इडिभीको नतिजा सार्वजनिक, यस्तो छ हेर्ने तरिका

काठमाडौं । इडिभी चिठ्ठाको नतिजा सार्वजनिक भएको छ । गत वर्ष (२०१८)मा भरेको इडिभीको नतिजा मंगलबार राती १२ बजेदेखि हेर्न सकिने छ । सो नतिजा हेर्नका लागि अनिवार्य रुपमा इडिभी भर्दा पाइने कन्फर्मेशन नम्बर चाहिने छ । इडिभी परेको र नपरेको थाहा पाउनका लागि www.dvlottery.state.gov  काे प्रयाेग गरेर हेर्न सकिन्छ । हरेक वर्ष विभिन्न मुलुकबाट लाखौं मानिसहरू यही चिठ्ठा कार्यक्रम मार्फत अमेरिका जाने गरेका छन् ।

अल्फाबिटामा एसईई परीक्षा दिएर बसेका विधार्थीलाई नयाँ ढंगले कक्षा सञ्चालन, ब्रिजकोर्समा भर्ना खुला

काठमाडौं । अल्फाबिटाले एसईई परीक्षा दिएर बसेका विद्यार्थी केन्द्रित ब्रिजकोर्स कक्षा संचालनको लागि भर्ना खोलेको छ । कक्षा ११ को कक्षा संचालन हुन २ महिना बाँकी छँदा अल्फाबिटाले ६ हप्ते कक्षा संचालनको लागि भर्ना खोलेको हो । ब्रिजकोर्सलाई कक्षा १० र ११ को पुलको रुपमा मानिन्छ । एसईईपछि कक्षा ११ को विषय छनौटको कुरालाई जोड्न ब्रिजकोर्स एकदमै महत्वपूर्ण रहेको ब्रिजकोर्स अध्ययन गरिसेको विद्यार्थीहरु बताउँछन् । बानेश्वर स्थित अल्फाबिटाले ब्रिजकोर्स कक्षा नयाँ ढंगले सञ्चालन गरिरहेको छ । कक्षालाई पढाईसँग मात्र सम्बन्धित नगराएर अल्फाबिटाले विद्यार्थीहरुको व्यक्तित्व विकास गराउँछ । विधार्थीको बोल्ने शैली, आफुलाई प्रस्तुत गर्ने तरिका, समूहमा बोल्न सक्ने क्षमता बिकास, नेतृत्व बिकास जस्ता कार्यक्रमहरु संचालन गर्दै आएको छ । अल्फाबिटाले विद्यार्थीको अभिरुचीलाई ध्यानमा राख्दै संगीत, पेन्टिङ, नृत्य जस्ता अतिरिक्त क्रियाकलाप पनि सिकाउँछ । बिगत २८ बर्ष देखी शैक्षिक परामर्श दिदै आएको अल्फाबिटा नेपालको उत्कृष्ट शैक्षिक परामर्शदाताको रुपमा चिनिन्छ । अल्फाबिटाले सेन्जेभियर प्रवेश परीक्षा, एड्भान्स साईन्स कोर्स, ए लेभल प्रवेश परीक्षा, एडभान्स म्यानेजमेन्ट कोर्स र नर्सिङ प्रवेश परीक्षामा लक्षित गरेर कक्षा संचालन गर्दै आएको छ । विद्यार्थीलाई रुची भएका बिषयको बारेमा राम्रो जानकारी दिने काम पनि गर्दै आएको छ ।

यूनाइटेड सिमेन्ट्सको सामाजिक कार्य, ललितपुरको लेलेमा विधार्थीलाई शैक्षिक सामाग्री वितरण

काठमाडौँ । केएल दुगड ग्रुप अन्तर्गतको यूनाइटेड सिमेन्ट्स प्रालिले ललितपुर, लेले स्थितसरस्वती माध्यमिक विद्यालयमा अध्ययनरत कक्षा नर्सरीदेखि कक्षा १० सम्मका सम्पूर्ण विद्यार्थीलाई कापी, कलम, स्कूल ब्याग लगायतको शैक्षिक सामाग्रीहरु वितरण गरेको छ । हरेक बालबालिकाले व्यवस्थित रुपमा शिक्षा प्राप्त गर्नु उनीहरुको अधिकारको विषय हो र यो किसिमको सामाजिक सहयोगले उनीहरुको शैक्षिक स्तरमा टेवा पुर्याउने यूनाइटेड सिमेन्ट्सले जनाएको छ । बैशाख २० गते गोदावरी नगरपालिका प्रमुख गजेन्द्र महर्जनको प्रमुख आतिथ्यमा गोदावरी नगरपालिका वडा नं. ५ का अध्यक्ष मिलन सिलवाल, महानगरीय प्रहरी प्रभाग चापागाउका प्रमुख राजकुमार खिउजु, यूनाइटेड सिमेन्ट्स प्रालिका प्रमुख कार्यकारी अधिकृत माधवराज तिमिल्सिना, प्रबन्धक हरीकुमार उप्रेती तथा विद्यालय व्यवस्थापन समितिका अध्यक्ष पुस्कल महत लगायतका स्थानीय अभिभावकको उपस्थितिमा सो शैक्षिक सामाग्री हस्तान्तरण गरिएको हो । अघिल्लो महिनामा मात्रै यूनाइटेड सिमेन्ट्सले धुनिवेशी नगरपालिकामा निःशुल्क स्वास्थ शिविर आयोजना गरेको थियो ।