एनएलजी इन्स्योरेन्स कम्पनीमा चार जना नयाँ सञ्चालक, अध्यक्षमा विमल वाग्ले चयन
काठमाडौं, २० पुस । एनएलजी इन्स्योरेन्स कम्पनीमा चार जना नयाँ सञ्चालक नियुक्त भएका छन् । साथै कम्पनीको अध्यक्ष पनि परिवर्तन भएको छ । पूर्वसचिव विमलप्रसाद वाग्ले, राष्ट्रिय वाणिज्य बैंकमा पूर्व प्रमुख कार्यकारी अधिकृत कृष्णप्रसाद शर्मा, नेशनल लाईफ इन्स्योरेन्स कम्पनीका प्रमुख कार्यकारी अधिकृत भरत बस्नेत र सोही कम्पनीका नायव महाप्रबन्धक सुरेशप्रसाद खत्री सञ्चालक समितिमा नियुक्त भएका छन् । स्रोतका अनुसार उनीहरु चारै जनाले नेशनल लाईफ इन्स्योरेन्स कम्पनीको तर्फबाट एनएलजीमा प्रतिनिधित्व गरेका हुन् । सञ्चालक समितिको अध्यक्ष विमलप्रसाद वाग्ले भएका छन् । काठमाडौंको अनामनगरस्थित सिद्धार्थ डेभलपमेन्ट बैंकको स्वामित्वमा रहेको जग्गा खरिद प्रक्रियामा जटिलता देखिएको र २ करोड १६ लाख बैनामा विवाद भएको समयमा कम्पनीको सञ्चालक समितिमा ‘हेभि वेटेट’ व्यक्तिको प्रतिनिधित्व भएको छ । अर्थमन्त्रालयको संस्थान समन्वय महाशाखाका लामो समय रहँदा करिव दुई दर्जन सरकारी संस्थानको बोर्डमा रहेर काम गरेको वाग्लेलाई कम्पनीको अध्यक्ष बनाइको छ । उनीले लामो समय बीमा समितिको बोर्डमा समेत रहेर काम गरेका छन् । सचिवबाट अवकाश पाएपछि वाग्ले सार्वजनिक संस्थान निर्देशन बोर्डमा अध्यक्ष भएका थिए ।
हवाई यात्रुको बीमा बढ्दै, २० हजारबाट १ लाख १३ हजार डलर बनाइँदै
काठमाडौं १९, पुस । सरकारले ६ दशकपछि हवाई यात्रुको बिमा रकम बढाउने तयारी गरेको छ । साविकको भन्दा करीब ६ गुणासम्म रकम बढाउने गृहकार्य भइरहेको छ । हाल प्रतियात्रु २० हजार अमेरिकी डलर रहेको यात्रु बिमा रकम अन्तरराष्ट्रियतर्फ १ लाख १३ हजार र आन्तरिकतर्फ ५० हजार डलर पुर्याउने सरकारको तयारी छ । नेपालले हवाई यात्रुको बिमा रकम बढाउन सन् १९९९ मा क्यानडामा चलेको अन्तरराष्ट्रिय नागरिक उड्डयन संगठन (आइकाओ)को ‘मोेन्ट्रिल कन्भेन्सन’ मा हस्ताक्षर गरिसकेको छ । तर उक्त महासन्धि हालसम्म पनि नेपाल सरकारले अनुमोदन नगर्दा बीमा रकम बढ्न सकेको छैन । जसका कारण अन्तरराष्ट्रिय हवाई यात्रुले नेपालका एयरलाइन्सलाई विश्वासमा लिँदैनन् । सरकारले अन्तरराष्ट्रिय समुदायलाई विश्वसमा लिनको लागि पनि आगामी एक वर्षभित्र सबै प्रक्रिया टुंग्याउने गरी प्रक्रिया अगाडि बढाएको संस्कृति पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयको हवाई महाशाखाका प्रमुख तथा सहसचिव बुद्धिसागर लामिछानेले जानकारी दिए । बिमा रकम नबढाएमा नेपाल वायुसेवा निगमलाई अन्तरराष्ट्रिय उडानमा समस्या पर्ने भएकोले पनि नेपाललाई बिमा बढाउनु अनिवार्य छ । सन् १९५५ मा ‘हेग प्रोटोकल’ मा २० हजार डलर कार्यान्यवनमा गएको थियो । नेपालले हालसम्म पनि सोहीदर कार्यान्वयनमा राखेको छ । त्योभन्दा पहिला सन् १९२९ मा १० हजार डलर थियो । जापान, अमेरिका, युरोप तथा आईकाओका अधिकांश सदस्य राष्ट्रहरूले बिमा रकम सन् १९७७ मै ७५ हजार डलर पुर्याएका थिए । हाल ती देशले १ लाख १३ हजार डलर कार्यान्वयनमा लगेका छन् । तर, नेपालले भने अहिले पनि सन् १९५५ को ‘हेग प्रोटोकल’ले तयार पारेको २० हजार डलर कार्यन्वयन गरिरहेको छ । “नेपालले मनोट्रियल कन्भेन्सन मात्र नभएरले केपटाउन कन्भेन्सन समेत अनुमोदन गर्नुपर्ने भएकोले बिमा रकम बढाउनुको विकल्प छैन,” लामिछानेले भने । विश्वका धेरै देशले १ लाख १३ हजार डलर बिमा रकम कार्यान्वयनमा लागिसकेको उल्लेख गर्दै उनले अबव नेपालले पनि सोहीदरमा कार्यन्यनमा जानुपर्ने बताए । यो व्यवस्था कार्यान्वनयनपछि नेपालबाट अन्तरराष्ट्रिय उडान गर्ने नेपाल वायुसेवा निगम र हिमालय एयरलाइन्सलाई बाध्यता हुनेछ । नेपाल आउने अधिकांश एयरलाइन्समा हाल १ लाख १३ हजार डलरको हवाईयात्रु बिमा उपलब्ध छ । महासन्धि अनुमोदन गरेका देशबाट यात्रा गर्ने कुनै यात्रु नेपाली एयरलाइन्समा चढ्दा दुर्घटना भएको खण्डमा यही दरको बिमा दाबी क्षतिपूर्ति तिर्नुपर्छ । जबकी, नेपाली यात्रुले २० हजार डलरबराबरको मात्र बीमा दाबी गर्न पाउँछन् । कारोबार दैनिकबाट ।
प्रिमियर इन्स्योरेन्सको २१ प्रतिशत लाभांश पारित, ६ लाख कित्ता एफपीओ जारी गर्ने
काठमाडौं, १४ पुस । प्रिमियर इन्स्योरेन्सले गत वर्षको नाफाबाट लगानीकर्तालाई २१ दशमलब ०५ प्रतिशत लाभांश दिने भएको छ । बिहीबार सम्पन्न कम्पनीको २३ औँ साधारणसभाले २० प्रतिशत बोनस र कर प्रयोजनका लागि १.५ प्रतिशत नगद लाभांश वितरण गर्ने कम्पनीको प्रस्तावलाई पारित गरेको हो । साथै कम्पनीले सर्वसाधारणको लागि ६ लाख ५९ हजार ५६५ कित्ता एफपिओ निष्कासन गर्ने निर्णय गरेको छ । इन्स्योरेन्सले संस्थापक र साधारण सेयरको अनुपात ५१ः४९ कायम गर्न सो मात्राको एफपिओ जारी गर्न लागेको हो । कम्पनीले एफपीओ जारी गर्न बिक्री प्रबन्धकमा एनएमबि क्यापिटललाई नियुक्त गरिसकेको छ । तर कम्पनीले हालसम्म एफपिओको मूल्य भने तोकिएको छैन । गत वर्षमा कम्पनीले १८ करोड ५७ लाख २७ हजार रुपैंया खुद नाफा कमाएको थियो । चालु आर्थिक बर्षको असोज मसान्तसम्ममा २ करोड ४ लाख खुद नाफा कमाएको कम्पनीले जनाएको छ । हाल कम्पनीको चुक्तापूँजी ३७ करोड ३७ लाख रुपैयाँ रहेको छ । सो मात्राको बोनस पश्चात कम्पनीको चुक्तापूँजी ४४ करोड ८५ लाख रुपैयाँ नाघ्नेछ ।