कैलाश विकास बैंकद्धारा सिरहाका उकृष्ठ विद्यार्थीलाई साईकल वितरण
काठमाडौं । कैलाश विकास बैंक सिरहाको बेलाहा शाखाको बार्षिक उत्सवको उपलक्ष्यमा विद्यालयलाई साईकल वितरण गरेको छ । बैकले सामाजिक उत्तरदायित्व अन्तरर्गत सिरहा जिल्लाको कल्याणपुर नगरपालिका वडा नं. १२, बेलहा स्थित बिष्णु चरण श्रेष्ठ मा.बि.का उकृष्ठ विद्यार्थीहरुलाई साईकल वितरण गरेको हो । साथै, बैंकको सिराहा शाखा, कल्याणपुर सप्तरी शाखा र लम्की कैलालि शाखाले शनिबार घरदैलो कर्यक्रम गरि स्थानीय जनतालाई वित्तीय साक्षरता सम्बन्धि जानकारी दिएको बताएको छ । आगामी दिनहरुमा पनि बैंकले यस किसिमका सामाजिक सेवाका कार्यहरु गर्दै जाने प्रमुख कार्यकारी अधिकृत अमृतचरण श्रेष्ठले बताए । हालसम्म बैंकले ९६ बटा शाखा मार्फत वित्तीय सेवा प्रदान गर्दै अएको छ । बैंकले अत्याधुनिक प्रविधिको प्रयोग गर्दै आधारभुत बैंकिङ्ग सेवाका साथै मोबाइल बैंकिङ्ग, एसएमएस बैंकिङ्ग, ईन्टरनेट बैंकिङ्ग सेवा, शेयर लगानीकर्ताहरुको लागि सी–आस्वा सेवा, रेमिटान्स सेवा लगायतका सेवाहरु प्रदान गर्दै आईरहेको बताइएको छ ।
भारतको ओम स्टर्लिङ ग्लोबल विश्वविद्यालयमा विशेष छात्रावृत्ति दिने घोषणा
काठमाडौं। भारतको चन्दीगढ रोड हरियाणामा रहेको ओम स्टर्लिङ ग्लोबल युनिभर्सिटीले नेपाली विद्यार्थीहरुलाई विशेष छात्रावृत्ति दिने घोषणा गरेको छ । आइतबार पत्रकार सम्मेलन गर्दै विश्वविद्यालयले यस्तो घोषणा गरेको हो । स्थापनाको पहिलो वर्षमै विश्विद्यालयले विद्यार्थीहरुको मन जित्न सफल भैसकेको छ । हाल उक्त विश्वविद्यालयमा प्यारामेडिकल, बिएस्सी अप्टोमेट्री, रेडियोग्राफी, रेडियोथेरापी, अपरेशन थिएटर, मेडिकल ल्याब टेक्नोलोजी, बि. फार्मेसी, बि. फिजियोथेरापी, ईन्जिनियरिङ, आर्किटेक्चर (बि.टेक र एम.टेक) र व्यवस्थापन (बिबिए र एमबिए), हेल्थ एसिस्टेन्ट, बिएस्सी एग्रिकल्चर लगायतका दर्जनभन्दा बढि कोर्सहरु प्रदान गर्दै आएको छ । उक्त विश्वविद्यालयमा नेपालबाट समेत ५० भन्दा बढि विद्यार्थीहरु हाल अध्ययनरत रहेको विश्विद्यालयका चान्सलर डा. पुनित गोयलले जानकारी दिए । विश्वविद्यालय स्थापनाको एक वर्षमै विद्यार्थीको पहिलो रोजाईमा आफूहरुको विश्वविद्यालय परेको उनले विश्वास दिलाए । उनकाअनुसार विश्वविद्यालयले विदेशबाट आउने विद्यार्थीहरुलाई ध्यानमा राखेर होस्टेलको पनि सुविधा प्रदान गर्दै आएको उनले जनाए । विश्वविद्यालयले गुणस्तरीय शिक्षासमेत प्रदान गर्दै आएको र हाल जिमदेखि खेलकुदको पनि सुविधा प्रदान गरिएको गोयलले बताए । उनले भने,‘हामीसँग सबै पूर्वाधार छ ।’ विश्वविद्यालयले आफ्नै भवन परिसरमा सांस्कृतिक कार्यक्रमपनि सञ्चालन गर्दै आएको उनले सुनाए । विश्वविद्यालयमा उत्कृष्ट नतिजा ल्याउनेलाई विशेष छात्रावृद्धिपनि दिईँदै आएको डा. गोयलले जानकारी दिए । उनकाअनुसार हाल उक्त विश्विद्यालयमा २० भन्दा बढि राष्ट्रका विद्यार्थी छन् । भुटान, नेपाल, श्रीलंका, घाना, नाईजेरिया, मुजाम्बिक, केन्या, यमनलगायतका विद्यार्थीहरु अहिले अध्ययनरत रहेको उनले सुनाए । पत्रकार सम्मेलनमा विश्वविद्यालयका भाईस चान्सलर डा. देवेन्द्र पाठकले आफूहरुले विश्वस्तरीय अध्यापन गराउँदै आएको दाबी गरे । उनले भने,‘हाम्रो विश्वविद्यालय व्यवसायिक छ । स्मार्ट छ । अध्याधुनिक प्रविधि छ । नेपाली विद्यार्थीलाई सुहाउँदो कोर्शहरु पनि डिजाईन गरिएको छ । विश्वविद्यालयको अध्ययनपछि विद्यार्थीहरु उद्योग तथा व्यवसायमा जान सजिलो हुन्छ ।’ व्यवहारिक ज्ञान हाँसिल गर्नसमेत विश्वविद्यालयले सहयोग पुरयाउँदै आएको उनले जिकिर गरे । उनले थपे,‘हाम्रो विश्वविद्यालय र भारतका प्रतिष्ठित उद्योगबीच सहकार्य छ ।’ विश्वविद्यालयले कम्युनिकेशन स्किललाई पनि बढावा दिँदै आएको उनले विश्वास दिलाए । विद्यार्थीहरुलाई अनुभव साटासाटको लागि विभिन्न देशमा लैजाने गरेको र यस्ता कार्यक्रमले विद्यार्थीको भीजन ठूलो बनाउनको लागि मद्दत पुग्ने उनले विश्वास दिलाए । उनले थपे,‘हामीले ईन्टरप्रिनरसिप स्किल पनि सिकाउँछौं ।’ यो वर्षको शैक्षिक सत्रमा नेपालबाट करिब दुई सय जना विद्यार्थी भर्ना हुने आफूहरुको विश्वास रहेको पनि पाठकले स्पष्ट पारे । उक्त विश्वविद्यालयमा अहिले कुल तीन हजार विद्यार्थी अध्ययनरत छन् ।
त्रिविको जागिर नातेदारलाई, अख्तियार र राष्ट्रिय सतर्कता केन्द्रमा उजुरी
काठमाडौँ । त्रिभुवन विश्वविद्यालय सेवा आयोगले लिएको खुला प्रतिस्पर्धामा त्रिविकै उच्च पदाधिकारी, विद्यार्थी संघ/संगठन र नेताका नातेदारहरूको नाम निस्किएको छ । लिखित परीक्षामा उत्तीर्ण हुनेमा धेरैजसो पहुँचवालाका आफन्त परेपछि अख्तियार दुरुपयोग अनुसन्धान आयोग र राष्ट्रिय सतर्कता केन्द्रमा यसबारे उजुरी परेको छ । त्रिविका कर्मचारी संघ(संगठन र परीक्षामा सहभागी केही विद्यार्थीले आयोग, केन्द्र, कुलपति, उपकुलपति कार्यालयलगायतत्रिविकै विभिन्न निकायमा समेत उजुरी दिएका छन् । स्रोतका अनुसार त्रिवि सेवा आयोग अध्यक्ष चैतन्य शर्मा, प्रमुख परशुराम कोइराला, त्रिवि केन्द्रीय क्याम्पसका प्रिन्सिपल कृष्ण आचार्य, पूर्वरजिस्ट्रार चन्द्रमणि पौडेल, अनुगमन महाशाखाका प्रमुख विष्णुप्रसाद खनाललगायत उच्च पदाधिकारीका नातेदारहरू परीक्षामा सफल भएका छन् । आयोग कार्यालयबाट प्राप्त एक सूचीमा अध्यक्ष शर्माकी भतिजी पार्वती सापकोटाको नाम शाखा अधिकृत र मुख्य कार्यालय सहायक दुवै पदमा निस्केको छ । उनले भतिजीसहित भनसुनका आधारमा अन्य आफन्त र चिनजानका व्यक्तिको समेत नाम निकाल्न सफल भएको स्रोतको दाबी छ । त्यस्तै आयोगका प्रमुख कोइरालाकी छोरी नमिता अधिकृत पदमा पास भएकी छन् । आफ्ना नातागोता वा परिवारका सदस्यले परीक्षा दिने भए नीति(नियम, मर्यादा र परम्पराका हिसाबले सम्बन्धित पदाधिकारी सहभागी हुन मिल्दैन, त्रिविका एक प्राध्यापकले भने, सेवा आयोगका अध्यक्ष र प्रमुख नै परीक्षामा सहभागी हुनुहुन्छ, उहाँहरूका नातेदारले सक्षम भएरै नाम निकालेको भए पनि यो गैरकानुनी हुन्छ । आयोगका अर्का सदस्य चिन्तामणि पोखरेलले समेत पहुँचका आधारमा आफूनिकट उम्मेदवारलाई परीक्षामा उत्तीर्ण गराएको स्रोतको दाबी छ । त्रिविको प्राध्यापकदेखि कर्मचारीको छनोट र नियुक्तिमा पहुँच र पैसाको प्रतिस्पर्धा हुन थाल्यो, अर्का एक कर्मचारीले भने, लेनदेन गरेको प्रमाण नभेटिए पनि आफन्तको नाम धमाधम निस्कनुले यसको पुष्टि गर्छ । अध्यक्ष शर्मा नेकपानिकट हुन् भने प्रमुख कोइराला कांग्रेसनिकट । उनीहरूको सेटिङमा पूर्वएमाले, कांग्रेस र पूर्वमाओवादीनिकट पदाधिकारी तथा विद्यार्थी संगठनका नेताको सिफारिसमा नतिजा प्रकाशित भएको आशंका गरिएको छ । यसरी कम्तीमा ३५ जनाभन्दा बढीलाई उत्तीर्ण गराइएको स्रोतको दाबी छ । परीक्षामा सफल भएका उमेदवारको सूची हेर्दा पूर्वएमाले र कांग्रेस कोटामा ४०-४० प्रतिशत तथा पूर्वमाओवादीतर्फबाट करिब २० प्रतिशत उम्मेदवारको नाम निकालिएको छ,स्रोतले भन्यो, सर्वसाधारणका छोराछोरीको नाम कमै मात्र निस्केको छ, अन्तर्वार्ता बाँकी नै छ । त्रिवि केन्द्रीय क्याम्पसका प्रिन्सिपल कृष्ण आचार्यकी छोरी कल्पना सहायक लेखा पदमा उत्तीर्ण भएकी छन् । पूर्वरजिस्ट्रार तथा राष्ट्रिय परीक्षा बोर्डका अध्यक्ष चन्द्रमणि पौडेलका छोरी र ज्वाइँसमेत प्रतिस्पर्धामा सफल भएका हुन् । पौडेल पूर्वमाओवादीनिकट हुन् । छोरी सन्ध्याको सहायक लेखा र ज्वाइँ प्रकाश थापाको मुख्य कार्यालय सहायकमा नाम निस्किएको हो । महाशाखा प्रमुख खनालकी बहिनी उषा पनि सफल भएकी छन् । आजको कान्तिपुर दैनिकमा समाचार छ ।