इसेवा मनी ट्रान्सफरको ब्राण्ड हिरोमा कलाकार दयाहाङ्ग राई

काठमाडौं । डिजिटल रेमिट्यान्स् कम्पनी इसेवा मनी ट्रान्सफरले कलाकार दयाहाङ्ग राइलाई ब्राण्ड हिरोको रुपमा आवद्ध गरेको छ । यस अभियानमा महानायक राजेश हमालसँगै नायिका स्वस्तिमा खड्का पनि आवद्ध छिन् । राई इसेवा मनी ट्रान्सफरका युएईमा लगायत संसारका अन्य मुलुकमा रहेका साझेदारहरुसँग मिलेर सम्पन्न हुने विभिन्न ुमेरो डिजिटल देशु अभियानका विभिन्न किसिमका प्रचार–प्रसार मुलक कार्यक्रममा सक्रिय रुपमा सहभागी हुने कम्पनीले जनाएको छ । यस अभियान अन्तर्गत संसारका कुनै पनि मुलुकमा रहेका नेपालीले, नेपालमा इच्छाएको व्यक्तिको बैंक खाता वा ६५ लाखभन्दा बढी प्रयोगकर्ता भएको इसेवा वालेटमा पैसा पठाई सहभागिता जनाउन सक्नेछन् । साथै, विदेशबाट आएको नगद रेमिट्यान्स इसेवा वालेटमा प्राप्त गरेर पनि यस अभियानमा सहभागी हुन सकिनेछ। यस अभियानको पहिलो चरणमा सहभागी भइ इसेवा मनि ट्रान्सफर मार्फत रकम पठाउँदा हरेक महिना एक जनाले ६ महिनासम्म आकर्षक पुरस्कारहरुको प्याकेज तथा बम्परमा १ जनाले काठमाडौंमा घर प्राप्त गर्नेछन् । इसेवा मनि ट्रान्सफरले इसेवा वालेटका ६० लाख भन्दा बढी प्रयोगकर्ताहरु र कुनै पनि बैंक तथा वित्तिय संस्थाको खातामा विप्रेषण रकम भित्राउँदै आएको छ । इसेवा मनि ट्रान्सफरले सेवाग्राहीहरुलाई आफ्ना १२ हजारभन्दा बढी भुक्तानी केन्द्र तथा इसेवाका १ लाखभन्दा बढी क्यास प्वाइन्ट मार्फत पनि विप्रेषण भुक्तानी सेवा प्रदान गर्दै आइरहेको छ । सन् २०१९ मा नेपाल राष्ट्र बैंकबाट स्विकृति प्राप्त इसेवा मनि ट्रान्सफर, देशभरका एक करोड दश लाख भन्दा बढी जनसंख्या र एक लाख बढी संस्थाहरुलाई फिनटेकमा आधारित भुक्तानी सेवाहरुको माध्यमबाट आएको एफवान सफ्ट ग्रुपको भगिनी कम्पनी पनि हो ।

सनराइज बैंकको थप ३ स्थानमा शाखारहित बैंकिङ्ग सेवा विस्तार

काठमाडौं । सनराइज बैंकले बैंकिङ्ग पहुच नपुगेका थप ३ स्थानमा शाखारहित बैंकिङ्ग सेवा विस्तार गरेको छ । बैंकले रुपन्देही जिल्लाको गैडहवा गाउँपालिका वडा नं.०३ लौन्डिहवा, कैलाली जिल्लाको लम्की–चुहा नगरपालिका वडा नं.०६, गुलरा र कावासोती नगरपालिका वडा नं.१, हिमाल चोक, नवलपरासीमा शाखारहित बैंकिङ्ग सेवाको सुरुवात गरेको हो । सो तीन शाखारहित बैंकिङ्ग सेवा संचालनमा आएसंगै बैंकको शाखारहित बैंकिङ्ग सेवा संख्या १०० पुगेको छ । बैंकिङ्ग सेवाको माध्यमबाट बचत तथा भुक्तानीका लागि शाखा कार्यालय नभएको ठाँउबाट समेत शाखारहित बैंकिङ्ग सेवा अन्तर्गत एटिएम कार्ड मार्फत कारोबार गर्न सकिने तथा यस सेवाबाट ग्राहक वर्गले निक्षेप सकंलन, रकम भुक्तानी, रकम स्थानान्तरण, बिल भुक्तानी जस्ता सेवाहरु लिन सकिने बैंकले जनाएको छ । कृषि र रेमिट्यान्स प्रमुख आयस्रोत रहेको सो क्षेत्रका बासिन्दाहरुमा बैंकिङ्ग पहुँच बढाउने उद्देश्यका साथ बैंकिङ्ग सेवा सुरु गरेको बैंकले जनाएको छ । सनराइज बैंकले हालसम्म १३९ वटा शाखा, १०० वटा शाखारहित बैंकिङ्ग सेवा, १३ वटा एक्सटेन्सन काउण्टर र १६१ वटा एटिएम मार्फत आफ्ना ग्राहकहरुलाई सेवा प्रदान गर्दै आइरहेको छ ।

राष्ट्रिय वाणिज्य बैंकद्धारा १७९ जना नवनियुक्त कर्मचारीलाई पूर्व सेवाकालिन तालिम

काठमाडौं । राष्ट्रिय वाणिज्य बैंकद्धारा १७९ जना नवनियुक्त कर्मचारीहरुलाई पूर्व सेवाकालिन तालिम प्रदान गरेको छ । बैंकले लोक सेवा आयोगबाट सञ्चालित लिखित परीक्षा तथा अन्तरवार्ताबाट छनौट भएका नवनियुक्त बरिष्ठ सहायक प्रशासन सेवाका १७९ जना कर्मचारीहरुलाई चौध दिने पूर्व सेवाकालिन तालिम काठमाडौंमा सञ्चालन गरिरहेको छ । तालिमको उद्घाटन गर्दै बैंकका प्रमुख कार्यकारी अधिकृत किरणकुमार श्रेष्ठले बैंक ग्राहकहरुलाई चुस्त गुणस्तरीय सेवा लिई संस्थाको उत्पादकत्व बृद्धि गर्न यो युवा जनशक्ति सक्षम हुने बताए । उनले विभिन्न प्रक्रिया पश्चात बैंकले एकपटक ठुलो संख्यामा युवा कर्मचारीहरुलाई नियुक्ति दिएको बताउँदै अनुशासित र लगनशील भई कार्य गर्ने कर्मचारी नै आफ्नो करिअरमा उत्कृठ हुने बताए । उनले अन्य सहायक स्तरका कर्मचारीहरुको भर्ना प्रक्रिया छिट्टै पूरा भएपछी पुरानो बैंक नयाँ कर्मचारीलेयुक्त हुने बताए । कार्यक्रममा बैंकका नायब प्रमुख कार्यकारी अधिकृतहरु देवेन्द्ररमण खनाल र सरस्वती अधिकारीले नवनियुक्त कर्मचारीहरुलाई कार्यस्थलमा जिम्मेवारी बहन गर्दा अपनाउनुपर्ने कर्तव्य बोध गराउनु भएको थियो । कार्यक्रममा मानव संशाधन विभागका विभागीय प्रमुख भीमप्रसाद घिमिरेले नवनियुक्त बरिष्ठ सहायक प्रशासन सेवाका १७९ जना कर्मचारीहरुलाई बैंकको कर्मचारी सेवा विनियमावली बमोजिम शपथ गराएका थिए । कार्यक्रममा बैंकका उपकार्यकारी अधिकृतहरु देवेश प्रसाद लोहनी, पवन रेग्मी, विनयरमण पौडेल, दुर्गा कुमारी कँडेल, विभागीय प्रमुख पद्यमा लक्षी जि.सी.लगायत कर्मचारीहरुकाे उपस्थिति रहेको थियो । बैंकको हाल ७ प्रदेश, ७७ जिल्लाका सबै सदरमुकाममा सहित २६५ वटा शाखा कार्यालय, ५१ वटा एक्सटेन्सन काउन्टर, २६८ वटा एटिएम र १०२ वटा शाखा रहित बैंकिङ्ग रहेको छ ।