उपकार लघुवित्तको ६५ प्रतिशत लाभांश घोषणा
काठमाडौं । उपकार लघुवित्त वित्तीय संस्थाले गत वर्षको नाफाबबाट सेयरधनीहरुलाई लाभांश घोषणा गरेको छ । लघुवित्तको माघ १३ गते बसेको सञ्चालक समितिको बैठकले ६५ प्रतिशत लाभांश वितरण गर्ने प्रस्ताव गरेको हो । लघुवित्तले गत आर्थिक वर्ष २०७८/७९ को नाफाबाट सेयरधनीहरुलाई हाल कायम चुक्ता पूँजीको ६१.७५ प्रतिशत बोनस सेयर र ३.२५ प्रतिशत नगद गरी कूल ६५ प्रतिशत लाभांश वितरण गर्ने प्रस्ताव गरेको हो । लघुवित्तले प्रस्ताव गरेको उक्त लाभांश नेपाल राष्ट्र बैंकको स्वीकृति भइ आगामी साधारण सभाले पारित गरेपश्चात् सेयरधनीहरुलाई वितरण गरिनेछ ।
सिभिल लघुवित्तको लाभांश घोषणा
काठमाडौं । सिभिल लघुवित्त वित्तीय संस्थाले गत वर्षको नाफाबबाट सेयरधनीहरुलाई लाभांश घोषणा गरेको छ । लघुवित्तको माघ १३ गते बसेको सञ्चालक समितिको बैठकले ११.५८ प्रतिशत लाभांश वितरण गर्ने प्रस्ताव गरेको हो । लघुवित्तले गत आर्थिक वर्ष २०७८/७९ को नाफाबाट सेयरधनीहरुलाई हाल कायम चुक्ता पूँजीको ११ प्रतिशत बोनस सेयर र ०.५८ प्रतिशत नगद गरी कूल ११.५८ प्रतिशत लाभांश वितरण गर्ने प्रस्ताव गरेको हो । लघुवित्तले प्रस्ताव गरेको उक्त लाभांश नेपाल राष्ट्र बैंकको स्वीकृति भइ आगामी साधारण सभाले पारित गरेपश्चात् सेयरधनीहरुलाई वितरण गरिनेछ ।
नेपाल मर्चेन्ट बैंकर्स संघले सम्पन्न गर्यो वित्तीय लगानी निवारण सम्बन्धी अभिमुखिकरण कार्यक्रम
काठमाडौं । नेपाल मर्चेन्ट बैंकर्स संघले सम्पत्ती शुद्धिकरण तथा आतङ्कवादी क्रियाकलापमा वित्तीय लगानी निवारण विषयक अभिमुखिकरण कार्यक्रम सफलतापूर्वक सम्पन्न गरेको छ । संघले नेपाल धितोपत्र बोर्डद्वारा जारी ‘सम्पत्ती शुद्धिकरण तथा आतङ्कवादी क्रियाकलापमा वित्तीय लगानी निवारण सम्बन्धी निर्देशन, २०७६’ को दफा (१५) को उपदफा (७) को अधिनमा रहि संघका सम्पूर्ण सदस्य संस्थाहरुका १ प्रतिशतभन्दा बढी शेयर स्वामित्व भएका शेयरधनीहरु, सञ्चालक समितिका पदाधिकारीहरु तथा उच्च व्यवस्थापन र कर्मचारीहरुलाई सहभागी गराई एकीकृत रुपमा २०७९ साल माघ १३ गतेका दिन काठमाडौंको ठमेलस्थित होटेल एलफ्टमा उक्त कार्यक्रमको आयेजना गरेको थियो । सो अभिमुखीकरण कार्यक्रममा २६ वटा मर्चेन्ट बैंकर संस्थाहरुबाट ७६ जना सदस्यहरुको सहभागिता रहेको थियो । साथै कार्यक्रमलाई प्रभावकारी तथा फलदायी बनाउनको निमित्त श्रोत व्यक्तिको रुपमा नेपाल राष्ट्र बैंकको तर्फबाट वित्तिय जानकारी इकाईका प्रमुख तथा निर्देशक दीर्घ बहादुर रावल र नेपाल धितोपत्र बोर्डको तर्फबाट कानून विभागका का.मु. निर्देशक एवं ए.एम.एल तथा सि.एफ.टी शाखाका प्रमुख राजाराम दुवालको उपस्थिति रहेको थियो ।