममा नेपाल बीमा प्राधिकरणका उपनिर्देशक कुन्दन सापकोटाले कर्मचारीहरुको दुर्घटना बीमा गरेर भए पनि गाउँपालिकास्तरबाटै बीमाको शुरूवात आग्रह गरे । त्यस्तै, बीमा प्राधिकरणका सहायक निर्देशक गीता नेपाल आचार्यले बीमा सम्बन्धी प्रस्तुति गरेका थिए भने सहायक प्रथम शिवप्रसाद खनालले स्वागत मन्तव्य व्यक्त गरे ।

घट्यो आरपिएसमार्फत गरिने सरकारी राजस्व भुक्तानीको कारोबार शुल्क

काठमाडौं । नेपाल क्लियरिङ्ग हाउसले आफ्ना आरपिएस/कनेक्ट आइपिएसका माध्यमबाट गरिने सरकारी राजस्व भुक्तानी तथा विभिन्न अन्य भुक्तानीहरुको कारोबार शुल्क घटाएको छ । याेसँगै आरपिएस मार्फत १० हजारसम्मकाे भुक्तानी गर्दा २ रुपैयाँ र साेभन्दा २० लाखसम्मकाे भुक्तानीमा ५ रुपैयाँ काराेबार शुल्क लाग्नेछ । आरपिएस मार्फत मोबाइल बैंकिङ्ग, इन्टरनेट बैंकिङ्ग, कनेक्टआईपिएस, कर्पोरेटपे एवंम् बैंक वित्तीय संस्थाको शाखाबाट रियल–टाइममा गरिने सरकारी तथा स्थानीय भुक्तानीहरुमा उक्त शुल्क लागु हुनेछ । हाल एनसीएचएलका वालेट एप मार्फत सरकारी राजस्व भुक्तानी गर्न सकिन्छ । भुक्तानी गर्न चाहने व्यक्ति वा संस्थाले यी विभिन्न अनलाइन माध्यम मार्फत वा कुनै पनि बैंक वित्तीय संस्थाको शाखामा गई राजस्व भुक्तानी गर्न सक्दछन् ।